काठमाडौं– सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाह पाएका रिगल भनिने योगराज ढकाले नेपालगन्जबाट पक्राउ परेका छन्।
बिहीबार सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपतिबाट दिइएको कैद मिनाह बदर गर्दै पक्राउ गर्न आदेश दिएपछि रिगललाई बिहीबार नै पक्राउ गरिएको हो।
सर्वच्चको आदेश अनुसार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। व्यक्ति हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद भोगिरहेका रिगललाई सरकारले ४० प्रतिशत कैद भुक्तान गरेको र चालचलन असल भएको भन्दै संविधान दिवसमा अवसरमा कैद मिनाहका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई कैद माफी दिएका थिए। रिगलले खुँडा प्रहार गरी हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले कैद मिनाहविरुद्ध सर्वोच्च गुहारेकी थिइन्।
सर्वोच्चले सरकारको उक्त निर्णय उल्ट्याउँदै बाँकी कैद असुलका लागि पक्राउ गर्न आदेश दिएको थियो। उनले हत्या अभियोगमा ११ वर्ष ११ महिना पाँच दिन कैद भुक्तान गर्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।