काठमाडौं– सर्वोच्च अदालतले सरकारको सिफारिस र राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयले जन्मकैदमा सजायमा ११ वर्ष ११ महिना माफी पाएर रिहा भएका रिगल भनिने योगेराज ढकाललाई तत्काल पक्राउ गरी बाँकी कैद असुल गर्न भनेको छ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगललाई सजाय माफी दिने निर्णय कानुन सम्वत नभएको भन्दै बदर पनि गरेको छ।
सर्वोच्चले रिगलले गरेको अपराध माफी दिएर सजाय घटाउन मिल्ने नदेखिएको भन्दै उनलाई पुन: थुनामै राख्न भनेको हो। सरकारले संविधान दिवसको दिन माफी दिएको थियो।
सरकारले माफी दिएपछि हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती शेर्पाले सर्वोच्च गुहारेकी थिइनन्। उनले सर्वोच्चमा माफी बदर हुनुपर्ने माग गर्दै रिट दायर गरेकी थिइन्।
सर्वोच्चले माफी दिने अधिकार र सरकारको सिफारिसमा पनि धेरै प्रश्न उठाएको छ। सर्वोच्चले सजाय माफीका विषयमा यसअघि भएका फैसला र व्याख्या पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।