काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् ठूला भनिएका तीन दलहरुबाहेकका लागि अनुदार रहेको आरोप लगाएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले ठूला भनेका दलको सिण्डिकेट संसद्मा लादिने काम भएको आरोप लगाए। उनले संसद्मा दर्ता भएका संकल्प प्रस्तावहरुको छलफल नचलाउँदा असान्दर्भिक हुन पुगेकोप्रति संसद्को ध्यानाकर्षण गराए।
नागरिक र सरोकारवालको सुझाव नलिइकन नै कानुन बनाउने प्रवृत्तिका कारण कानुनहरु राम्रो बन्न नसकेको उनको दाबी छ। उनले संसद्ले सत्ता पक्षको बहुमतको बलमा कानुन बनाउँदा जनताको राय लिने स्वभाविक प्रक्रियालाई निरुत्साहित गरेको आरोप लगाए।
उनले भने, ‘ठूला भनेका दलको सिण्डिकेट लादिने यो संसद्मा संकल्प प्रस्ताव कार्यसूचीमै चढ्न सकेन। बेलैमा छलफल नचलाउँदा ति प्रस्ताव अहिले असान्दर्भिक भएका छन्। तर समस्याको दीर्घकालीन समाधानको लागि प्रस्ताव ढिलो चाँडो छलफल चलाउनै पर्छ। नागरिक र सरोकारवालको सुझाव नलिइ कानून बनाउने प्रवृत्तिका कारण कानुनहरु राम्रो बन्न नसकेका हुन्।’
सभापति लामिछानेले विदेश भ्रमणले देशको इज्जत बढे पनि अर्थतन्त्र चलायमान बन्न नसकेकोप्रति दुःख व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।