काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको आरोप लगाएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठिक हुन् भन्ने किसिमले प्रायोजित रुपमै आक्रमण भइरहेको बताउँदै लेखकले यो संविधान र व्यवस्था असफल भए मुलुक खतरामा जाने दाबी गरे।
उनले संविधान सफल बनाउन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताए। संविधान सफल गर्नका लागि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्ने भन्दै लेखकले राजनीतिक दलहरु संविधानको सुरक्षाका लागि र व्यवस्थाको सुरक्षाका लागि एक ठाउँमा उभिन जरुरी रहेको जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।