काठमाडौं– ठमेलस्थित वाल्डो होटलमा कात्तिक ९ गतेदेखि बस्दै आएका २ जना भारतीय नागरिक लुटिएका छन्।
लुटपाट गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित किङ्स अकबरे म:म रेष्टुरेन्टका सञ्चालक नुवाकोट ककनी गाउँपालिका–७ घर भएका २७ वर्षीय उमेश लामासमेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उनीहरूलाई ग्रिन टि सस्तोमा मिलाइदिन्छु भन्दै ६ जनाको समूहले होटल अगाडिबाट ट्याक्सीमा राखी माछापोखरीस्थित रोयल लाउन्ज एण्ड बारमा पुर्याएर लुटपाट गरिएको हो।
पीडितसँग रहेको ४९ हजार नेपाली र ५० हजार भारतीय रूपैयाँ ट्रान्सफर गरी लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई बालाजु चोकबाट बा ८६ प २१४२ नम्बरको मोटरसाइकल, नगद ५९ हजार ३ सय ५५ रूपैयाँ, मोवाईल ४ थान र एनटिसी तथा एनसिएलको १२ थान सिमकार्डसहित पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।