राेल्पा– तरुण दल रोल्पा नगरका अध्यक्ष रोहित पुनको हत्याको विरोधमा सोमबार रोल्पाको लिवाङ बजार बन्द गरिएको छ।
पुनको गोली हानी हत्या भएको विरोधमा तरुण दल रोल्पाले रोल्पा बन्दको आह्वान गरेको हो।
इलाका प्रहरी कार्यालय सुलिचौरको नजिकै रहेको एक रेष्टुरेन्टमा आइतबार बेलुकी पुनको गोली हानी हत्या गर्ने केही व्यक्ति फरार भएका थिए।
उनीहरुलाई पक्राउ गरी कडा कारबाही हुनुपर्ने माग गर्दै बन्द आह्वान गरिएको तरुण दल रोल्पाका सचिव लिलाधर आचार्यले जानकारी दिए।
बन्दका कारण बजार, शिक्षण संस्था र यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ।
गोली हानेको आरोपमा प्रहरीले तत्कालिन माओवादी केन्द्र समर्थक रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षिय देवबहादुर घर्तीलाई पेस्तोलसहित पक्राउ गरेको भए पनि अन्य केही युवा फरार रहेकाले तत्काल पक्राउ गरी कारबाही गर्न तरुण दल रोल्पाले माग गरेको छ।
तत्काल मागको सुनुवाई नभए कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।