काठमाडौं– जिल्ला प्रहरी कार्यालय महोत्तरीले हत्याको घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुबनि जिल्लाको जयनगर घर भएका १९ वर्षीय दीपक मलिक र मधुबनिको साहारघाट बसबरिया घर भएका १८ वर्षीय अमित मलिक रहेका छन्।
बिहीबार बेलुका ४ बजेतिर महोत्तरीको पिपरा गाउँपालिका–५ स्थित हर्दिया टोल बस्ने १९ वर्षीय आशिक पासवानको शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्याललय तथा ईलाका प्रहरी कार्यालय सहोडवाबाट संयुक्त रुपमा खटिएको टोलीले घटनाको अनुसन्धान गर्दै जाँदा ती दुई जना भारतीय नागरिकलाई संलग्न भएको आरोपमा पक्राउ गरेको हो।
उनीहरु दुवै जना मामा सुरेश मलिकको घरमा बस्दै आएका थिए। सोही घरबाट नियन्त्रणमा लिइएका उनीहरुको अनुसन्धानका क्रममा हत्या घटनामा संलग्नता रहेको खुल्न आएको हो।
उनीहरुमाथि अन्सन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकृत दिलीपकुमार गिरीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।