काठमाडौं- नेपाल वायुसेवा निगमले तीन वटा नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ। निगमले सार्वजनिक गरेको सूचनामा जहाजको स्पेसिफिकेसन उल्लेख गर्दै बोलपत्र आह्वान गरिएको हो।
आइतबार २२ अक्टोबरमा खुलाइएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म छ। उक्त सूचनाका आधारमा जहाज बिक्री गर्न चाहने कम्पनीले बोलपत्र हाल्न सक्नेछ।
निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिने गरी जहाज खरिदको प्रक्रिया अघि बढाएको हो। नेपाल वायु सेवा निगमसँग हाल आन्तरिक उडानमा दुई थान ट्वीनअटर जहाज छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।