• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

गोपाल नाथ योगी: एक अथक संगीत साधकको सम्झना

64x64
नेपाल लाइभ शनिबार, कात्तिक ४, २०८०  १६:१६
1140x725

काठमाडौं– वरिष्ठ संगीतकार गोपालनाथ योगीको निधनले नेपाली संगीतमा अपुरणीय क्षति पुगेको छ। उनी नेपालका एक मात्रै बेलावादक थिए। योगीले लामो समयसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा काम गरेका थिए। केही समयदेखि बिरामी रहेका योगीको २०८० असोज २२ गते मा निधन भएको हो।

विक्रम संवत् १९९२ माघ ४ गते पाल्पामा जन्मेका योगीले काठमाडौंलाई कर्मथलो बनाएका थिए। म्युजिकमा स्नातकोत्तर गरेका उनले रेडियो नेपाल तथा रोयल नेपाल एकेडेमीमा संगीत निर्देशक भएर काम गरेका थिए।

शास्त्रीय संगीतका ज्ञाता योगीले मौलिक सिर्जना पनि गरेका थिए। रेडियो नेपालबाट बज्ने बिहानीको शंखध्वनि (जुन हालसम्म पनि बजाइन्छ) का लागि योगीले भायोलिनमा साथ दिएका थिए।

उनले कुमारी, शक्ति बृन्द, चन्डालिका, शिव ताण्डव, अन्नपूर्ण, गुलाब गुराँसलगायत दर्जन बढी नृत्य नाटिकाका लागि संगीत सिर्जना गरेका थिए। त्यसैगरी डाँफे, अभियान, रत्नावली, लोकमाला, नवरस, त्रिवेणी लगायत दर्जन बढी अर्केस्ट्रा उनले सिर्जना गरेका थिए।

नेपाली संगीतलाई विश्वसमक्ष चिनाउन लागिपरेका नेपालका एक मात्र बेलावादक योगीको नेपाली संगीतको इतिहासमा उल्लेख्य योगदान छ। हातका औंलाद्वारा बेलावादन गरिने भायोलिन वादक गोपालनाथ योगीले नेपाली संगीतलाई ठूलो योगदान गरेका छन्।

Gopal_Nath_yogi_memory_3-1697883955.jpg

नेपालका एकमात्र विशिष्ट बेलावादक योगीले दशकौंसम्म संगीतको साधना गरेका थिए। शास्त्रीय संगीतलाई अगाडि बढाउनको लागि उनको महत्त्वपूर्ण योगदान छ।

बेलावादनद्वारा नेपालको नाम उच्च स्थानमा राख्न सफल व्यक्तित्व योगीले नेपालमा मात्र नभइ विदेशका थुप्रै ठाउँहरुमा आफ्नो कला प्रस्तुत गरेका थिए। उनी आफूले सिकेका कुरा अरुलाई सिकाउन अत्यन्तै रुचाउँथे ।योगीले भारतको इन्दिरा

Ncell 2
Ncell 2
nimb
nimb

संगीत विश्वविद्यालय चैरागढबाट संगीतमा अनर्स उपाधि हासिल गरेका थिए। त्यसपछि जन्मगाउँ पाल्पामा फर्केका योगीलाई आफन्त, साथीभाइले काठमाडौं जान सुझाव दिए। सबैको सल्लाह बमोजिम उनी २०१९ सालमा काठमाडौं आएका थिए।

काठमाडौं आएपछि उनी आफूले सुनिरहेको र थाहा पाएको स्थान रेडियो नेपालमा पुगे। रेडियो नेपालमा प्रवेश गरेपछि २ वर्ष कलाकारको रुपमा काम गरे।

त्यस समयमा रेडियोमा शास्त्रीय संगीतका निकै कार्यक्रम प्रस्तुत गरिन्थे। २०२१ सालमा उनले राष्ट्रकवि माधवप्रसाद घिमिरेको अनुरोधमा प्रज्ञा प्रतिष्ठानमा ३ वर्ष काम गरे। २०२४ सालमा उनले सांस्कृतिक संस्थानको संगीत निर्देशकको रुपमा पनि काम गरे।

शास्त्रीय संगीतका ‘भिष्म पितामह’
स्वर्गीय योगीसँग नेपाल प्रज्ञा प्रतिष्ठानमा सँगै काम गरेका वरिष्ठ तबलावादक अच्युतराम भण्डारी गोपाल नाथ योगीलाई ‘शास्त्रीय संगीतका भिष्म पितामह’ मान्छन्।  ‘उहाँलाई बेला, सितार, तबला, सरोद, बाँसुरी लगायतका वाद्य यन्त्रको पनि विशद् ज्ञान थियो। उहाँ सबै इन्स्ट्रुमेन्ट बजाउन सक्नु हुन्थ्यो। उहाँसँगै मैले संगीतको क, ख, ग सिकेको हुँ,’ भण्डारीले सुनाए। 

Xtrem

Xtrem

भण्डारी सन् १९८४ मा वरिष्ठ सितारवादिका उमा थापा र गोपाल नाथ योगीसँगै युरोपको ४ महिने भ्रमण गरेको सम्झना गर्छन्, ‘हामीले बर्लिन सहरमा झन्डै ४ हजार दर्शकसामू खुला रंगमंचमा प्रस्तुति दिँदै थियौँ। शास्त्रीय संगीतको क्लाइमेक्सको बेला उहाँले अचानक बाजा भुइंमा राख्नुभयो र हामीले लगाएको नेपाली पोसाक र प्रस्तुतिबारे अंग्रेजीमा जानकारी  दिनुभयो। त्यसपछि उहाँले मुखैले तबलाको धुन बोल्ने र मैले बजाउने गर्‍यौँ। अन्तिममा धा धा धा बर्लिन भनेर भन्नुभयो। मैले बजाएँ। कार्यक्रम सकियो, त्यसपछि हामीसँग भेट्न दर्शकहरुले झन्डै एक घण्टा धकेलाधकेला नै गरे। तबलामा पनि उहाँको त्यस्तो ज्ञान रहेछ भन्ने मैले सोही दिन थाहा पाएँ।’ अहिले स्वर्गीय योगीका पुत्र विकास नाथ योगी, यज्ञ राज अधिकारी, मिलन तन्डुकार लगायतले नेपालमा बेलावादन जोगाइ राखेको भण्डारी बताउँछन्।

Gopal_Nath_yogi_memory_2-1697883955.jpg

गोपाल नाथ योगीसँग २८ वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानमा सँगै काम गरेका चर्चित संगीतकार प्रकाश गुरुङ स्वर्गीय योगीलाई शास्त्रीय संगीतको पण्डितको रुपमा  सम्झन्छन्। ‘उहाँसँग हामीले  देश, विदेश घुमेर नृत्य नाटिका प्रस्तुत गर्‍यौँ । बिजय बहादुर मल्लले लेख्नुभएको स्क्रिप्टमा आधारित रहेर  उहाँले नृत्य नाटिका कुमारी ब्याले बनाउनुभयो, जुन अत्यन्तै चर्चित भयो। नेपालीलाई थाहा नै नभएको बेला नेपालमा ब्याले, ओपेरा गरेको उहाँले नै हो।’ 

एकेडेमीमा अम्बर गुरुङ गायन विभाग र प्रचण्ड मल्ल रंगमञ्च विभागको निर्देशक  हुँदा गोपाल नाथ योगी वाध्यवादन विभागको निर्देशक थिए। ‘त्यस्तो ऐतिहासिक संयोग पाउन अब त दुर्लभ छ। अहिले नेपालमा संगीतको बजार ठूलो छ, तर गुणस्तर छैन। शास्त्रीय संगीतका विज्ञ वा साधकहरुको त चर्चा पनि हुँदैन,’ गुरुङ भन्छन्।  

राग ऐश्वर्यका सर्जक
१०० भन्दा बढी इन्स्र्टुमेन्टल अर्केस्ट्राहरुको सिर्जना गरिसकेका स्वर्गीय योगीको एउटा सिर्जनालाई स्वर्गीय रानी ऐश्वर्य शाहको सम्झनामा ‘राग ऐश्वर्य’ नामाकरण गरिएको थियो। उनले इन्द्र राज्यलक्ष्मी पुरस्कार, गोर्खा दक्षिण बाहु दोस्रो, स्पेनका राजाद्वारा  मेडल, नारायण गोपाल संगीत सम्मान, दक्षिण कोरियामा आयोजित सांगीतिक समारोहमा एसिया प्यासिफिक पुरस्कार, राष्ट्रिय लोक कला पुरस्कार, नेपाल संगीत तथा नाट्य संस्था प्रज्ञा पुरस्कार, नेपाल प्रज्ञा प्रतिष्ठान सम्मान पत्र, , सुकर्म संगीत सम्मान गरी दर्जन बढी पुरस्कार र सम्मान पाएका थिए।
नेपाली सांगीतिक टोलीका साथ झन्डै ३ दर्जन मुलुकहरुको भ्रमण गरेका योगीले  केही समय अमेरिकाको पोर्टल्याण्ड विश्वविद्यालय तथा ओरेगन विश्वविद्यालयमा पनि संगीतको प्रशिक्षण दिएका थिए। आफ्नै बुवाको बाटो पछ्याएका गोपालनाथका छोरा विकास नाथ योगी पनि नेपालका चर्चित भायोलिन वादक हुन्।

चर्चाबाट टाढा रहन रुचाउने योगी नेपाली शास्त्रीय संगीतलाई माथि उकास्नको लागि लागि परेका साधक थिए। उनले सांस्कृतिक संस्थानमा काम गर्दै गर्दा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको भवन तयार भइसकेको थियो। नयाँ भवन, नयाँ सोच र नयाँ व्यवस्थापनका साथ सञ्चालन हुन लागेको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा उनले काम सुरु गरे। २०२६ सालदेखि सुरु भएको जागिरे यात्रा २०५४ सालसम्म निरन्तर चल्यो। उनले त्यस अवधिमा सांगीतिक क्षेत्रमा थुप्रै नयाँ काम गरेर देखाउने मौका पाए।

Gopal_Nath_yogi_memory_1-1697883955.jpg

प्रज्ञा प्रतिष्ठानमा काम गर्दा उनले देश तथा विदेशका थुप्रै स्थानमा नेपाली संगीत र सिर्जनालाई चिनाउने मौका पाए। गोपालनाथले विदेशका थुप्रै ठाउँहरुमा पुगेर आफ्नो प्रतिभा देखाएका थिए। उनले दक्षिण कोरिया, थाइल्याण्ड, हङकङ, सिंगापुर, बंगलादेश, श्रीलंका, पाकिस्तान, जर्मनी, स्वीजरलैण्ड, रुस, चीन, जापान, फिलिपिन्स, अमेरिका, भारत, अष्ट्रेलिया आदि मुलुक पुगेर  आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। उनलाई चिन्ने र उनका शिष्यहरु भन्छन्- गोपालनाथ योगीले यो संसार छाडे पनि उनका कृति र योगदान नेपालको सांगीतिक इतिहासमा सदा अमर रहने छन्।

 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १६:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह सोमबार, असोज १२, २०८३
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित सोमबार, असोज १२, २०८३
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता सोमबार, असोज १२, २०८३
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्