• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २२, २०८३ Tue, May 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भारतबाट घर फर्किँदा नेपालीलाई सीमामा सधैं सास्ती, ‘सबै लुट्न मात्रै खोज्छन्’!

64x64
शेरबहादुर ऐर मंगलबार, असोज ३०, २०८०  १२:२२
1140x725
गौरीफन्टा नाका (फाइल तस्बिर)।

धनगढी– कैलाली सदरमुकाम धनगढीको केन्द्र चौराहामा घर जान सवारी साधन कुरिरहेका थिए लम्की चुहा नगरपालिका–६ का हरिश खत्री। दशैं, तिहार घरमै मनाउन खत्री आफ्ना साथीहरुसँगै भारतबाट फर्किएका हुन्। 

कर्मथलो भारत छाडेर जन्मुभूमि फर्किँदा जुन उत्साह थियो, नेपाल–भारत नाकामा पुग्दा भने आक्रोशमा परिणत भयो। ‘आफ्नै देश प्रवेश गर्न पनि कति गाह्रो हो?’ आक्रोश पोख्दै उनले भने।

स्वदेशी भूमि प्रवेश अगाडि भारतीय सुरक्षाकर्मीबाट झेल्नुपर्ने अनावश्यक दु:खले उनी हैरान बनेका थिए। चेकजाँचका नाममा नेपालीहरुको झोला खोतल्ने र विभिन्न बहानामा रकम माग्ने भारतीय सुरक्षाकर्मीको रवैयाका कारण नेपालीहरु सीमा नाकामा प्रताडित बन्छन्। 

नेपाल–भारत गौरीफन्टा नाकामा भारतीय सीमा सुरक्षा बलले दिएको सास्ती खत्री पनि प्रताडित बने। स्वदेश फर्किने आफ्ना नागरिकको सहज आगमनको व्यवस्था गर्न नसकेको भन्दै उनले नेपाल सरकारप्रति पनि आक्रोश पोखे। 

‘गौरिफन्टा नाकामा चेकिङका नाममा भारतको एसएसबीले जहिल्यै अनावश्यक दु:ख दिन्छन्। हामीले भारत आउँदा जाँदा कहिलेसम्म यस्तो सास्ती खेप्नुपर्ने हो?’ खत्री प्रश्न गर्छन्। 

भारतबाट नेपाल प्रवेश गर्ने नेपालीहरुले अनिवार्य नागरिकता देखाउनुपर्ने प्रावधान रहेको छ। उनले भने, ‘कतिपयले नागरिकता लिएका हुँदैनन्। तिनीहरुलाई त्यही भारतीय सुरक्षाकर्मीहरुले रोक्छन्। के आफनै देशमा फर्कन पनि नपाउने हो ?’

दार्चुलाको शैल्यशिखर नगरपालिका–३ का मनोज धामीको गुनासो पनि खत्रीको जस्तै छ। उनले पनि गौरीफन्टा नाकामा एसएसबीबाट अनावश्यक दु:ख र सास्ती खेप्नुपर्को सुनाए। ‘चेकिङका नाममा ठग्ने, दुःख दिने र चर्को भाडा असुल्ने समूह नै सक्रिय भएको देखियो,’ धामीले भने। 

‘म विगत पाँच वर्षदेखि भारतको दिल्लीमा एउटा होटलमा काम गर्दै आएको छु। सीमा नाकामा दुःख पाइन्छ भनेर घर, परिवारका लागि आइएमईबाट पैसा पठाएको थिए,’ धामीले भने, ‘अलिकति बाटो खर्च लिएर आएका कारण सटही गर्नेहरुबाट ठगिएन। तर भारतीय र नेपाली सुरक्षाकर्मीले अनेक बहानामा दुःख दिने गरेका छन्।’ 

nimb
nimb
Ncell 2
Ncell 2

नाम मात्रैको सहायता कक्ष
भारतबाट स्वदेश फर्कने नेपालीहरुलाई ठगितबाट जोगाउन भन्दै नेपाल प्रहरीले कैलालीको सीमावर्ती क्षेत्रका १० स्थानमा सहायता कक्ष स्थापना गरेको छ। तर, ती सहायता कक्ष नाम मात्रैका बनेका छन्।

गौरीफन्टा नाकाबाटै स्वदेश फर्केका मनोजले भने, ‘गौरीफन्टादेखि चौराहा पुग्दा विद्युतीय सवारी (रिक्सा)ले मनोमानी ढंगले भाडा असुल गरिरहेको छ।’ नेपाली अटो रिक्सा चालकहरुले गौरीफन्टा नाकाबाट धनगढी चौराहसम्म पुगाएको १०० देखि १५० रुपैयाँसम्म प्रतिव्यक्ति असुलेको मनोजले सुनाए। ‘डेढ सय रुपैयाँ लिए। त्यो पनि नेपाली होइन, भारु लिए,’ मनोजले भने। 

गौरीफन्टादेखि धनगढी चौराहासम्मको भाडा २५ रुपैयाँ रहेको छ। तर, चौराहामा रहेको सहायता कक्षले विद्युतीय सवारी साधनले स्वदेश फर्कने नेपालीबाट कति भाडा लिइरहेको छ भन्नेमा चासो दिँदैन। भारतबाट स्वदेश फर्कने नेपालीहरुलाई बढी भाडा लिएको गुनासो कहाँ गर्ने भन्नेबारे पनि जानकारी हुँदैन्। मनोज भन्छन्, ‘हामी भारतमै श्रम गर्ने मान्छे हो। सरकारले के गरिरहेको छ भन्नेबारे हामीलाई कसरी जानकारी होला?’

विनियम दरमा कमी छैन, तर बजारमा सस्तियो भारु
नेपालमा भारतीय रुपैयाँ १०० वा सोभन्दा साना दरका नोट मात्र ल्याउन, लैजान तथा सटही गर्न पाइन्छ। यसको फाइदा भारतीय बजारका भारतीयहरुले लिइरहेका छन्।

बिहीबार नेपाल प्रवेश गरेका लम्की चुहा नगरपालिका वडा नम्बर ६ का हरिश खत्रीले २ लाख रुपैयाँ भारु सटही गर्दा तीन प्रतिशतका दरले २० हजार रुपैयाँ कमिसनको रुपमा दिए। नेपाल र भारतबीच स्थिर विनिमय दर छ। जसअनुसार भारतीय १ रुपैयाँको नेपाली १ रुपैयाँ ६० पैसा पर्छ। 

तर, भारतबाट स्वदेश फर्किने क्रममा नेपाली नागरिकले तोकिएको विनिमय दरभन्दा निकै कममा नेपाली नोट साट्नुपर्ने बाध्यता छ। नेपालमा भारु सटही गर्दा १० प्रतिशतसम्म लिने गरेको भन्ने जानकारी आफूले पाएको खत्रीले सुनाए। 

‘भारतीय क्षेत्रका व्यापारीले नेपालमा भारु सटही गर्दा १० प्रतिशतसम्म कमिसन लिन्छन् भनेर सुनाए। नेपालमा १० प्रतिशत कमिसन दिनुभन्दा भारतमै ३ प्रतिशत कमिसन दिएर सटाउनु पर्‍यो,’ खत्रीले सुनाए। 

दशैं मनाउन स्वदेश फर्किएका अर्का नेपाली कैलालीको लम्की घर भएका जनकबहादुर शाहीले भारतीय व्यापारीलाई ५ प्रतिशत कमिसन दिएर भारुसँग नेरु साटेको बताए। 

‘ नेपालमा भारु चल्दैन। यो साट्नैपर्ने बाध्यता भइहाल्यो नी,’ शाहीले भने, ‘त्यहाँ नसाटे नेपालमा चल्दैन्। सटही काउन्टहरुले पनि हिजोआज के गर्ने गरेका छन् थाहा छैन। यो बाध्यताको अन्त्य गर्न सरकार गम्भीर बनोस्।’

अहिले भारतीय बजारमा मात्र नभइ नेपाली बजारमा समेत भारु रकम सटहीमा मनोमानी छ। उपचारका लागि भारत जाँदै गरेका दिलीप गौतमले भारु र नेरु सटहीमा मनलाग्दी भाउ भन्ने गरिएको सुनाए। 

नेपालमा विनियम दरभन्दा कममा भारतीय रकम सटही हुँदा समेत नेपाल राष्ट्र बैंक सुदूरपश्चिम प्रदेश कार्यालयले बजार अनुगमनमा चासो दिएको छैन। ‘न त प्रशासनले बजार अनुगमन गर्छ न त राष्ट्र बैंकले अनुमति बिना भारतीय रुपैयाँ सटही गरिरहेका पसलहरुको नियमनमा चासो दिएको छ,’ गौतमले भने। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले सीमावर्ती क्षेत्रमा भारतीय रुपैयाँ सटहीको कुरा दुई पक्षको आपसी सम्झदारीको विषय भएको बताए। तर भारतबाट फर्किरहेका नेपालीलाई खल्तीमा नगद बोकेर नआउन र सकभर भारतबाटै नेपालमा रहेका आफन्तको खातामा जम्मा गर्न आग्रह गरे।

‘यो कुरा दुई पक्षको आपसी सहमतिमा हुने होला। हामीकहाँ त्यसरी कसैले पनि उजुरी वा गुनासो गर्नुभएको छैन,’ डीएसपी चन्दले भने, ‘तर दशैं मनाउन भारतबाट फर्किने दाजुभाइहरुलाई सकभर नगद नल्याउन आग्रह गर्छौँ। उतैबाट बैंकमार्फत पैसा पठाउनुहोस्। ल्याउनै परेमा मनी एक्सचेन्जर सेन्टरमा गएर साट्नुस्।’

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले दशैं मनाउन घर फर्किने मजदुरहरुबाट नोट सटहीका नाममा चर्को रकम लिएको विषयमा प्रशासनको गम्भीर ध्यानाकर्षण भएको बताए। उनले नेपाल राष्ट्र बैंकमा गएर भारतीय रुपैयाँ साट्न सकिने भएकाले सबैलाई विचौलियाहरुसँग कुनै खालको कारोबार नगर्न समेत अनुरोध गरेका छन्। 

‘भारत जानु रहर होइन, बाध्यता हो’
धनगढी उपमहानगरपालिका–७ देवरीयाकी रंजिता चौधरी दशैं, तिहार मनाउन भारतबाट घर फर्किइन्। गौरीफन्टा नाकाबाट स्वदेश फर्किन लागेकी उनलाई सीमामा खेप्नु परेको सास्तीले झन् पीडाबोध भयो। 

दैनिक छाक टार्न समेत भारतमा गएर मजदुरी गर्नुपर्ने बाध्यता रहेको उनले सुनाइन्। ‘सरकारले न रोजगारीको व्यवस्था गरेको छ । न त भने स्वदेश फर्कदा सहज प्रवेश गराउन पहल गर्छ,’ रंजिताले पीडा पोखिन्। 

दशैंका बेला दैनिक १ हजारको संख्यामा नेपालीहरु गौरीफन्टा नाका हुँदै स्वदेश फर्किरहेका छन्। दशैं तथा तिहार मनाउने मेसो पारेर नेपालीहरु  खेतीपाती पनि भ्याउने गरी नेपाल फर्किन्छन्। 

दशैंमा घर फर्किएकाहरु पर्व मनाइ, खेतीपाती समेत सकेर पुन: कामका लागि भारत जान्छन्। तिहारपछि दैनिक करिब १ हजारको संख्यामा नै गौरीफन्टा नाका हुँदै नेपालीहरु भारत फर्किन्छन्।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा हेटौंडाको सानोपोखरामा रहेको उनको बानियाँ निर्माण सेवा (बीएनएस), त्यहीँ रहेको उनको घरमा छापा मारेर कागजपत्र लिएर गएको हो । स्रोतका अन... सोमबार, वैशाख २१, २०८३
बिपी राजमार्ग फेरि बन्द जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले आज सूचना जारी गर्दै बाढीको सहत बढेको कारण राजमार्ग बन्द गरिएको जनाएको छ। सोमबार, वैशाख २१, २०८३
गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान गृह मन्त्रालयमा आज आयोजित विशेष कार्यक्रममा सचिव श्रेष्ठले महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार, वैशाख २१, २०८३
ताजा समाचारसबै
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
विद्यार्थी संघ-संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश सोमबार, वैशाख २१, २०८३
व्यवसायी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश सोमबार, वैशाख २१, २०८३
कांग्रेस संसद समन्वय बोर्डको पहिलो बैठक मंगलबार बस्ने सोमबार, वैशाख २१, २०८३
नागढुंगा सुरुङमार्ग साउन दोस्रो साताभित्र सञ्चालन गर्न निर्देशन सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्