• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भारतबाट घर फर्किँदा नेपालीलाई सीमामा सधैं सास्ती, ‘सबै लुट्न मात्रै खोज्छन्’!

64x64
शेरबहादुर ऐर मंगलबार, असोज ३०, २०८०  १२:२२
1140x725
गौरीफन्टा नाका (फाइल तस्बिर)।

धनगढी– कैलाली सदरमुकाम धनगढीको केन्द्र चौराहामा घर जान सवारी साधन कुरिरहेका थिए लम्की चुहा नगरपालिका–६ का हरिश खत्री। दशैं, तिहार घरमै मनाउन खत्री आफ्ना साथीहरुसँगै भारतबाट फर्किएका हुन्। 

कर्मथलो भारत छाडेर जन्मुभूमि फर्किँदा जुन उत्साह थियो, नेपाल–भारत नाकामा पुग्दा भने आक्रोशमा परिणत भयो। ‘आफ्नै देश प्रवेश गर्न पनि कति गाह्रो हो?’ आक्रोश पोख्दै उनले भने।

स्वदेशी भूमि प्रवेश अगाडि भारतीय सुरक्षाकर्मीबाट झेल्नुपर्ने अनावश्यक दु:खले उनी हैरान बनेका थिए। चेकजाँचका नाममा नेपालीहरुको झोला खोतल्ने र विभिन्न बहानामा रकम माग्ने भारतीय सुरक्षाकर्मीको रवैयाका कारण नेपालीहरु सीमा नाकामा प्रताडित बन्छन्। 

नेपाल–भारत गौरीफन्टा नाकामा भारतीय सीमा सुरक्षा बलले दिएको सास्ती खत्री पनि प्रताडित बने। स्वदेश फर्किने आफ्ना नागरिकको सहज आगमनको व्यवस्था गर्न नसकेको भन्दै उनले नेपाल सरकारप्रति पनि आक्रोश पोखे। 

‘गौरिफन्टा नाकामा चेकिङका नाममा भारतको एसएसबीले जहिल्यै अनावश्यक दु:ख दिन्छन्। हामीले भारत आउँदा जाँदा कहिलेसम्म यस्तो सास्ती खेप्नुपर्ने हो?’ खत्री प्रश्न गर्छन्। 

भारतबाट नेपाल प्रवेश गर्ने नेपालीहरुले अनिवार्य नागरिकता देखाउनुपर्ने प्रावधान रहेको छ। उनले भने, ‘कतिपयले नागरिकता लिएका हुँदैनन्। तिनीहरुलाई त्यही भारतीय सुरक्षाकर्मीहरुले रोक्छन्। के आफनै देशमा फर्कन पनि नपाउने हो ?’

दार्चुलाको शैल्यशिखर नगरपालिका–३ का मनोज धामीको गुनासो पनि खत्रीको जस्तै छ। उनले पनि गौरीफन्टा नाकामा एसएसबीबाट अनावश्यक दु:ख र सास्ती खेप्नुपर्को सुनाए। ‘चेकिङका नाममा ठग्ने, दुःख दिने र चर्को भाडा असुल्ने समूह नै सक्रिय भएको देखियो,’ धामीले भने। 

‘म विगत पाँच वर्षदेखि भारतको दिल्लीमा एउटा होटलमा काम गर्दै आएको छु। सीमा नाकामा दुःख पाइन्छ भनेर घर, परिवारका लागि आइएमईबाट पैसा पठाएको थिए,’ धामीले भने, ‘अलिकति बाटो खर्च लिएर आएका कारण सटही गर्नेहरुबाट ठगिएन। तर भारतीय र नेपाली सुरक्षाकर्मीले अनेक बहानामा दुःख दिने गरेका छन्।’ 

Ncell 2
Ncell 2
nimb
nimb

नाम मात्रैको सहायता कक्ष
भारतबाट स्वदेश फर्कने नेपालीहरुलाई ठगितबाट जोगाउन भन्दै नेपाल प्रहरीले कैलालीको सीमावर्ती क्षेत्रका १० स्थानमा सहायता कक्ष स्थापना गरेको छ। तर, ती सहायता कक्ष नाम मात्रैका बनेका छन्।

गौरीफन्टा नाकाबाटै स्वदेश फर्केका मनोजले भने, ‘गौरीफन्टादेखि चौराहा पुग्दा विद्युतीय सवारी (रिक्सा)ले मनोमानी ढंगले भाडा असुल गरिरहेको छ।’ नेपाली अटो रिक्सा चालकहरुले गौरीफन्टा नाकाबाट धनगढी चौराहसम्म पुगाएको १०० देखि १५० रुपैयाँसम्म प्रतिव्यक्ति असुलेको मनोजले सुनाए। ‘डेढ सय रुपैयाँ लिए। त्यो पनि नेपाली होइन, भारु लिए,’ मनोजले भने। 

गौरीफन्टादेखि धनगढी चौराहासम्मको भाडा २५ रुपैयाँ रहेको छ। तर, चौराहामा रहेको सहायता कक्षले विद्युतीय सवारी साधनले स्वदेश फर्कने नेपालीबाट कति भाडा लिइरहेको छ भन्नेमा चासो दिँदैन। भारतबाट स्वदेश फर्कने नेपालीहरुलाई बढी भाडा लिएको गुनासो कहाँ गर्ने भन्नेबारे पनि जानकारी हुँदैन्। मनोज भन्छन्, ‘हामी भारतमै श्रम गर्ने मान्छे हो। सरकारले के गरिरहेको छ भन्नेबारे हामीलाई कसरी जानकारी होला?’

विनियम दरमा कमी छैन, तर बजारमा सस्तियो भारु
नेपालमा भारतीय रुपैयाँ १०० वा सोभन्दा साना दरका नोट मात्र ल्याउन, लैजान तथा सटही गर्न पाइन्छ। यसको फाइदा भारतीय बजारका भारतीयहरुले लिइरहेका छन्।

Xtrem

Xtrem

बिहीबार नेपाल प्रवेश गरेका लम्की चुहा नगरपालिका वडा नम्बर ६ का हरिश खत्रीले २ लाख रुपैयाँ भारु सटही गर्दा तीन प्रतिशतका दरले २० हजार रुपैयाँ कमिसनको रुपमा दिए। नेपाल र भारतबीच स्थिर विनिमय दर छ। जसअनुसार भारतीय १ रुपैयाँको नेपाली १ रुपैयाँ ६० पैसा पर्छ। 

तर, भारतबाट स्वदेश फर्किने क्रममा नेपाली नागरिकले तोकिएको विनिमय दरभन्दा निकै कममा नेपाली नोट साट्नुपर्ने बाध्यता छ। नेपालमा भारु सटही गर्दा १० प्रतिशतसम्म लिने गरेको भन्ने जानकारी आफूले पाएको खत्रीले सुनाए। 

‘भारतीय क्षेत्रका व्यापारीले नेपालमा भारु सटही गर्दा १० प्रतिशतसम्म कमिसन लिन्छन् भनेर सुनाए। नेपालमा १० प्रतिशत कमिसन दिनुभन्दा भारतमै ३ प्रतिशत कमिसन दिएर सटाउनु पर्‍यो,’ खत्रीले सुनाए। 

दशैं मनाउन स्वदेश फर्किएका अर्का नेपाली कैलालीको लम्की घर भएका जनकबहादुर शाहीले भारतीय व्यापारीलाई ५ प्रतिशत कमिसन दिएर भारुसँग नेरु साटेको बताए। 

‘ नेपालमा भारु चल्दैन। यो साट्नैपर्ने बाध्यता भइहाल्यो नी,’ शाहीले भने, ‘त्यहाँ नसाटे नेपालमा चल्दैन्। सटही काउन्टहरुले पनि हिजोआज के गर्ने गरेका छन् थाहा छैन। यो बाध्यताको अन्त्य गर्न सरकार गम्भीर बनोस्।’

अहिले भारतीय बजारमा मात्र नभइ नेपाली बजारमा समेत भारु रकम सटहीमा मनोमानी छ। उपचारका लागि भारत जाँदै गरेका दिलीप गौतमले भारु र नेरु सटहीमा मनलाग्दी भाउ भन्ने गरिएको सुनाए। 

नेपालमा विनियम दरभन्दा कममा भारतीय रकम सटही हुँदा समेत नेपाल राष्ट्र बैंक सुदूरपश्चिम प्रदेश कार्यालयले बजार अनुगमनमा चासो दिएको छैन। ‘न त प्रशासनले बजार अनुगमन गर्छ न त राष्ट्र बैंकले अनुमति बिना भारतीय रुपैयाँ सटही गरिरहेका पसलहरुको नियमनमा चासो दिएको छ,’ गौतमले भने। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले सीमावर्ती क्षेत्रमा भारतीय रुपैयाँ सटहीको कुरा दुई पक्षको आपसी सम्झदारीको विषय भएको बताए। तर भारतबाट फर्किरहेका नेपालीलाई खल्तीमा नगद बोकेर नआउन र सकभर भारतबाटै नेपालमा रहेका आफन्तको खातामा जम्मा गर्न आग्रह गरे।

‘यो कुरा दुई पक्षको आपसी सहमतिमा हुने होला। हामीकहाँ त्यसरी कसैले पनि उजुरी वा गुनासो गर्नुभएको छैन,’ डीएसपी चन्दले भने, ‘तर दशैं मनाउन भारतबाट फर्किने दाजुभाइहरुलाई सकभर नगद नल्याउन आग्रह गर्छौँ। उतैबाट बैंकमार्फत पैसा पठाउनुहोस्। ल्याउनै परेमा मनी एक्सचेन्जर सेन्टरमा गएर साट्नुस्।’

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले दशैं मनाउन घर फर्किने मजदुरहरुबाट नोट सटहीका नाममा चर्को रकम लिएको विषयमा प्रशासनको गम्भीर ध्यानाकर्षण भएको बताए। उनले नेपाल राष्ट्र बैंकमा गएर भारतीय रुपैयाँ साट्न सकिने भएकाले सबैलाई विचौलियाहरुसँग कुनै खालको कारोबार नगर्न समेत अनुरोध गरेका छन्। 

‘भारत जानु रहर होइन, बाध्यता हो’
धनगढी उपमहानगरपालिका–७ देवरीयाकी रंजिता चौधरी दशैं, तिहार मनाउन भारतबाट घर फर्किइन्। गौरीफन्टा नाकाबाट स्वदेश फर्किन लागेकी उनलाई सीमामा खेप्नु परेको सास्तीले झन् पीडाबोध भयो। 

दैनिक छाक टार्न समेत भारतमा गएर मजदुरी गर्नुपर्ने बाध्यता रहेको उनले सुनाइन्। ‘सरकारले न रोजगारीको व्यवस्था गरेको छ । न त भने स्वदेश फर्कदा सहज प्रवेश गराउन पहल गर्छ,’ रंजिताले पीडा पोखिन्। 

दशैंका बेला दैनिक १ हजारको संख्यामा नेपालीहरु गौरीफन्टा नाका हुँदै स्वदेश फर्किरहेका छन्। दशैं तथा तिहार मनाउने मेसो पारेर नेपालीहरु  खेतीपाती पनि भ्याउने गरी नेपाल फर्किन्छन्। 

दशैंमा घर फर्किएकाहरु पर्व मनाइ, खेतीपाती समेत सकेर पुन: कामका लागि भारत जान्छन्। तिहारपछि दैनिक करिब १ हजारको संख्यामा नै गौरीफन्टा नाका हुँदै नेपालीहरु भारत फर्किन्छन्।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
कोरलानाकाबाट ५४३ टन फलफूल आयात नेपाल–चीन उत्तरी कोरलानाकाबाट उक्त फलफूल आयात भएको हो । कोरलास्थित लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्ष... शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया बिहीबार अचानक बिरामी परेपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। राईले बिहीबार राति आफ्नो शफल शल्यक्रिया भएको राईले जानकारी गरा... शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार  तीन जना बालिका, एक बालक र एक स्थानीयको मृत्यु भएको हो । शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्