• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २०, २०८२ Fri, Apr 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बिपीले गान्धीलाई भने– राजनीति त मेरो नसामै दौडिरहेको छ

64x64
नेपाल लाइभ आइतबार, भदौ २४, २०७५  ०६:२२
1140x725

महात्मा गान्धीले एकपल्ट बिपीलाई सोधेछन्, ‘राजनीतिमा कसरी रुचि भयो?’

उनको उत्तर थियो, ‘राजनीति मैले आफ्नो परिवारिक विरासतबाटै पाएँ। यो त मेरो नसामै दौडिरहेको छ।’

विश्वेश्वरप्रसाद कोइराला, नेपालले मात्र होइन विश्वले मानेका नेता हुन्। अझ उनी संसारभरिका समाजवादीका लागि आदर्श हुन्।राणा शासनको विरोध गरेको आरोपमा बाबु कृष्णप्रसाद देश निकाला भएकै बेला बिपीको जन्म भएको थियो, भारतको बनारसमा, विसं १९७१ भदौ २४ मा। 

बिपीले बनारस हिन्दु विश्वविद्यालयबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक गरेका थिए। दार्जिलिङमा केही वर्ष कानुन अभ्यास गरेपछि उनी भारतीय राष्ट्रिय कांग्रेसमा आबद्ध भए। दोस्रो विश्वयुद्धताका भारतको स्वतन्त्रता आन्दोलनमा होमिए। त्यही क्रममा उनी धनबादमा पक्राउ परे र दुई वर्ष ब्रिटिस जेलमा थुनिए। 

भारत स्वतन्त्रतापछि उनको पूरै ध्यान नेपालमा प्रजातन्त्र ल्याउन केन्द्रित भयो। उनले पहिले ‘समाजवादी नेपाली राष्ट्रिय कांग्रेस’ को नाममा राणाविरोधी आन्दोलनको मोर्चा तयार पारेका थिए। पछि सबै समूहसँग मिलेर नेपाली कांग्रेस स्थापना गरे। राणाविरोधी आन्दोलनका क्रममा उनी २००७ सालअघि दुईपल्ट पक्राउ परे। २००४ सालमा उनकै अगुवाइमा विराटनगरमा पहिलो मजदुर आन्दोलन भयो। कांग्रेसले राणाविरुद्ध सशस्त्र आन्दोलन सुरु गर्दा उनकै नेतृत्व थियो।  

nimb
nimb
Ncell 2
Ncell 2

२००७ मा राजा, राणा र कांग्रेसबीच भारतको नयाँ दिल्लीमा सम्झौता भएपछि १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भयो। त्यसपछि बनेको राणासँगको मिलिजुली सरकारमा उनी गृहमन्त्री भए। त्यही बेला उनको हत्या गर्ने असफल प्रयास पनि भयो। देशभित्र र विदेशमा चुलिँदो लोकप्रियता र प्रभावका कारण उनलाई सत्तामा नजान अनेकौं प्रपञ्च रचियो। २०१५ सालमा पहिलोपल्ट निर्वाचन भयो। यतिबेला आफ्नो विश्वव्यापी लोकप्रियताका कारण बिपीले निर्वाचन मात्र जितेनन्, नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्यायो र बिपी नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बने। 

उनले आधुनिक भूमिसुधार, शिक्षा, स्वास्थ्यदेखि विकासका थुप्रै दुरगामी अर्थ राख्ने योजना ल्याए। संयुक्त राष्ट्रसंघको महासभामा उनले गरिब राष्ट्रको विषयमा उठाएको मुद्दा अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ। 

तर, राम्रो काम गर्न नपाउँदै राजा महेन्द्रले उनको सरकारलाई १८ महिनामै ‘कू’ गरे। शाही ‘कू’ पछि उनी ८ वर्ष सुन्दरीजल बन्दीगृहमा थुनिए। त्यसपछि फेरि भारतको बनारसमा निर्वासित जीवन बिताउन गए। निर्वासनकै क्रममा नेपाली कांग्रेसको नेतृत्वमा नेपालमा जहाज अपहरण भयो। यो घटनापछि भारत सरकारको रवैया बदलियो। तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले ‘नेपालको वैदेशिक नीति र सुरक्षामा अधिकार दिने भए बिपीलाई नेपाली राजनीतिमा पुनः स्थापित गराउने’ प्रस्ताव राखिन्। बिपीले राष्ट्रियतासँग सम्झौता गर्न मानेनन्। त्यसपछि त भारत सरकारो नीति उनीप्रति झनै कडा हुँदै गयो। भारतले आफूलाई गोटी बनाएर नेपालमाथि हस्तक्षेप गर्न थालेको महसुस गरी बिपीले त्यतिखेर सबैलाई चकित पार्ने निर्णय गरे, राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किने। 

२०३३ सालमा नेपाल फर्किंदा उनीमाथि राज्यविरुद्ध सशस्त्र युद्धको तयारी गरेको मुद्दा थियो। उनलाई विमानस्थलमै पक्राउ गरी महाराजगन्जस्थित पुलिस तालिम केन्द्रमा राखियो। त्यहीँ उनको घाँटीको क्यान्सर पत्ता लाग्यो। थुनामै हुँदा उनलाई उपचारका लागि अमेरिका लगियो। दुई वर्षपछि उनीविरुद्ध लागेको सबै मुद्दा सरकाले फिर्ता लियो। २०३६ सालमा बहुदल र निर्दलबीच भएको जनमत संग्रहमा व्यापक धाँधली गरेर बहुदललाई हराइयो। बिपीले धाँधली भएको जान्दाजान्दै नतिजा स्वीकार गरे। जनमत संग्रहका माध्यमबाट नेपालमा सानै भए पनि प्रजातान्त्रिक परिपाटी सुरु भएको थियो, बिपीका लागि यो पहिलो जित थियो। 

उनले जनतामा जाने निर्णयको स्वागत गरे। उनले राजा वीरेन्द्रसँग मुलुकलाई प्रजातान्त्रिक परिपाटीमा लैजान, पार्टीहरुलाई चुनाव चिह्न दिन र वर्गीय संगठना केही बुँदा हटाउन आग्रह गरे। तर, राजाले मानेनन्। त्यसैले कांग्रेसले २०३८ सालको निर्वाचनमा भाग लिएन। 

२०३९ साउन ६ मा क्यान्सका कारण ६८ वर्षको उमेरमा काठमाडौंमा बिपीको निधन भयो। बिपी राजनीतिमा जति चर्चित छन्, साहित्यमा पनि उनको उत्तिकै नाम छ। उनका हिटलर र यहुदी, दोषी चस्मा, सुम्निमा, श्वेतभैरवी, बाबुआमा र छोरा, तीन घुम्ती, नरेन्द्र दाइ, मोदिआइन, जेल जर्नल, आत्मवृत्तान्त जस्ता कृति प्रकाशित छन्। 

पहिलो पटक २०७४ भदौ २४ मा प्रकाशित

प्रकाशित मिति: आइतबार, भदौ २४, २०७५  ०६:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ सभामुखको निर्वाचन कार्यतालिका
रमेश लेखकलाई २ दिन म्याद थप
ओलीलाई थप दुई दिन थुनामा राख्न अनुमति, अस्पतालमै बयान लिइने
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
यस्तो छ सभामुखको निर्वाचन कार्यतालिका बिहीबार, चैत १९, २०८२
रमेश लेखकलाई २ दिन म्याद थप बिहीबार, चैत १९, २०८२
ओलीलाई थप दुई दिन थुनामा राख्न अनुमति, अस्पतालमै बयान लिइने बिहीबार, चैत १९, २०८२
दीपक भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति बिहीबार, चैत १९, २०८२
आठ महिनामा साढे १४ खर्ब रेमिटेन्स भित्रियो बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्