• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २०, २०८२ Fri, Apr 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बिपीले ‘रअ’को प्रस्ताव ठाडै अस्विकार गरे

64x64
नेपाल लाइभ आइतबार, भदौ २४, २०७५  ०६:२१
1140x725

त्रिभुवनको निधनपछि २०११ सालमा महेन्द्र राजा बने। उनले पनि आफ्नो बाबुजस्तै राजनीतिक प्रयोगलाई हत्कण्डा बनाए।

चुनाव गराउनुको सट्टा एकपछि अर्को गर्दै धमाधम प्रधानमन्त्री बनाउन थाले। यसैबीच, २०१५ सालमा चुनाव हुने निश्चित भयो। म आफ्नै पार्टी गोर्खा परिषदमा सक्रिय थिएँ।

त्यतिबेला सूवर्णशमशेर सबैभन्दा धेरै ३ ठाउँबाट उठेका थिए। उनी कुनै पनि चुनावी क्षेत्रमा नखटीकनै तीन ठाउँबाट निर्वाचित भए। मैले नुवाकोटबाट जितेँ। मेरो पार्टीले १९ सिट जित्यो।

कांग्रेसपछि दोस्रो ठूलो दल भयो। त्यतिबेला प्रजातन्त्र भनेको के हो? कसैलाई थाहा थिएन। कांग्रेसको यति ठूलो चकचकी थियो, जहाँ गयो त्यहीँ झगडा। पाल्पामा बिपी भाषण गर्न जाँदा मातृकाले नै माथिबाट ढुंगा फाल्न लगाए। त्यो घटनामा एकजना पक्राउ पनि परे। 

कांग्रेसले दुई तिहाई बहुमत ल्यायो। महेन्द्रले नचाहँदा नचाहँदै पनि बिपी प्रधानमन्त्री भए। म विपक्षी दलको नेता थिएँ। त्यतिबेला राजाको विरोधमा कसैको बोल्ने आँट थिएन।

त्यतिबेला ऋषिकेश शाह र तुलसी गिरीसँग मेरो खुब दोस्ती थियो। उनीहरू त्यही बेलादेखि नै राजालाई भेट्थे र कुरा लाउ“थे। उनीहरूलाई गाली गर्थें– ‘चोर! तिमीहरू राजालाई भेट्ने।’ तर, मैले जति नै गाली गरे पनि मेरो चुक्ली भने लगाएनन्।

२०१७ सालमा महेन्द्रले ‘कू’ गर्ने दिनको अघिल्लो रात म र बेनीबहादुर कार्की दिल्ली जाँदै थियौं। दरबारबाट चिट्ठी आयो– ‘राजाले भोलि दर्शन दिने रे। कतै नजानू।’

२–३ दिनदेखि नै ‘सिम्टम’ राम्रो सुनिएको थिएन। दिउँसो बबरमहलस्थित निवासमा बसिरहेको थिएँ। मलाई पक्राउ गर्न भरतकेशर सिंह पो आइपुगे।

nimb
nimb
Ncell 2
Ncell 2

बिपी लगायत त्यतिबेला मन्त्रिमण्डलमा भएका (सूवर्णलाई छोडेर) सबै पक्राउ परे। म एक्लो प्रतिपक्षी नेताको रुपमा ६ महिना जेल बसेँ। त्यसपछि राजालाई सघाउने सर्तमा मलाई छोडियो। पहिलेदेखि राजसंस्था मन नपर्ने, म किन नेपाल बस्थेँ। भागेर कोलकाता पुगेँ।

कोलकातामा सूवर्णशमशेर सक्रिय राजतन्त्रविरुद्ध आन्दोलनको तयारीमा थिए। म त्यहाँ पुगेपछि उनलाई हलुको महसुस भएछ। त्यसैले पिथौंरागढदेखि पूर्वसम्म भारत–नेपाल बोर्डर एरिया सबै हेर्ने जिम्मेवारी दिए।

त्यो आन्दोलनमा भारतीय प्रधानमन्त्री जवहारलाल नेहरुको समर्थन थियो। म कांग्रेसको क्रान्तिमा पहिलो पल्ट होमिएको थिएँ। तर, नेहरुको निधनपछि सूवर्ण राजासँग गएर मिले। त्यसपछि मलाई सूवर्णसँग बसिरहन मन लागेन। र, मेरो झुकाव बिपीतिर बढ्यो। जसको नतिजा यस्तो भयो, ‘मलाई भारत सरकारले कोलकातामै नजरबन्दमा राख्यो। म कतै जान नपाउने।’

२०२५ सालमा बिपी निर्वासित जीवन बिताउन फेरि भारत आए। यसपछि हाम्रो सम्बन्ध राम्रो भयो। मैले उनलाई आफ्नो नेता स्वीकारेँ। अहिलेसम्म स्वीकारिरहेको छु।

बिपी कोलकाता आउँदा मेरो घरमा आउँथे। उनीसँग भारतीय समाजवादी नेता जयप्रकाश नारायण (जेपी), भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखर धेरै पल्ट मकहाँ आए।

बिपी भारत आएपछि नेपाली कांग्रेसले फेरि सशस्त्र युद्ध गर्ने घोषणा गर्‍यो। यसका लागि हामीसँग हतियार किन्न पैसा थिएन। बिपी अन्तर्राष्ट्रिय समाजवादीहरूको सम्मेलनमा भाग लिन स्विट्जरल्यान्ड जाँदै थिए। मैले उनलाई ‘ब्ल्याङ्क चेक’ दिएँ। उनले सम्मेलन सकिएपछि ‘सोसलिस्ट इन्टरनेसनल’ का महासचिव हान्स जोनिस्चेकलाई चेक देखाएछन् र सोधेछन्– ‘कसरी निकाल्ने। उसले नै बिपीलाई सिकाएछ, यो ‘ब्ल्याङ्क चेक’ हो। यसरी पैसा निकाल्नुपर्छ।’ बिपीलाई चेकबाट पैसा कसरी निकाल्ने, त्यो पनि थाहा थिएन। 

जहाज अपहरणपछि नेपालले भारतीय सरकारलाई दबाब थियो। ‘रअ’ का तत्कालीन प्रमुख बिपीकहाँ भन्न आएका थिए– ‘त्यो पैसा हामीलाई फर्काऊ। त्यति नै पैसा हामी तिमीलाई उपलब्ध गराउँछौं।’ तर, बिपीले प्रस्ताव ठाडै अस्वीकार गरे। बिपी आफ्नो विवेकमा मात्र हिँड्थे, कसैले भनेर मान्दैन्थे।

बिपीको राष्ट्रिय मेलमिलापको विषयमा नेपालमा जसलाई जे मन लाग्यो, त्यही व्याख्या गरेर हिँड्छन्। मलाई अचम्म लाग्छ। पटनामा बिपी र म बसेर बनाएको ड्राफ्ट हो, त्यो। त्यसमा कहाँ राजासँग मिल्ने कुरा छ?

बिपी नेपाल फर्किएपछि यति चाँडो राजनीतिक उथलपुथल भयो। राजालाई जनमत संग्रहको घोषणा गर्न कर लाग्यो। जनमत संग्रहको प्रचारका लागि म पनि काठमाडौंं लागेँ। त्यतिबेला गणेशमान र म फर्पिङदेखि टोखासम्म खटिएका थियौंं। पाटनको सहरी एरियामा हाम्रो जित भयो। बाहिर उनीहरूको। मलाई थाहा थियो, दरबारले कुनै पनि हालतमा हामीलाई जित्न दिँदैन। त्यसैले फेरि दुःख दिने हो कि भनेर चुनाव भएको भोलिपल्टै कोलकाता फर्किएँ।

बिपी क्यान्सरको उपचार गरेर अमेरिकाबाट फर्किएपछि उनलाई भेट्न काठमाडौंं गएको थिएँ। कपाल पूरै झरेको थियो। उनले मलाई सुनाए– ‘किमोथेरापी गर्दा बडो दुःख हुन्छ।’ 

वास्तवमै बिपी प्रजातन्त्रवादी थिए, एकदमै सरल। कोहीसँग उनको रिसराग थिएन। यो दुनियाँमा जो ठूलो हुन्छु भन्छ, त्यही सानो हुन्छ। अहिले नेपालमा राजा बन्नेको हालत हेर्नु त! बिपी बितेको यति समय भइसक्यो। तर पनि नेपाली जनतामा उनीप्रतिको श्रद्धा घटेको छैन। राजा भन्ने चिज नै खराब हो। लास लुछेर खान्छन्।

(नवीन अर्यालसँगको कुराकानीमा आधारित। शमशेरको गत साउन २६ गते निधन भएको थियो।)

पहिलो पटक २०७४ भदौ २४ मा प्रकाशित 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०७५  ०६:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ सभामुखको निर्वाचन कार्यतालिका
रमेश लेखकलाई २ दिन म्याद थप
ओलीलाई थप दुई दिन थुनामा राख्न अनुमति, अस्पतालमै बयान लिइने
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
यस्तो छ सभामुखको निर्वाचन कार्यतालिका बिहीबार, चैत १९, २०८२
रमेश लेखकलाई २ दिन म्याद थप बिहीबार, चैत १९, २०८२
ओलीलाई थप दुई दिन थुनामा राख्न अनुमति, अस्पतालमै बयान लिइने बिहीबार, चैत १९, २०८२
दीपक भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति बिहीबार, चैत १९, २०८२
आठ महिनामा साढे १४ खर्ब रेमिटेन्स भित्रियो बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्