• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन १४, २०८२ Thu, Feb 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कम्युनिस्टलाई मैले प्रतिपक्षी मान्ने कुरै आएन : बिपी कोइराला

64x64
नेपाल लाइभ आइतबार, भदौ २४, २०७५  ०६:२२
1140x725

बिपीलाई मैले २०३४ साल फागुनमा भेटेको हुँ। शनिबारको दिन थियो।

बिपीलाई भेट्नका लागि कृष्णप्रसाद भट्टराई जाँदै हुनुहुन्थ्यो। सडकमा मलाई भेटेपछि उहाँले सोध्नुभयो, ‘तपाईंले बिपीलाई भेट्नुभयो?’ मैले ‘छैन’ भनेर उत्तर दिएँ। त्यसपछि उहाँले नै ‘लौ हिँड्नुस्’ भन्नुभयो। म उहाँसँगै बिपीलाई भेट्न गएँ। 

बिपी त्यतिबेला अमेरिकामा आफ्नो घाँटीको क्यान्सरको अप्रेसन गरेर फर्किनुभएको थियो। त्यसैले बिपीको बोली खास चर्को थिएन। घाँटीमा क्यान्सर सुरु भएपछि नै उहाँमा त्यो समस्या आएको थियो। रेडियसनले गर्दा घाँटीको छाला पनि जलेको थियो। 

तीन जना अटाउने सोफामा बिपी बीचमा बस्नुभएको थियो। म र भट्टराई छेउछेउमा बसेका थियौं। म उहाँको व्यक्तित्वबाट असाध्यै प्रभावित भएँ। 

पहिलो पटक मैले भेट्दा उहाँले आफ्नै बारेमा सुनाउनुभएको थियो। सेक्सपियरका नाटकका त्रासदीय पात्रहरु बोलेको जस्तो लाग्थ्यो। एक शब्द पनि निरर्थक बोल्नुहुन्न थियो। पूर्ण र अर्थपूर्ण शब्दहरु बोल्नुभएको थियो। उहाँका शब्दहरु चौबीस क्यारेटका सुनजस्ता खारिएका थिए।

उहाँलाई भेटेर आएपछि मैले सात-आठ पाना लामो डायरी लेखेँ। बिपीले भनेका सम्पूर्ण कुराहरु टेपरेकर्डबाट उतारेजस्तै गरी उतारें। यसो भन्दा उहाँले हात यसरी हल्लाउनुभएको थियो, यसो भन्दा उहाँले किसुनजीतिर हेर्नुभएको थियो, यसो भन्दा उहाँले मतिर हेर्नुभएको थियो आदि सबै विवरण लेखेँ।

त्यो भेटमा बिपीले अमेरिकामा उपचार गरेर नेपाल आउँदाको यात्रा विवरण सुनाउनुभएको थियो। अष्ट्रियाका राष्ट्रपतिले बिपी पत्नी सुशीलालाई सोधे रे, ‘होइन, राजाले मार्छन् भन्ने जान्दाजान्दै बिपी किन नेपाल फर्किन लागेका?’ सुशीलाले उत्तर दिइछन्, ‘त्यो त बिपीलाई नै सोध्नुपर्छ।’

मलाई सम्झना छ, उहाँ २०३३ र ३४ सालमा दुई पटक पटनाबाट उडेर नेपाल आउनुभयो। म दुवैपटक एयरपोर्ट गएँ, उहाँलाई देख्न पाइन्छ कि भनेर! तर, दुवै पटक हेर्न पाइएन। सरकारले जिपमा हालेर लगिहाल्थ्यो। 

Ncell 2
Ncell 2

बिपी तारिणीको एउटा अपूर्ण घरमा बस्नुहुन्थ्यो। उहाँको बानी अध्ययनशील थियो। असाध्यै पढ्ने। अरुका कृति निकै गहिरिएर पढ्नुहुन्थ्यो। स्पन्जले पानी तानेजस्तो तानेर पढ्नुहुन्थ्यो। र, समालोचकीय दृष्टिकोणले कुरा गर्नुहुन्थ्यो।

चार वर्षको संगत

बिपीसँग मैले चार वर्ष संगत गरेँ। 

बिपी एकदमै आकर्षित व्यक्तित्व हुनुहुन्थ्यो। बिरामी भएर फर्किँदा पनि उहाँको अनुहार एकदमै उज्यालो थियो। बिपीको अर्को एउटा बानी थियो, उहाँ कहिल्यै पनि अनौपचारिक पोसाकमा बस्नुहुन्न थियो। सधैं दौरासुरुवाल र कोट लगाउने। कोट नलगाएका बेला पनि दौरासुरुवाल चाहिँ अनिवार्य हुन्थ्यो।

उहाँ सबैलाई महत्त्व दिएर कुरा गर्नुहुन्थ्यो। कसैलाई अपमानजनक व्यवहार गर्नुहुन्न थियो। उहाँलाई भेटेका सबैले बिपीले मलाई चाहिँ बढी माया गर्नुहुँदो रहेछ भन्ने महसुस गर्थे।

बिपी आफ्ना विरोधीलाई पनि सम्मानसाथ भेट्न जानुहुन्थ्यो। उपचारको लागि अमेरिका उडनुअघि टंकप्रसाद आचार्यलाई समेत भेट्न जानुभयो। आचार्यकी श्रीमतीले उनलाई रातो टीका लगाएर बिदा गरेकी थिइन्। ‘उपचार गरेर निको भएर आउनुस् र नेपालको राजनीति गर्नुस्’ भन्ने शुभकामना पनि दिएकी थिइन्।

मैले बिपीको एउटा अन्तर्वार्ता पनि लिएँ। त्यो अरुणोदय पत्रिकाका लागि थियो। यो संस्कृत छात्रावास भन्ने सरकारी होस्टल थियो। वीरशमशेरको पालामा संस्कृत पढ्ने विद्यार्थीका लागि खोलिएको छात्रावास थियो त्यो। अरुणोदय विद्यार्थी युनियनको मुखपत्र हो। तीनतीन महिनामा प्रकाशित हुन्थ्यो। सागसज्जा राम्रो नभए नि विषयवस्तु राम्रा हुन्थे। 

बिपीको अन्तर्वार्ता लिँदा म २६ वर्षको लेक्चरर थिएँ। विवाह पनि गरेको थिइनँ। प्रजातन्त्रमा विश्वास गर्थें। बिपी ठूलो मान्छे हुनुहुन्थ्यो भन्ने लाग्थ्यो। त्यसअघि पनि भेटघाट भइसकेकाले मैले उहाँलाई अन्तर्वार्ता लिन चाहेको बताएँ। उहाँले सहजै स्वीकार गर्नुभयो।

त्यसमा मैले सोधेको थिएँ, एउटै व्यक्ति राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी वा अस्तित्ववादी कसरी हुन सक्छ?

पहिलो दिन बिपीले उत्तर दिएनन्। उनले भने, ‘यो असाध्यै राम्रो प्रश्न हो। म भोलि विस्तृत रुपमै जवाफ दिन्छु।’

उहाँले भन्नुभयो, ‘आजसम्म दार्शनिकहरुले जसरी मनुष्यको विश्लेषण गरे, त्यो एकदमै अपूर्ण छ। कार्ल मार्क्सले मनुष्यलाई एउटा आर्थिक एकाइ भनेर विश्लेषण गरे। अर्थात्, उसका सम्पूर्ण क्रियाकलापहरु आर्थिक स्वार्थमा केन्द्रित हुन्छ। धन कमाउ र धन कमाएपछि शक्तिशाली भइन्छ भन्ने स्वार्थले मनुष्य प्रेरित हुन्छ भनेर विश्लेषण गरे। त्यस्तै, सिग्मण्ड फ्रायडले मान्छेको सम्पूर्ण क्रियाकलाप यौन इच्छाबाट प्रेरित हुन्छ भनेर विश्लेषण गरे। पैसा कमाउने पनि यौन इच्छालाई बढी तृप्ति दिनका लागि हो। शक्ति आर्जन गर्ने पनि त्यसैको लागि हो भनेर व्याख्या गरे। तर, ती दुवै गलत हुन्।’

‘मलाई के लाग्छ भने मनुष्य कुनै काठ वा एउटा धातुबाट निर्मित प्राणी होइन। त्यो निकै जटिल छ। विरोधाभाषपूर्ण प्रवृत्तिहरु हुन्छन्। मभित्र समाजलाई बाँधेर प्रजातान्त्रिक समाजवादी आदर्श अनुरुप राज्य सञ्चालन गरेर देशको विकास गरौं भन्ने चाहना छ। त्यसबाट प्रेरित भएर म राजनीतिमा लागेको छु। तर, मभित्र स्वतन्त्रताका जुन आकांक्षा छन्, तिनलाई तृप्ति दिनको लागि अस्तित्ववादी साहित्य लेख्छु। त्यसैले मभित्र दुइटा अलगअगल व्यक्तित्व छन्। एउटा राजनीतिक र अर्को साहित्यकार। साहित्यको क्षेत्रमा म राजनीतिबाट आएको परदेशी हुँ। राजनीतिमा साहित्यबाट आएको परदेशी हुँ। त्यसैले साहित्यको बिपी कोइराला र राजनीतिको बिपी कोइराला दुइटा अलगअलग व्यक्ति हुन्। तिनीहरुको भेटघाट हुँदैन।’

मलाई लाग्छ, बिपी अस्तित्ववादी भएकैले प्रजातन्त्रवादी हुनुभएको हो। र, प्रजातान्त्रवादी भएकै हुनाले अस्तित्ववादी हुनुभएको हो। मेरो बुझाइमा अस्तित्ववादी बिपी र प्रजातान्त्रवादी बिपीको भेटघाट छ। प्रजातन्त्रवादी नभएको भए बिपीले ‘तीन घुम्ती’ जस्तो उपन्यास लेख्नुहुन्थेन।

अन्तर्वार्ता लिँदाको एउटा प्रसंग छ। बिपीसँग समय लिएर म भोलिपल्ट बिहान म टेप रेकर्डर लिएर गएँ। तर, दुर्भाग्यवश मेरो टेप रेकर्डरमा ब्याट्री राम्रो रहेन छ। रेकर्ड हुन सकेन। तर, बिपीले जेजति भन्नुभयो मैले सबै लेखेँ र भोलिपल्ट उहाँलाई देखाएँ। सोधेँ, ‘मैले सोधेको प्रश्न र तपाईंले दिनुभएको उत्तर यही हो?’ बिपीले ‘हो’ भनेर छाप्न अनुमति दिएपछि त्यो छापियो।

मेरो बानी नै थियो, बिपीले भनेका एक शब्द खेर नफालीकन सबै टिपेर राख्थेँ। 

बिपीको अर्को बानी थियो। मानिसहरुका कुरा ध्यान दिएर सुन्नुहुन्थ्यो। उसलाई आनन्दले बोल्न दिनुहुन्थ्यो। र, जसले प्रश्न सोधेको हो, उत्तर उसकै भाषा र शैलीमा र उसले बुझ्नेगरी दिनुहुन्थ्यो।

एक पटक एउटा किसान सोधे, ‘२०१५ सालमा तपाईं प्रधानमन्त्री बन्नुभयो। देश विकास गर्छौं भन्नुहुन्थ्यो। तर भएन नि!’

बिपीले जवाफ दिनुभयो, ‘तपाईं असार साउनमा मालिकको खेतमा धान रोप्नुहुन्छ। मंसिरमा आधा बुझाऊँला भन्ने सर्तमा। खेलमा गोडमेल गर्नुहुन्छ। पानी लगाउनुहुन्छ। पसिना बगाउनुहुन्छ। तर, मालिक आएर अकस्मात् त्यो खेतमा भैंसी चराइदिन्छ। र, तपाईं लगाएको धान नष्ट गरिदिन्छ। अब तपाईंले कसरी बाली भित्र्याउन सक्नुहुन्छ? हामी त पाँच वर्षका लागि निर्वाचित थियौं। दुई तिहाइ ल्याएको संसद थियो। तर, राजाले अठार महिनामै संसद भंग गरे। हामीलाई जेलमा राखे। अनि हामीले गरेको प्रतिज्ञा कसरी पूरा गर्ने?’

उहाँ सबैलाई सहजतापूर्ण व्यवहार गर्नुहुन्थ्यो। 

पहिलो भेटकै बेलामा हामी बिपीसँगै छँदा सिद्धिलाल सिंह पनि आइपुग्नुभयो। उहाँ एमालेको वृद्ध नेता हुनुहुन्छ अहिले। उहाँले बिपीलाई भन्नुभयो, ‘हामीहरुले प्रजातन्त्रका निम्ति मिलेर संघर्ष गर्नुपर्छ। आपसमा मनमुटाव राखेर हिँड्ने होइन।’

मलाई के लागिरहेको थियो भने बिपीजस्तो महान् व्यक्तिलाई सिंहले यस्तो गर्नुपर्छ भनेर किन उपदेश दिने ढंगले भने भन्ने लाग्यो।

तर, बिपीले सहजताका साथ उत्तर दिनुभयो, ‘अहिले हाम्रो देशमा राष्ट्रिय संकट आइपरेको छ। राजालाई त आफ्नो प्रतिपक्षी मानेको छैन भने कम्युनिस्टहरु त मैले आफ्नो प्रतिपक्षी मान्ने कुरै आएन। तिनीहरु त मजस्तै सह दुःखभोगी हुन्।’

मान्छेहरु उहाँ भएका ठाउँमा जान डराउँथेँ। प्रतिबद्ध मान्छेहरु मात्रै जान्थे। म पनि लेक्चरर भइसकेको थिएँ। मानिसहरु मलाई पनि नजान सुझाउँथे। जागिर जान सक्ने बताउथेँ। तर, मेरो विवाह गरेको छैन, बाबुका ६ भाइ छोरामध्ये एउटा हुँ म, मेरो बाउआमालाई छोराबुहारी छँदैछन्, त्यसैले ज्यानै गए पनि केही फरक पर्दैन भनेर म बिपीलाई भेट्थेँ। 

बिपी बिहान तीन-चार बजे नै उठ्नुहुन्थ्यो। नुहाइधुवाइ गरेर पढ्नुहुन्थ्यो। करिब ७ बजेपछि भेटघाट चल्थ्यो। झन्डै १० बज्थ्यो। अनि खाना खाएर एक-दुई बजे सुत्नुहुन्थ्यो। 

म कीर्तिपुरमा क्वाटरमा बस्थें। त्यहाँ एउटा फोन थियो। म बिपीलाई फोन गर्थें। भेटेर गफ गर्न मन लागेको छ भन्थें। उहाँले आऊ भन्नुहुन्थ्यो। म साइकल चढेर चाबहिल पुग्थें। 

म उहाँसँग राजनीति र साहित्यबारे गफ गर्थें।

एक पटक मैले सोधेको थिएँ, ‘नेपाली कांग्रेसले समाजको कुन तप्काको मान्छेलाई प्रतिनिधित्व गर्छ?’

निम्न मध्यम वर्ग र मध्यम वर्गलाई प्रतिनिधित्व गर्छ। जो अत्यन्त कमजोर, किसान, गोठालो छ, उसले हामीले भनेका सम्पूर्ण कुरा बुझ्ला वा नबुझ्ला, बुझाउनुपर्छ। तर हाम्रो राजनीतिको लक्ष्य र गन्तव्य समाजको सबैभन्दा तल्लो वर्गको हित गर्नु हो। त्यसको उत्थान गर्नु हो। त्यो उत्थान गर्ने क्रियाकलापमा सक्रिय हुने नेपाली कांग्रेको कार्यकर्ताचाहिँ निम्न मध्यम वर्ग र मध्यम वर्गको हुन्छ। किनभने किसानलाई त राजनीति गर्ने, सडकमा उत्रिने, डन्डा खाने फुर्सद नै हुन्न नि! ऊ त बिहान बेलुकाको गाँस टार्न नै व्यस्त छ।’

जनतामा बिपीप्रति निकै आकर्षण थियो। बिपीको उपस्थितिलाई राजाले उपेक्षा गर्न सक्दैनन् भनेर अन्तर्राष्ट्रिय जगतबाट प्रतिक्रिया आइरहेको थियो। बिपी जेलमा हुँदा पनि र प्रवासमा हुँदा पनि। उनको उपस्थिति नेपालको समाजमा, राजनीतिमा सधैं नै महसुस भइरह्यो। 

राजाले जनमत संग्रह घोषणा गरेपछि बिपी टुँडिखेलको आमसभामा उहाँ बोल्न जानुभयो। सारा सरकारी कर्मचारीहरु चाँडै नै छुट्टी लिएर टुँडिखेलमा भरिए। वीर अस्पतालका छाना समेत भरिए। विद्युत प्राधिकरणका बार्दलीहरु समेत भरिए। रत्नपार्क, खुलामञ्च सबै भरिए।

बिपीको मृत्यु भएपछि शवयात्रामा ५ किलोमिटरभन्दा लामो लाइन लागेको थियो। रानीपोखरीमा एउटी २४-२५ वर्षकी महिला काँखमा बच्चा बोकेर हिँडिरहेकी थिइन्। मैले उनलाई सोधें, ‘कहाँ जान लागेको?’ उनले मेरो उत्तर दिइनन्। फटाफट अगाडि बढिन्। बिपीप्रतिको आकर्षण यस्तो थियो कि मानिसहरु उनको शबलाई पनि हतारमा पछ्याइरहेका थिए।

प्रस्तुतिः किशोर दहाल

पहिलोपटक ०७४ भदौ २४ मा प्रकाशित

प्रकाशित मिति: आइतबार, भदौ २४, २०७५  ०६:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रलोपा र मितेरी पार्टीका उम्मेदवार नै नेकपामा समाहित, विना मगरलाई समर्थन गर्ने घोषणा
पूर्वमुख्यमन्त्री शर्मा सांसदबाट पदमुक्त
निर्वाचन सुरक्षाबारे प्रहरी-सरोकारीबीच रणनीतिक अन्तरक्रिया सम्पन्न
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
प्रलोपा र मितेरी पार्टीका उम्मेदवार नै नेकपामा समाहित, विना मगरलाई समर्थन गर्ने घोषणा बुधबार, फागुन १३, २०८२
पूर्वमुख्यमन्त्री शर्मा सांसदबाट पदमुक्त बुधबार, फागुन १३, २०८२
निर्वाचन सुरक्षाबारे प्रहरी-सरोकारीबीच रणनीतिक अन्तरक्रिया सम्पन्न बुधबार, फागुन १३, २०८२
म्यानमारमा सजाय भोगिरहेका १८ नेपालीलाई आममाफी सम्भावना, कूटनीतिक पहल जारी बुधबार, फागुन १३, २०८२
रास्वपा सरकारले भ्रष्टाचारको जरा उखेल्ने रवि लामिछानेको दाबी बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय बुधबार, फागुन १३, २०८२
२४ घण्टामै डेढ करोड उठेपछि साम्बाले भनिन्–अब रोक्नुस् मंगलबार, फागुन १२, २०८२
पूर्वमुख्यमन्त्री शर्मा सांसदबाट पदमुक्त बुधबार, फागुन १३, २०८२
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्