काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए।
उनका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौं आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो।
उक्त विषयमा आवश्यक अनुसन्धान सुरु भएको डा पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।