काठमाडाैं- १० किलो सुनसहित २ जनालाई प्रहरीले पक्राउ परेका छन्। चुमनुव्री गाउँपालिका वडा नम्बर ७, छेकम्पारका, गाेरखाका मुटुक लामा र लोप्सान तेन्जे लामालाई १० किलो सुनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको छ। पाँच/पाँच किलोको सुनका बिस्कुट भेटिएकाले अनुसन्धान अगाडि बढाउन उनीहरुलाई जिल्ला कार्यालय झिकाइएकाे हाे।
उत्तरतर्फकाे खुला सीमाना हुँदै उक्त सुन भित्रिएको हुनसक्ने प्रहरीको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।