कास्की– बेगनास तालमा डुंगा डुब्दा दुई जनाको मृत्यु भएको छ भने चार जना अझै बेपत्ता छन्। डुंगामा सवार ४ जनाको भने उद्धार गरिएको छ। उनीहरुकाे पहिचान खुल्न सकेको छैन।
बेपत्ता चारजनामध्ये बच्चा पनि परेको बताइएको छ। प्रारम्भिक अनुमानअनुसार डुंगामा यात्रा गर्दा लाइफ ज्याकेट नलगाएका कारण मृत्यु भएको कास्की प्रहरी प्रमुख ओम रानाले बताए।
दिउँसो करीव पौने बाह्र बजे डुंगा डुबेको समेत उनले बताए।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २८ र ३१ का सीमामा रहेको बेगनास ताल हुँदै स्थानीयबासी गाउँको वारीपारी गर्ने गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।