• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भेपमार्फत् सुन तस्करीमा महराका बाबु–छोरा:  कृष्णबहादुरको देखिएन कनेक्सन, राहुल मतियार

64x64
नारायण अधिकारी बुधबार, असोज १७, २०८०  १७:२०
1140x725

काठमाडौं– विद्युतीय चुरोट (भेप)मा लुकाएर भएको ९ किलो सुन तस्करी प्रकरणमा महराका बाबु–छोरा (कृष्णबकादुर महारा र राहुल महरा) माथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत भदौ १३ गते पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई पक्राउ गरेर उक्त सुन तस्करी प्रकरणबारे अनुसन्धान गरिरहेको छ।

छोरा पक्राउ परेको एक महिनापछि उक्त सुन प्रकरणबारे सोधपुछ गर्न तथा बयान कागजका लागि भन्दै सीआईबीले कृष्णबहादुर महरालाई बोलाएको थियो। सोमबार साँझ पौन ७ बजे सीआईबीमा पुगेर कृष्णबहादुर महराले बयान दिँदै कागजसमेत गरेका छन्।

उक्त सुन तस्करी प्रकरणबारे अनुसन्धान गरिरहेको सीआईबीले अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ। संगठित अपराधमा अनुसन्धान भएकाले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने समय सीआईबीले पाएको छ। अहिलेसम्मको अनुसन्धानबाट उक्त सुन तस्करी प्रकरणमा कृष्णबहादुर महाराको भने कनेक्सन नदेखिएको र छोरा राहुलको भने मतियारको भूमिका देखिएको सीआईबी स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

‘अहिलेसम्मको अनुसन्धानले कृष्णबहादुर महराको कुनै संलग्नता देखिँदैन। हामीले उहाँसँग सोधपुछ गर्नुका साथै कागज समेत गराएका छौं। छोराको हकमा भने उहाँले मतियारको भूमिका निभाएको देखिन्छ’, सीआईबीका एक अनुसन्धान अधिकारीले नेपाल लाइभसँग भने।

सुन तस्करीका संलग्न रहेको भनिएका व्यक्तिसँग राहुलको बारम्बार कनेक्सन देखिएपछि उनलाई पक्राउ गरेर सीआईबीले अनुसन्धान गरेको थियो। सो क्रममा चिनियाँ नागरिकले आफ्नो सामान भन्सारमा अड्किएको बताएपछि के कस्तो हो छोड्न मिल्ने भए छाडिदिनु भनेर फोन गरेको कुरा राहुलले स्वीकार गरेका छन्। तर आफूलाई उक्त सामान सुन नै हो भन्ने थाहा नभएको बयान राहुलले दिएको सीआईबी स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

उनले उक्त सामान सुन नै हो भन्ने थाहा नभएको बताए पनि पटक–पटक फोन गरेर सामान छाड्न र लिलामीको प्रक्रियाबारेसमेत चासो राखेकाले मुख्य योजनाकार तथा व्यवस्थापक नभए पनि मतियारको भूमिका भने देखिएको सीआईबीको दाबी छ। ‘राहुलकै योजनामा सुन आएको, सुनका लगानीकर्ता तथा व्यवस्था भएको भन्ने देखिँदैन। तर पटक–पटक फोन सम्पर्क हुनु र सामान छाड्न र लिलामीबारेसमेत चासो राखेकाले उहाँको भूमिका मतियार देखिएको छ। सोही अनुसार मुद्दा चलाउनुपर्ने रायसहित हामी अनुसन्धान फाइल बुझाउँछौं’, सीआईबीका एक अनुसन्धान अधिकृतले नेपाल लाइभसँग भने।

यता बाबुको हकमा भने कुनै कनेक्सन नेदेखिएको सीआईबीले जनाएको छ। ‘हामीले उहाँलाई बोलाएर सोधपुछ पनि गर्‍यौं। तर उहाँको कुनै भूमिका देखिएन’, सीआईबी स्रोतले भन्यो। 

फ्लाई दुबईको जहाजमार्फत् गत पुस १० गते चिनियाँ नागरिक लि होसाङले सुटकेशमा लुकाएर भेपभित्र सुन ल्याएका थिए। सुनले भरिएको उक्त सुटकेश संकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

भन्सारले पासपोर्टसमेत लिएर चिनियाँ नागरिक होसाङलाई छाडेको थियो। भोलिपल्टै चिनियाँ नागरिक होसाङले आफ्नो पासपोर्ट फिर्ता लिएर उनी स्वदेश फर्किका थिए। सुन ल्याउने समूहका अर्का चिनियाँ दाओजिङ वाङ पनि थिए। उनै वाङसँग महराका बाबुछोराको फोन सम्पर्क भएको देखिएको थियो।

वाङसँग सम्पर्क भएपछि राहुलले भन्सार प्रमुख अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेर उक्त सामानको लिलामी प्रक्रियाबारेसमेत चासो राखेका थिए। त्यतिबेलासम्म नियन्त्रणमा लिइएको उक्त सामान के हो भन्ने भन्सारलाई थाहा थिएन। 

होसाङबाट बरामद भएका २ वटा सुटकेश आगमन कक्ष छेउकै कुनामा हुन्छन्। त्यो बीचमा बब्लुकुमार गुप्ता नाम गरेका व्यक्तिले भन्सारका नासु रेवन्त खड्कालाई उक्त सुटेकशभित्र भेप्सको रुपमा ९ किलो सुन भएको सुनाउँछन्। त्यसपछि रेवन्तले बल्लुलाई नै सुटकेश भएको ठाउँमा लैजाँदै भेप तान्न लगाउँछन्। तर धुँवा आउँदैन। त्यसपछि भेपको रुपमा अन्य बहुमूल्य वस्तु छ भन्नेमा उनीहरु ढुक्क हुन्छन्।

सुटकेश राखिएको कोठामा सीसीटीभीबाट निगरानी हुने भएकाले त्यस दिन केही गरिएन। त्यसपछि भन्सार एजेन्ट दिनेश बस्नेत र नासु रेवन्तबीच भेपको रुपमा भित्रिएको सुनबारे कुराकानी हुन्छ। त्यतिन्जेल उक्त सुन बिक्रीका लागि भारतीय नागरिकसँग डिलसमेत भइसकेको हुन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसको करिब एक सातापछि मुद्दा शाखामा भएका सामानहरु लिलामी गर्ने र डिस्पोज गर्ने सामान छुट्याउने तयारी हुन्छ। त्यसपछि रेवन्तले ९ किलो सुनले भरिएको सुटकेस डिस्पोज गर्नुपर्ने भन्दै डिस्पोज गर्ने सामान राख्ने ठाउँमा कोठा नम्बर १११ मा सार्छन्। यो प्रक्रियामा रेवन्तसँगै दिनेश पनि सँगै हुन्छन्। त्यसपछि यी दुई जना मिलेर दुई वटा सुटकेशमा भेप्सको रुपमा भित्र्याइएको सुन धमाधम निकाल्छन् र त्यहाँ अरु नै भेप राखिदिन्छन्।

Gold_Smuggling_network1696410627.jpg
सुन तस्करसँग महरा बाबु–छोराको फोन सम्पर्क देखिने चार्ट। तस्बिर: सरकारी वकिल कार्यालयको प्रतिवेदन 

त्यसपछि उक्त सुन ६ करोड रुपैयाँमा दिनेशले सुनसरीको धरान उपमहानगरपालिका–२ घर भएका वेदप्रकाश अग्रवाललाई बिक्री गर्छन्। भन्सारबाट उक्त सुन बाहिर लैजान सहजीकरण गरेवापत रेवन्तको निर्देशनमा दिनेशले प्रेरणा थापाको बैंक अफ काठमाण्डु र कृषि विकास बैंक लिमिटेडको खातामा ३० लाख र भाउजु ललिता राजभण्डारीको खातामा ५३ लाख गरी ६५ लाख रुपैयाँ हाल्न लगाएर ६५ लाख नासु रेवन्तले बुझ्छन्। वेदप्रकाश उक्त सुन भारतीय व्यापारी साहेब राव पाण्डुरङ मरगलेलाई बेच्छन्।

सुटकेशभित्रको भेप्समा सुन भएको र भेप्स साटफेर गरेर सुन निकालेर अर्कै भेप्स राखिएको पाइएको भन्दै भन्सार कार्यालयले वैशाख २६ गते सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न अनुरोध गर्छ। त्यसपछि सीआईबीले दुई महिना लामो अनुसन्धान सकेर गरेर जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदन अनुसार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

यो प्रकरणमा सीआईबीले भन्सारकै नायब सुब्बा २७ वर्षीय रेवन्त खड्का, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ घर भएका ३२ वर्षीय भन्सार एजेन्ट दिनेश बस्नेत, सुनसरीको धरान उपमहानगरपालिका–२ घर भई न्यूरोडमा घडी पसल सञ्चालन गर्दै आएका वेदप्रकाश अग्रवाल, भारतको महाराष्ट्रका ३९ वर्षीय व्यापारी साहेब राव पाण्डुरङ मरगले, सिन्धुपाल्चोककै सुनकोशी–६ का ३२ वर्षीय अमृत कार्की, पोखरा महानगरपालिका–४ का २२ वर्षीय पूर्व सुरक्षागार्ड निर्मलकुमार विकलाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो। उनीहरु पुर्पक्षमा अहिले कारागारमा छन्।

भन्सार एजेन्ट दिनेश बस्नेतका भाइ तथा कार्गो एजेन्ट दिपेश बस्नेत, बस्नेत दाजुभाइका भिनाजु गोपाल सुवेदी र काभ्रेको बनेपा–१० का ५५ वर्षीय रामकेशव थापालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ। भिनाजु सुवेदीले नै सुन खरिदका लागि वेदप्रकाशसँग भेट गराइदिएको पाइएको छ। 

सुरुमा बस्नेत दाजुभाइ र उनीहरुका भिनाजु सुवेदी भएर भेप्सबाट ८० ग्राम जति सुन निकाले र वेदप्रकाशलाई भेट्न न्यूरोड पुगेका थिए। त्यसपछि वेदप्रकाशसँग उनीहरुले ६ लाख रुपैयाँ बुझेका बताएका छन्। पछि वेदप्रकाशसँग आएका अर्का व्यक्ति भारतीय व्यापारी मरगलेलाई पटक–पटक गरेर उनीहरुले ६ करोड रुपैयाँमा सुन बेचेको अनुसन्धानबाट खुलेको छ।

उक्त सुन बेचेर आएको रकमबाट बस्नेत दाजुभाइ तथा उनीहरुका भिनाजु गोपाल सुवेदीले अमृत कार्कीको नाममा भक्तपुरमा जग्गासमेत किनेको पाइएको छ। जसकारण कार्कीलाई पनि प्रतिवादी बनाइएको छ। अर्का प्रतिवादी तथा भन्सारका पूर्व सुरक्षा गार्डले निर्मलकुमार विकले मुद्दामा शाखामा रहेको सुटेकेश गोदाममा पुर्‍याउने काम गरेका थिए। सो क्रममा सुटकेशबाट भेप्स भुइँमा खसेको थियो। उक्त भेप्स विकले आफ्नो खल्तीमा हालेका थिए। पछि तान्न खोज्दा धुवाँ नआएपछि फुटाएर हेर्दा सुन देखेपछि सिक्री बनाएर लगाएको खुलेको छ। जसकारण विकलाई प्रतिवादी बनाइएको सीआईबीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्