Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

सुदूरपश्चिम प्रदेशमा माग अनुरूप उपलब्ध छैन दूध, मासु र अण्डा

64x64
शेरबहादुर ऐर बुधबार, असोज १७, २०८०  २१:४२
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले दूध, माछा, मासु र अण्डाको उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ। तर तथ्याङ्कले प्रदेशमा माछा मासु, दूध र अण्डाको उत्पादन घटेको देखाएको छ। प्रदेश सरकारले प्रदेशलाई दूध, माछा, मासु र अण्डामा आत्मनिर्भर बनाउने लक्ष्य लिए पनि आर्थिक वर्ष २०७९/८० को तथ्यांक हेर्दा माग अनुरूप आपूर्ति नै हुन सकेको छैन।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठनले तोकेको प्रतिव्यक्ति प्रतिवर्ष आवश्यक दूध, मासु र अण्डाको कोटा सुदूरपश्चिम प्रदेशमा अपुग रहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ मानव जीवनका लागि प्रत्येक व्यक्तिलाई प्रत्येक वर्ष ९१ लिटर दूध, ४८ गोटा अण्डा र १४ केजी मासु आवश्यक हुन्छ। प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेशमा दूध, मासु तथा अण्डाको आपूर्ति भने निकै कम रहेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा प्रतिव्यक्ति प्रतिवर्ष सरदर ८० दशमलब ७२ लिटर दूध, १० दशमलब ६८ किलो मासु र ३० दशमलब ४१ गोटा अण्डा आपूर्ति भइरहेको छ। प्रदेशमा दूध, मासु र अण्डामा क्रमशः १० दशमलब २८ लिटर, तीन दशमलव ३२ किलो र १७ दशमलब ५९ गोटा अपुग रहेको छ।

आर्थिक वर्ष २०७४/०७५ मा प्रदेशमा प्रतिव्यक्ति प्रति वर्ष सरदर ८१ लिटर दूध, ११ दशमलव ५ किलो मासु र १८ गोटा अण्डा आपूर्ति भइरहेको थियो।  प्रदेशमा दूध, मासु र अण्डामा क्रमशः १० लिटर, २ दशमलव ५ किलो र ३० गोटा अण्डा अपुग रहेको सो समयको तथ्याङ्कमा उल्लेख थियो। प्रदेशमा दूध, माछा र मासुको उत्पादन मागभन्दा घटेको देखिए पनि अण्डामा पनि विगतको तुलनामा सुधार हुन सकेको छैन।

मन्त्रालयले ५ वर्षमा दूध, मासु र अण्डाको उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको थियो। मन्त्रालयले प्रदेशलाई आत्मनिर्भर बनाउन दूधमा ३० हजार ४८६ मेट्रिक टन उत्पादन वृद्धि गरि ५ वर्षमा २ लाख ६० हजार ४८६ मेट्रिक टन, मासुमा ५ हजार ८४१ मेट्रिक टन वृद्धि गरि ३४ हजार ९२८ मेट्रिक टन र अण्डामा १९ हजार ६२३ गोटा वृद्धि गरि ५ वर्षमा ६१ हजार ८७० गोटा पुर्‍याउने लक्ष्य लिएको छ।

त्यस्तै, माछाको उत्पादन २ हजार १२८ मेट्रिक टनबाट ४ हजार मेट्रिक टन पुर्‍याउने तथा पशुपंक्षी क्षेत्रवाट ५ वर्षको अवधिमा थप १ लाख १५ हजार प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ।

पशुपंक्षी विकास निर्देशनालय दीपायलका अनुसार प्रदेशमा आर्थिक वर्ष २०७९/०८० मा २ लाख ४४ हजार मेट्रिक टन दूध, ३१ हजार मेट्रिक टन मासु र ९ करोड १ लाख गोटा अण्डा प्रदेशमा उत्पादन भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेशमा गाइपालन घट्दै गए पनि भैंसी, भेडा, बाख्रा, बंगुर, कुखुरा तथा हाँस लगायतका पशुपंक्षी पालनमा क्रमश वृद्धि हुँदै गएको छ। प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ मा १० लाख ५ हजार ८४५ गाई रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा घटेर ९ लाख ९७ हजार ३४५ रहेको थियो भने आर्थिक वर्ष २०७९/०८० मा नौ लाख ८९ हजार ८४५ पुगेको छ।

प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा भैंसीको संख्या ५ लाख १५ हजार, भेडाको संख्या ९९ हजार, बाख्रा १० लाख ७३ हजार, बंगुर ५७ हजार ६००, कुखुरा २९ लाख ८३ हजार र हाँस १२ हजार ८०० पुगेको निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा पशुमा देखिएको लम्पी स्किनका कारण पशुको संख्या घटेको अनुमान गरिएको छ। गत आर्थिक वर्षमा लम्पीस्किनका कारण २५ हजार ६०१ पशु मरेका निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

प्रदेशमा दूध, माछा मासु तथा अण्डामा प्रदेशलाई आत्मनिर्भर बनाउन मन्त्रालयले लक्ष्य लिइ कार्यनीति तयार गरेको छ। सो कार्यनीतिमा पशुपंक्षी पालनमा आधुनिक प्रविधिको प्रयोग गरी व्यवसायिक र प्रतिस्पर्धी बनाइ अन्य प्रदेशमा निर्यात गर्ने उल्लेख छ।

Xtrem

Xtrem

मन्त्रालयले असल पशुपालन पद्धति अभ्यास अवलम्वन गरी मानव स्वास्थ्यमा पर्ने नकारात्मक असरहरूलाई न्यूनीकरण गर्ने, ज्ञानमा आधारित व्यवसायिक पशुपालन गराउनका लागि कृषकहरूलाई स्वदेश र वैदेशिक तालिमको व्यवस्था गर्ने र कृषि विषय पढेका युवाहरूलाई पशुपालनमा संलग्न हुन प्रोत्साहन गरिने, पशुपालनसम्बन्धी कृषकहरूको ज्ञान र क्षमतामा वृद्धि गर्न पशुसेवा तालिम केन्द्रलाई सुदृढ गरी मागमा आधारित तालिमहरू संचालन गरिने जस्ता कार्यक्रम तय गरेको छ। 

व्यवसायिक पशुपालन सिकाइस्थल तयार गर्न सरकारी र निजी साझेदारीमा नमूना पशु फार्महरू संचालन गरिने, पशुजन्य उत्पादनको लागत घटाउन पशुपालनमा यन्त्रीकरण गर्न अनुदान सहयोग प्रदान गरिने, व्यवसायिक पशुपालनका लागि आवश्यक स्रोतहरू जुटाउन सरकारी निजी क्षेत्र साझेदारी अवधारणा अनुसार कार्य गरिने र यस प्रदेशबाट अन्य प्रदेशहरूमा निर्यात गर्ने गरी उन्नत जातका पशु नश्लका स्रोत केन्द्रहरू सरकारी निजी साझेदारीमा संचालन गरिने पनि मन्त्रालयको कार्यक्रम छ। 

त्यस्तै, पशुजन्य उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि स्रोतको उपलब्धता अनुसार गाई, भैसी बंगुर र बाख्राको कृत्रिम गर्भाधान तथा कृत्रिम गर्भाधान सेवा पुग्न नसक्ने स्थानमा प्राकृतिक गर्भाधान सेवा विस्तार गरी उन्नत नश्लका पशुहरूको संख्यामा वृद्धि गरिने, निजी तथा सहकारी क्षेत्रद्वारा सञ्चालन गर्ने गरी प्रदेश भित्रका सबै जिल्लामा आवश्यकताअनुसार पशुपंक्षीका स्रोत केन्द्रहरू विकास गर्दै लगिने लगायतका बुँदाहरू कार्यनीतिमा समेटिएका छन्।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  २१:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने बिहीबार, असोज २२, २०८३
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्