• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

खाद्य सुरक्षा : चुनौतीबीचको सम्भावना

मनोबल श्रेष्ठ मंगलबार, असोज १६, २०८०  १२:३६
1140x725

खाद्य सुरक्षा तथा आपूर्तिका चुनौतीहरु हरेक वर्ष बढ्दो छ। यो वास्तविकता खाद्य सुरक्षाका विज्ञ र सार्वजनिक सरोकारवाला मात्रको चासो र चिन्ता रहेन। उत्पादनमा ह्रास र खाद्य आपूर्तिको बढ्दो परनिर्भरता आम समुदायको चिन्ता र चासोको विषय बन्न पुगेको छ। 

खाद्य सुरक्षाका चुनौतीहरु आकस्मिक र पाँच/सात वर्षदेखि मात्र सुरु भएको भने होइन। खाद्य सुरक्षाका चुनौतीहरु सरकारको नीतिगत निर्णयको कारणबाट र पर्यावरणमा आएको व्यापक फेरबदल तथा न्यून उत्पादनको कारण भएको भनिन्छ। विकराल अवस्थामा पुगेको खाद्य सुरक्षाको चुनौतीको सामना गर्न सकिन्छ तर त्यसको लागि सबैभन्दा जरुरी हुन्छ, समस्याहरुको जरो पत्ता लगाउनु र त्यसै अनुरुप समाधान गर्न नीतिगत निर्णयको सुधार र कार्यन्वयनमा प्रभावकारी पहलकदमी लिनु।

दोस्रो चुनौती- नगर/शहरहरुमा अनुत्पादित क्षेत्रमा ओइरिएका ग्रामीण बेरोजगार युवा र वैदेशिक रोजगारीका लागि दैनिक हजारौँ संख्यामा विदेशिने श्रमशक्तिको कारण उत्पादन र पुनर्उत्पादन निरन्तर घट्नु हो। युवाले कृषि पेसा-व्यवसायमा भविष्य किन देख्न सकेनन्। कृषिको यान्त्रीककरण-आधुनिकीकरण जे भने पनि कृषि व्यवसाय सफल हुन सकिरहेको छैन। अहिले पनि कृषि पेसा गुजारामुखी अर्थ-अवस्थामा रहेको कारण खाद्य आपूर्ति परनिर्भरतामुखी हुन बाध्यकारी छ। 

तेस्रो चुनौती- कृषि सामग्रीहरुमा (मल, बिउ, यान्त्रीकरण,  प्रविधि र औषधि विषादी आदि) वैदेशिक परनिर्भरता हुनु हो। कृषकको न्यून उत्पादकत्व, उत्पादित वस्तुको बजारको अनिश्चितता आदिको कारण कृषि व्यवसाय, कृषि उद्योग र कृषि बजार संकटग्रस्त अवस्थामा छ। विद्यमान समस्याको कारण कृषि पेस व्यावसायिक रुपले आकर्षित हुन नसक्दा पनि उत्पादन ओरालो लाग्दैछ। 

चौथो चुनौती- खाद्य सुरक्षासँग जनस्वास्थ्यको सरोकार अभिन्न रुपले जोडिएका छन्। तर आयातित अखाद्य उपभोग्य सामग्रीहरुले जनजीवनको स्वास्थ्यमा विकराल समस्या पारिँदैछ। 

पाँचौं चुनौती- जलवायु परिवर्तन र पर्यावरणमा आएको संकटले गुजारामुखी कृषि उत्पादनमा पनि वर्षेनी चुनौती थपिँदैछ। 

खाद्य सुरक्षाका यी प्रमुख चुनौतीहरु सामना गर्न नेपाल खाद्य सुरक्षा नीति र कार्यक्रम बन्न अत्यावश्यक छ। मुलुक तथा सार्वजनिक संस्थानका सामुन्ने खाद्य असुरक्षाका विद्यमान यथास्थितिलाई क्रमभंग गर्ने गरी तत्कालै रणनीतिक र तत्कालिक विशिष्ट कार्यक्रम अबलम्वन गर्नुपर्नेछ। 

खाद्य सुरक्षाका उपरोक्त चुनौतीपूर्ण संकटको सामना गर्न आन्तरिक उत्पादन र आपूर्तिमा ‘अन्तर निर्भरता’ मा भर पर्नु पहिलो सर्त हो। यसको लागि जनताका उत्पादकत्वको विकास, उत्पादनमुखी रोजगारीमा प्रोत्साहन गरेर नै खाद्य सुरक्षा एवं आपूर्तिको प्रत्याभूति तथा सुनिश्चितता गर्न सकिनेछ। आन्तरिक उत्पादनको आधार मजबुत बनाएर नै खाद्य सुरक्षा सुनिश्चित गर्न सकिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कृषक समुदायलाई उत्पादकत्व बढाउन खेतीको लागि पर्याप्त जमिनको उपलब्धता गर्न गराउनु पर्नेछ। सिँचाइ, विद्युत सडक, चिस्यानघर, राहत कृषि प्राविधिक तालिम र शिक्षालय आदिको सामुहिक र समुदायिक व्यवस्थापन गर्न आवश्यक छ। 

खाद्य-उत्पादक सहकारीको स्थापना साथै उत्पादित खाद्य वस्तुको बिक्री व्यवस्था गर्ने कृषि उद्योग र कृषि बजार व्यवसायको सहकार्य र साझेदारीमा ‘अन्तर-निर्भर एकीकृत परियोजना’ कार्यक्रममा नेपाल खाद्य संस्थानको महत्वपूर्ण सहयोगी भूमिका हुन्छ र तदनुरुपको कार्ययोजना तर्जुमा गर्न सकिन्छ। 

पहिलो कार्य- खाद्य सुरक्षा एकीकृत परियोजना अन्तर्गत आन्तरिक उत्पादनबाट आपूर्ति बढाउँदै कृषक समुदायबाट उत्पादित खाद्य वस्तु (सबैथरीका) खरिद सुनिश्चित गर्नुपर्नेछ। 

सिधा रुपले हेर्दा उत्पादनको ह्रासको कारण आयात बढेको देखिन्छ। परन्तु उत्पादनपछिको मुख्य चुनौती उत्पादित वस्तुको मूल्य निर्धारण र बजार व्यवस्थापन हो। निश्चित रुपमा दुई ठूला छिमेकीसँग खुला व्यापारको अपार घाटामा चल्नुपर्ने बाध्यताबीच स्वदेशी वस्तुको प्रतिस्पर्धा गर्नु सहज भने पक्कै छैन। यसको लागि राज्य संरक्षित उत्पादन र अन्तर-निर्भर बजार प्रतिस्पर्धाको नीति लिनु पर्नेछ। अन्यथा खाद्य सुरक्षाको व्यवस्था अधुरै रहन सक्छ। यसर्थ सार्वजनिक संस्थाहरुले उपरोक्त विषयमा ध्यान पुर्‍याउनु पर्नेछ:

-मल, बिउ, औजार, यान्त्रीकरण र कृषि सामग्री आपूर्तिमा गुणात्मक लगानी बढाउँदै अन्य सार्वजनिक संस्थान तथा नीजि क्षेत्रसँग सहकार्य गरेर आपूर्ति बढाउनु, 

- लक्षित उत्पादन योजना र उत्पादित सबैथरीका अन्न, फलफूल, तरकारी, जडिबुटी र मासु तथा दुग्धजन्य खाद्य वस्तुको खरिदारी संस्थानको निर्धारित लक्ष्य अनुसार खरिद गर्न सकिन्छ। 

-कृषि उधोग र कृषि बजारको अभिवृद्धि र कृषि बजार व्यवस्थापनलाई उच्च प्राथमिकतामा लगानी बढाउन सकिन्छ। 

- आन्तरिक उत्पादित खाद्य वस्तुको आपूर्तिलाई खाद्य सुरक्षाको प्रमुख आधार मानी संस्थानका सम्पूर्ण आर्थिक क्षमता र भौतिक पूर्वधार लगायत सम्पूर्ण स्रोतलाई चलायमान गरी लगानी, परिचालन तथा व्यवस्थापन,

-संस्थानलाई स्थिर नेतृत्व र स्वायत संस्थानको रुपमा स्थापित गर्न आवश्यक सबै पहलकदमी,

-संस्थानको कार्यक्षमता बढाउँदै प्रतिस्पर्धात्मक विधिबाट बित्तीय, व्यावसायिक, अनुभवी र दक्ष कर्मचारीहरु आवश्यकता अनुरुप थप गर्दै जाने,

- निजी क्षेत्र र समुदायिक व्यवसायीहरुसँग ‘अन्तर निर्भर एकीकृत परियोजना’ मा कृषि उत्पादन,  कृषि उद्योग र कृषि बजार व्यवस्थापनमा साझेदारी र सहकार्य,

-बिपन्न परिवार, दुर्गम क्षेत्र र प्राकृतिक प्रकोपमा परेकाहरुलाई राहत कार्डको आधारमा परिवार संख्या पोषण अनुसार सहुलियत खाद्य आपूर्ति,

-सबै प्रदेश, नगर तथा पालिकाहरुमा निजी क्षेत्र उत्पादन सहकारी वा सबै पालिकाहरुसँगको सहकार्य साझेदारी वा समन्वयमा खाद्य बजार क्रमिक रुपले स्थापना गर्ने निजी क्षेत्रसँग सहकार्य गरी आपूर्ति र वितरण व्यवस्थित गर्ने,

- खाद्य खरिद केन्द्र भण्डारण/डिपो सबै पालिकाहरुमा क्रमिक रुपले स्थापना गर्ने,

- संस्थानको स्वामित्व रहेको जमिन खाद्य उत्पादन, भण्डारण,  उद्योग र कृषि बजार व्यवस्थाको लागि प्राथमिकता अनुरुप भू-उपयोग गर्ने,

- संस्थानको कार्यक्षमता बढाउन थप कार्ययोजना बनाउने र प्रतिस्पर्धात्मक विधिबाट वित्तीय व्यावसायिक, अनुभवी र दक्ष कर्मचारीहरु आवश्यकता अनुरुप थप गर्दै जाने,

- संस्थानको कार्यक्षमता र खाद्य सुरक्षाको प्रमुख भूमिका पूरा गर्न संस्थानको गुणात्मक आर्थिक क्षमता विकास गर्न संस्थानलाई गुणात्मक रुपले नाफामा लैजान अपरिहार्य छ। संस्थानलाई स्वायत्त र सक्षम संस्थाको रुपमा उठाउन पनि आर्थिक रुपले आत्मनिर्भर हुन जरुरी छ। 

- संस्थानको विद्यमान आर्थिक स्रोत र आधारलाई समुचित परिचालन र व्यवस्थापन गर्न तथा संस्थान र राष्ट्रकै महत्वपूर्ण जिम्मेवारी बहन गर्न सक्ने तथा तदअनुरुपको नेतृत्व र व्यवस्थापकीय भूमिका अनिवार्य छ।

- अत्यावश्यक खाद्य जस्तै: नुन आयोडिनयुक्त, पेट्रोलियम पदार्थ जस्तै: वस्तु सामाग्री बाहेक अन्य खाद्य आपूर्ति गर्न संस्थानले सम्पूर्ण रुपले कार्यक्रममा बनाउने विषय पनि खाद्य सुरक्षाको चुनौती भित्र भएकाले यसबारे  गम्भीरतापूर्वक ध्यान पुर्यामउन आवश्यक छ।
 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति?
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
प्रतिनिधिसभाको बैठक बस्दै
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्