• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्राध्यापक झाको नजरमा प्रधानमन्त्रीको चीन भ्रमण– सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ

64x64
रासस सोमबार, असोज १५, २०८०  १०:१५
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भ्रमणमा भएका द्विपक्षीय सम्झौता एवं समझदारीको कार्यान्वयनको पर्खाइमा रहेका चीनस्थित एकजना नेपाली प्राध्यापक राजीवकुमार झाले बताएका छन्। 

‘प्रधानमन्त्री दाहालको हालैको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच भएका सम्झौता एवं समझदारीका साथै संयुक्त प्रेस वक्तव्यमा आएका साझा प्रतिबद्धता नेपालको हित र विकासका पक्षमा छन्, राम्रा छन्। तर विगतमा भएका यस्तै सम्झौताको पनि कार्यान्वयन हुन नसकिरहेकाले चीन यी सम्झौताको कार्यान्वयनको पर्खाइमा रहेको छ,’ प्रा डा झाको टिप्पणी छ। 

यो भ्रमणका क्रममा भएको ‘क्रस बोर्डर रेलवे’ सम्झौता नेपालका लागि महत्वपूर्ण रहेको उनको भनाइ छ। उनले भने, ‘नेपाल–चीन क्रस बोर्डर रेलवे निर्माण हुन सक्यो भने बेइजिङको समृद्धि काठमाडौं पुग्न समय लाग्दैन। यहाँका पर्यटक हुन या सामान, चीनको जुनसुकै स्थानबाट पनि पाँचदेखि छ दिनमा नेपाल पुग्न सक्छ। हाम्रोजस्तो भूपरिवेष्टित देश हवाईमार्गमा मात्र जोडिएर हुँदैन, रेल मार्गमा जोडिन सक्यो भने नेपालका लागि सबैभन्दा ठूलो फाइदा यही हुनेछ। चिनियाँ नेपालमा रेल मार्ग पु¥याउन चाहन्छन्, तर त्यसको कूटनीतिक लबिङ गर्ने हामीले हो,’ झा भन्छन्। 

रेल मार्गले नेपाललाई जोड्ने विषयमा विगतदेखि नै दुई देशका बीचमा सहमति र सम्झौता भएको स्मरण गर्दै उनले यसबाट नेपालमा पर्यटकीय क्षेत्रको विकासमा थप टेवा पुग्ने बताए। नेपालले यदि चीनको समृद्धिबाट लाभ लिन चाहन्छ भने सबैभन्दा भरपर्दो बाटो रेल मार्ग नै भएको उनको भनाइ छ। झा भन्छन्, ‘अहिले चीनसँग हाम्रो व्यापार घाटा धेरै छ। हाम्रो निकासी नगण्य छ, तर आयात बढी छ। यसलाई विस्थापित गरी चीनतर्फ सामान निर्यात गर्ने मार्ग पनि भोलि रेल मार्ग नै हुनेछ। हालैको सम्झौतामा चीनले कतिपय कृषिजन्य उपज एवं पशुपालनमा सहयोगको वाचा गरेको छ। त्यस्तै औद्योगिक पार्क निर्माण हुँदैछ। यी सम्झौताबमोजिम भोलि उत्पादन भएमा त्यसको निकासी चीनतर्फ नै हुने हो र यसका लागि आवश्यक भनेको पनि रेल मार्ग नै हो।’

प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा पछिल्लो पटक भएको अर्को सम्झौतामा नेपालको परम्परागत एवं आयुर्वेदिक चिकित्सा पद्धतिको अनुसन्धान गरी त्यसको प्रवर्द्धन गर्नेसँग सम्बन्धित छ। खासमा नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने औषधीय मूल्य भएका जडीबुटीको अनुसन्धान चीनले गर्ने र यस क्षेत्रमा आवश्यक सहयोग उपलब्ध गराउने बताएको छ। यस सम्झौताको उद्देश्य नेपालका कर्णालीलगायतका हिमाली क्षेत्रमा पाइने जडीबुटीको अनुसन्धान गरी औषधि निर्माण गर्ने भन्ने हो। 

अहिले पनि नेपालबाट जडीबुटी निकासी हुने गरेकै छ। तर पनि ती जडीबुटीको उचित मूल्य प्राप्त हुन सकेको छैन। चीनको साङ्सी प्रान्तस्थित सियानमा अवस्थित सियान युनिभर्सिटी अफ मेडिकल साइन्सेसमा दुई दशकभन्दा लामो समयदेखि प्राध्यापनरत प्रा डा झा भन्छन्, ‘यस्तो अवस्था छ कि नेपालबाट बहुमूल्य जडीबुटी गुन्द्रुकको भाउमा विदेश निकासी गरिन्छ। धेरै त चोरी निकासी या अवैध रुपमा पनि बाहिरिने गरेको छ। तिनै जडीबुटीबाट बनेका औषधि पछि नेपालले महँगो मूल्यमा किन्ने गर्दछ।’ 

नेपालको हिमाली एवं उच्च पहाडी क्षेत्रका जडीबुटीलाई चीनले निकै महत्त्व दिने गरेको उनको भनाइ छ। नेपालका यस्ता स्थानमा पाइने जडीबुटी सफा र स्वच्छ हुने भएकाले पनि चीनले यो परियोजनालाई अघि सारेको हो। यसबाट नेपालमा औषधीय मूल्य भएका जडीबुटी पत्ता लाग्ने मात्र नभएर सरकारले पनि यसको निकासीबाट उचित मूल्य पाउने झा बताउँछन्। त्यस्तै यी जडीबुटी सङ्कलनका लागि यहाँका स्थानीयले पनि रोजगारी प्राप्त गर्नसक्ने अर्को फाइदा रहेको उनी बताउँछन्। 

प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा भएको अर्को सहमति औद्योगिक पार्क निर्माण गर्ने भन्ने छ। यो पार्कबाट दुवै देशलाई फाइदा रहेको र अझ बढी नेपाललाई  हुने झा बताउँछन्। जस्तो कि यस्तो पार्कमा दुई देशले आफ्ना खाँचोका कुरा उत्पादन गर्छन् र बढी भएको निकासी पैठारी गर्छन्। नेपालमा यस्तो पार्क स्थापना हुँदा त्यहाँ दक्ष जनशक्ति पनि उत्पादन हुने र चीनले आफ्ना खाँचोका वस्तुको उत्पादन गर्ने भएकाले नेपालले निर्यात व्यापारको मात्रा बढाउन सक्छ। अर्को कुरा सो क्षेत्रमा दक्ष जनशक्ति पनि हुने भएकाले यसले देशभित्रै दक्ष जनशक्तिको उत्पादन पनि योगदान पुग्ने झाको भनाइ छ। 

Ncell 2
Ncell 2

झाले कम्बोडियामा पनि चीन सरकारले दुई वटा औद्योगिक पार्क निर्माण गरिदिएको उदाहरण पेस गर्दै भने, ‘वास्तवमा यस्तो पार्क निर्माण भएपछि नै कम्बोडियाको अर्थतन्त्र  बलियो भएको हो। मलाई लाग्छ यो सम्झौताको कार्यान्वयनमा जोड दियौँ भने यसले हामीलाई पनि त्यस्तै फाइदा गर्दछ।’ 

चीन नेपाल सम्बन्धलाई विगत दुई दशकभन्दा लामो समयदेखि नजिकबाट नियालिरहेका प्राध्यापक झाले प्रधानमन्त्री दाहालको भ्रमणमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने सहमति गर्नु अर्को उपलब्धि भएको बताए। ‘अबको विकास विज्ञान प्रविधिबाट मात्र सम्भव छ। विकास केलाइ भन्ने ? अहिले चीनका कैयौँ रेस्टुराँमा रोबोटले खाना पकाउने, ‘सर्भ’ गर्ने गर्न थालिसके। यस्तै खालका प्रविधिको विकासबाट चीनले श्रम गर्ने जनशक्ति पनि घटाउँदैछ। त्यसैले अब विकास भनेको बाटो, पानी, बिजुलीमात्र नभएर विज्ञान प्रविधि एवं सूचना प्रविधि हो। हामी पनि आइटीमा भर्खरै प्रवेश गर्दैछौँ। भोलिका दिनमा यो विश्वविद्यालयमा उत्पादन हुने प्राविधिक जनशक्तिले देशको मुहार फेर्न सक्नेछ। अब हामीलाई सूचना र विज्ञान प्रविधिमा केन्द्रित विश्वविद्यालयकै खाँचो छ,’ झा भन्छन्। 

चिनियाँ पक्ष नेपाललाई सहयोग गर्न तयार रहेको झा बताउँछन्। तर पनि आफ्नो सबै विकास अर्को कुनै देशले गरिदेला भन्ने आशा नेपालले पनि गर्न नहुने उनको धारणा छ। 

‘चीनले नेपाललाई परियोजना दिने हो, ती परियोजनामार्फत हामीले उनीहरुको समृद्धि र विकासबाट लाभ लिने हो। त्यसैले देशको विकास गर्ने र चीनले अनुदान या सहयोगमा गरिदिएका परियोजना समयमै सम्पन्न गर्ने या कार्यान्वयनमा ल्याउने जिम्मेवारी नेपालको छ,’ झा भन्छन्। 

चिनियाँले सधैँ यसअघि गरेका सहमति तथा सम्झौतालाई पछि फर्केर हेर्ने उनी बताउँछन्। नेपालसँग मात्र नभएर आफ्नो कूटनीतिक सम्बन्ध रहेका या सहयोग उपलब्ध गराएका सबै देशसँग नै उनीहरुको यस्तै अपेक्षा हुने झाको भनाइ छ। 

‘जस्तो कि सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल गएका बेला गरिएका कतिपय सम्झौताका परियोजना पनि कार्यान्वयन तहमा आउन नसकेको भन्दै यसपटक गरेका सहमति र सम्झौता चाँडै कार्यान्वयनमा आउने वातावरण नेपाल सरकारले नै बनाउनुपर्ने हुन्छ। उनीहरु नेपालले ६ वर्षअघि हस्ताक्षर गरेको बीआरआई परियोजनाको प्रगति हेर्न चाहेका छन्। यसपटक पनि संयुक्त प्रेस वक्तव्यमा परेकाले आगामी दिनमा योसँगै अन्य सहमति एवं सम्झौताको कार्यान्वयन पर्खिने उनीहरुको बानी छ,’ प्रा डा झाको भनाइ छ। 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो रास्वपाले अहिलेसम्म कतै पनि उम्मेदवारहरूको टुंगो लगाएको छैन । पार्टीले गठन गरेको सिफारिस समितिले उम्मेदवार सिफारिस गर्नै बाँकी छ । बुधबार, पुस ३०, २०८२
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी ‘अन्यत्न दु:खद । कांग्रेसलाई ठूलो क्षति । एक दिन मिल्नु नै छ । जुन विगतको अनुभव हामीसँग छ । तर, अथक प्रयास सफल हुन सकेन,’ उनले लेखेक... बुधबार, पुस ३०, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता यो काम सम्बन्धित सरकारी वकिलहरूमार्फत हुनेछ । लामिछानेमाथिको सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत् रहेको छ । बुधबार, पुस ३०, २०८२
ताजा समाचारसबै
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो बुधबार, पुस ३०, २०८२
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी बुधबार, पुस ३०, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता बुधबार, पुस ३०, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन थापाले भने : ‘म भरोसा दिलाउँछु, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ’ बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्