• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

सुदूरपश्चिम प्रदेश राजधानी: संरचना नबन्दै सार्ने चर्चा

64x64
शेरबहादुर ऐर आइतबार, असोज १४, २०८०  १६:२३
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशको राजधानीका तोकिएको पाँच वर्ष पुगिसकेको छ। प्रदेश सभाको १२ असोज २०७५ मा बसेको दोस्रो अधिवेशनको ४६ औं बैठकले कैलालीको गोदावरी नगरपालिका–२ र ४ क्षेत्रमा स्थायी राजधानी बनाउने निर्णय गरेको थियो। 

घना वन मासेर प्रदेश राजधानी बनाउन लागिएको भन्दै उक्त निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा पर्‍यो। अहिले त्यो मुद्दा विचाराधीन छ। माओवादी केन्द्रबाट निर्वाचित त्रिलोचन भट्ट मुख्यमन्त्री हुँदा स्थायी राजधानी घोषणा भएको थियो। अहिले कांग्रेसका कमलबहादुर शाहले नेतृत्व गरिरहेका छन्। 

पाँच वर्ष भइसक्दा पनि स्थायी राजधानीका लागि संरचना निर्माणले गति लिनुपर्नेमा वर्तमान मुख्यमन्त्री शाह स्वयं गोदावरीमा राजधानी हुनेमा संशय व्यक्त गरिरहेका छन्। प्रदेश भ्रमणका क्रममा उनले भने, ‘मैले गठबन्धनका दलहरूबीचमा छलफल सुरु गरिसकेको छु। गोदावरीमा राजधानी बनाउने दुई तिहाइको निर्णय पनि हो। विभिन्न कारणले त्यहाँ राजधानी बनाउने काम अघि बढ्न सकेको छैन, अब हामी वन मन्त्रालयदेखि सरोकारवाला मन्त्रालयलसँग अनुमति लिएर राजधानी बनाउने प्रक्रियामा अगाडि बढ्छौं।’

विकल्प खोज्ने सरकारको मनशाय
प्रदेश तथा प्रतिनिधि सभाको दोस्रो कार्यकालको निर्वाचनमा सुदूरपश्चिमको राजधानी चुनावी अजेण्डा बनेको थियो। प्रदेश सभाको निर्वाचन भइरहँदा उम्मेदवारहरुले प्रदेशको राजधानीलाई केन्द्रमा राखेर भोट मागेका थिए। कैलाली क्षेत्र नम्बर ४ प्रतिनिधि सभाका उम्मेदवार वीरबहादुर बलायर र प्रदेश सभाका उम्मेदवार प्रकाश बमले गोदावरीमा अलपत्र रहेको घोषित राजधानीमा भौतिक संरचना निर्माण गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

निर्वाचित भएपछि प्रतिनिधि सभा बैठकमा बलायरले प्रदेशको घोषित राजधानीलाई कार्यान्वयन गर्नुपर्ने माग गरेका थिए। यद्यपि, मुख्यमन्त्री कमलबहादुर शाहले सार्वजनिक मञ्चमै गोदावरीमा राजधानी बन्न नसक्ने बताए। मुख्यमन्त्रीले नै राजधानीबारे यस्तो धारणा राखेपछि यतिबेला राजधानी त्यहिँ बन्ने कि सर्ने भन्ने बहस सतहमा आएको छ। वनसम्बन्धी मुद्दा र संघीय सरकारले सहयोग नगर्दा घोषित राजधानी अहिलेसम्म कार्यान्वयनमा लैजान नसकिएको उनको भनाइ थियो। अहिले गोदावरीकै अर्को क्षेत्रमा वा धनगढीमै राजधानी बनाउने भन्ने विकल्पका बारेमा पनि छलफल चलिरहेको छ। 

Ncell 2
Ncell 2

राजधानी तोकिएको क्षेत्रको जग्गा प्रदेश सरकारले आफ्नो नाममा ल्याउन सकेन
तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वमा ५ फागुन २०७४ मा सुदूरपश्चिम प्रदेश सरकार गठन भएको थियो। सो अवधिमा प्रदेश सरकारको देखिने गरी भएको उपलब्धिमध्ये प्रदेशको नामकरण र राजधानी तोक्ने काम नै हो। त्यो पनि अलपत्र अर्थात् कागजमै सीमित बन्न पुग्यो। 

प्रदेश राजधानी कहाँ बनाउने भन्ने रस्साकस्सीबीच गोदावरीमा तोकेको सरकारले अहिलेसम्म जमिनसमेत प्रदेश सरकारको नाममा बनाउन सकेको छैन। तेघरी वन फाँडेर प्रदेश राजधानी निर्माण गर्ने सरकारको प्रस्ताव प्रदेश सभाबाट पारित हुँदा पनि चर्को विरोध भएको थियो।

प्रदेश राजधानीका लागि तत्कालीन अवस्थामा डोटी र कैलालीमा आन्दोलनसमेत भएको थियो। घना वन क्षेत्र मासेर प्रदेश राजधानी बनाउने निर्णयविरुद्धको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ।

प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले स्थायी राजधानी निर्माणमा संघीय सरकार बाधक बनेको भन्दै उम्किने गरेका छन्। गोदावरीलाई प्रदेशको स्थायी राजधानी तोकिएपछि निकै खुसी भएका गोदावरी नगरवासी राजधानी तोकिएको चार वर्षसम्म कुनै पनि प्रक्रिया अगाडि नबढ्दा निराश छन्। अहिले मुख्यमन्त्री शाहले राजधानी सार्नुपर्ने आशय व्यक्त गर्दा उनीहरु थप आक्रोशित छन्।

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका अत्तरियाका व्यवसायी अशोक देवकोटाले भने, ‘गोदावरीलाई स्थायी राजधानी बनाउने सरकारी निर्णयबाट स्थानीय निक्कै हौसिएका थिए। तर कार्यान्वयनमा नजाँदै फेरि सार्ने चर्चा हुनु उपयुक्त होइन। अहिलेसम्म यस ठाउँमा राजधानीको कुनै प्रक्रिया अगाडि बढेको थिएन। थप सार्ने चर्चा बढेको छ।’

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १६:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुल... बिहीबार, पुस १७, २०८२
अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रु ३१ कर... शनिबार, मंसिर २०, २०८२
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
दार्चुला पुगे बालेन, समर्थकको घुइँचो बुधबार, माघ १४, २०८२
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार बुधबार, माघ १४, २०८२
सर्लाहीबाट गगनले भने- मधेशको जेठो छोरा कांग्रेस भएकाले सेवा गर्न म झरेँ बुधबार, माघ १४, २०८२
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्