• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २१, २०८३ Thu, Aug 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बागलुङेको भान्सामा म्याग्दीको निउरो

64x64
रासस शुक्रबार, असोज १२, २०८०  १४:४६
1140x725

गलकोट– निउरो यतिबेलाको मौसममा प्रायःको भान्सामा पाक्ने गर्दछ। बागलुङेको भान्सामा भने म्याग्दीको निउरो पाक्ने गरेको छ। लेकाली निउरो स्वादिष्ट हुने भएकाले म्याग्दीको निउरोको माग बागलुङमा उच्च छ।

बागलुङ बजारका तरकारी व्यापारी शङ्कर रेग्मीले लेकाली निउरोको व्यापार तीन वर्षदेखि गर्न थालेको बताए। सिजनमा उनले लाखौँको निउरोको कारोबार गर्दै आएका छन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाको जङ्गलमा पाइने निउरो म्याग्दी सदरमुकाम बेनीबजार पुगेर निउरो सङ्कलनकर्ताबाट खरिद गरी बागलुङ ल्याउने गरेको उनले बताए। उनका अनुसार जिल्लाका जङ्गलमा निउरो उत्पादन खासै नभएकाले यहाँ निउरोको माग उच्च हुने गर्दछ। जिल्लामा दोवको निउरोको उच्च माग भएकाले निउरोको व्यापार गर्न थालेको रेग्मीको भनाइ थियो।
 
निउरोको सिजन भएकाले अहिले अन्य तरकारीभन्दा व्यापार बढी हुने गरेको उनले बताए। ‘अघिल्लो दिनमा दोवाको जङ्गलमा निउरो सङ्कलन हुन्छ, त्यही मुठा पारिन्छ, भोलिपल्ट बिहानमात्रै बेनीबजार आउँछ, बेनीबाट सोझै बागलुङ ल्याउने व्यवस्था म आफैँ गर्दछु’, रेग्मीले भने, ‘यो सिजनको व्यापार हो, साविक धवलागिरिका अन्य जिल्लामा भन्दा बागलुङमा नै बढी निउरो खपत हुने गरेको छ। अहिले चितवनलगायतका जिल्लाबाट समेत बागलुङमा निउरो आयात भइरहेको छ। तर लेकाली निउरो निकै स्वादिष्ट भएकाले दोवाको निउरोको माग उच्च छ।’

nimb
nimb
Ncell 2
Ncell 2

रेग्मीले होलसेल मूल्यमा बागलुङ बजारका एक दर्जन तरकारी व्यापारीलाई दोवाको निउरो बिक्री गर्दै आएका छन्। अहिले दोवाको निउरो होलसेल प्रतिमुठा रू ६५ र खुद्रा प्रतिमुठा रू ८० मा बिक्री हुँदै आएको उनले बताए। दोवाको निउरो बिहानै तरकारी पसलमा खरिद गर्न नगए नपाइने अवस्था सिर्जना भएको रेग्मीको भनाइ थियो।

तीन वर्षयता निउरो खरिद गरेर त्यहाँका सङ्कलकलाई रू आठ लाख रकम भुक्तानी गरिसकेको उनले जानकारी दिए। रेग्मीले अन्नपूर्ण गाउँपालिका–१ दोवा गाउँका स्थानीय मायाकुमारी पुन र शर्मिला पुर्जासहित स्थानीय महिलाद्वारा सङ्कलित निउरोको बजारीकरण गर्दै आएका छन्।

अन्नपूर्ण गाउँपालिका–१ दोवाका मायाकुमारी पुनले जङ्गलमा पाइने निउरो सङ्कलन गरेर जीविकोपार्जन गर्दै आएको बताए। ‘म्याग्दीका धेरै स्थानमा निउरो पाइने भएकाले बेनीबजारमा निउरोको माग छैन। अहिले बागलुङ बजारमा माग उच्च छ’, उनले भने, ‘सिजनको व्यापार हो, निउरो सङ्कलन गर्न जङ्गलमा जानु कष्टकर नै छ, तर यहाँका महिलालाई परिवार पाल्न सहज भएको छ, निउरोको व्यापारले आयआर्जनमा सघाएको छ।’

दोवाको निउरो अन्य स्थानको भन्दा स्वादिष्ट भएकाले बागलुङमा माग बढी भएको भन्दै पुनले म्याग्दीमा बिक्री नगरी बागलुङ पठाउने गरेको बताए। अन्नपूर्ण–१ का निउरो सङ्कलनकर्ता शर्मिला पुर्जाले दोवाको निउरोको माग धान्न गाह्रो भएको बताए। ‘म्याग्दीमा निउरोको माग कम छ, बागलुङमा राम्रो मूल्य पाइन्छ, होलसेलमै प्रतिमुठा रू ६० सम्ममा बिक्री हुन्छ’, उनले भने, ‘दिनभरि जङ्गलमा टिपेको निउरो मुठा पारेर भोलिपल्ट मात्रै बेनीबजार पठाउने र बेनीबाट सोझै बागलुङ बजार पठाउँदै आएका छौँ। निउरो टिप्न जङ्गल प्रयोग गरेवापत केही राजस्व वन उपभोक्ता समितिलाई तिर्नेछौँ।’

एउटा मुठामा रू १० देखि १५ नाफामा उपभोक्तालाई बिक्री गरिरहेको पुर्जाको भनाइ थियो। निउरो सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको स्वास्थ्यकर्मी बताउँछन्। वनजङ्गलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादीको प्रयोग भएको हुँदैन। निउरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ‘ए’लगायतका पोषकतत्व पाइन्छ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १४:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
राष्ट्रिय कृषि नीति, २०८३ जारी बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त बुधबार, साउन २०, २०८३
बढ्यो सुनको भाउ बुधबार, साउन २०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
पहिराले नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सेवा अवरुद्ध बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आफन्तले बुझेनन् कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्रको शव, गृहमन्त्री अस्पताल जाँदै मंगलबार, साउन १९, २०८३
देशमा नेपाली सेना बाहेक अरू सेना स्वीकार्य छैन :  हर्कराज राई मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
तीजको रौनक थप्दै ‘एक एक जोड्दा दुई भाछ’ सार्वजनिक मंगलबार, साउन १९, २०८३
बढ्यो हवाई भाडा [सूचीसहित] मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्