Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

महङ्गी, काला बजारी र तस्करी नियन्त्रण गर्न सांसदहरुको माग

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, असोज ११, २०८०  ११:२६
1140x725

काठमाडौं– दशैं, तिहार, छठ लगायतका चाडपर्व नजिकिँदै गर्दा अस्वभाविक रुपमा महङ्गी, कालाबजारी र तस्करी बढेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। बजारमा दैनिक उपभोग्य चिनी, खाद्यान्न लगायतका वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि भएको सांसदहरुको भनाइ छ। 

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सांसदहरुले चाडपर्वको सम्मुखमा दैनिक उपभोग्य वस्तुको मूल्यसँगै काला बजारी र तस्करी बढेको भन्दै त्यसबारे सरकारले तत्काल अनुगमन गर्दै कारबाही गर्नुपर्नेमा जोड दिएका छन्। 

समितिको बैठकमा बोल्दै एमाले सांसद गोकुल बास्कोटाले भने,‘दशैंको बेलामा धेरै कुराको अभाव हुने गरेको छ। यही बेलामा मात्रै बजार अनुगमन र छापा मार्नुभन्दा सरकारले अरु बेलामा पनि यसलाई निरन्तरता दिनुपर्छ।’

सांसद बास्कोटाले मुलुकमा चिनी उत्पादन र बिक्री बितरण गर्ने व्यक्ति उही भएकाले सिन्डिकेट भएको आरोप लगाए। 
उखु किसानको समस्या वर्षेनी रहेको बताउँदै बास्कोटाले उनीहरुको समस्या समाधानका लागि उत्पादकहरूका लागि कार्डको व्यवस्था गर्नुपर्ने बताए। उनले बजारमा गुणस्तरहीन चिनी बिक्री वितरण भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। 

उनले समितिको बैठकमा आफैंले खल्तीमा बोकेर ल्याएको चिनीको ‘परीक्षण’ गर्दै हाल बजारमा गुणस्तरहीन चिनी बिक्री भइरहेको बताए। ‘म गुणस्तर मापदण्ड नाप्ने, परीक्षण गर्ने प्राविधिक त हैन। तर म चिनी परीक्षण गरेर देखाउन सक्छु। त्यो चिनी मैले यही समितिमै ल्याएको छु, यो कस्तो हुन्छ म देखाउँछु,’ बास्कोटाले भने। एउटा गिलासमा पानी भरेर चिनी घोलेका सांसद बास्कोटाले चिनी पुरै नघुली सेता कणहरु बाँकी रहेको देखाए। जसकारण उक्त चिनी गुणस्तरहीन भएको उनको भनाइ थियो।  
 
राप्रपा अध्यक्ष राजेन्द्र लिंङ्देनले चिनी लगायतका खाद्य पदार्थमा अस्वभाविक मूल्यवृद्धि भएकाले त्यसबारे सरकारले चासो देखाउनुपर्ने बताए। उनले भने,‘चिनी लगायतका खाद्य वस्तुको मूल्य बढिरहेको छ। यसबारे नियमित अनुगमन र छलफल हुनुपर्छ।’ फरक प्रसंगमा बोल्दै अध्यक्ष लिंङदेनले नेपाल दूरसञ्चारमा उपभोक्ता बढेको भए पनि त्यसको राजस्व घटेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले एमसीसीले दिएको अनुदानभन्दा ठूलो राजस्व खेर गइरहेका दाबी गरे। उनले भने,‘यसबारेका छलफल हुनुपर्छ। नियमन हुनुपर्छ, चुहावट रोकिनु पर्छ। यो विषयमा समिति नै प्रस्ट हुनुपर्छ।’ उनले यसबारे प्रविधि ठिक नभएको हो कि?भन्दै प्रश्न समेत गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले लेखा समितिमा यसअघि आएका उजुरी र सरकारलाई दिएका निर्देशनबारे पूर्नरावलोकन गर्नुपर्ने बताए। उनले भने, ‘विगतमा सार्वजनिक लेखा समितिमा आएका उजुरीमाथि छलफल गर्नुपर्छ। के कारणले निर्देशन पालना भएन? समस्याको प्राथमिकता कायम गर्नुपर्छ। महङ्गी, काला बजारी र तस्करी नियन्त्रणमा यस समितिले निर्णय गर्नुपर्छ।’

कांग्रेस सांसद अर्जुन नरसिंह केसीले नागरिकहरुलाई सहुलियतपूर्ण खाधान्न उपलब्ध गराउनु पर्ने बताए। उनले भने, ‘बजारमा हरेक वस्तुको मुल्यवृद्वि भइरहेको छ। कालाबजारी मौलाएको छ। सरकारले दशैं, तिहार लगायतका चाडपर्व लक्षित पसल खोल्नुपर्छ। सरकारले नागरिकहरुलाई सहुलियतपूर्ण रूपमा खाद्य वस्तु पुर्‍याउनुपर्छ। यस विषयमा सरकार गम्भीर होस्।’ सांसद केसीले अस्पतालमा डाक्टर कुटिने गरेकोले उनीहरुको सुरक्षा गर्नुपर्ने, राहत शिक्षकको समस्याका विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। 

एमाले सांसद योगेश भट्टराईले गठबन्धन सरकारले सार्वजनिक गरेको न्यूनतम कार्यक्रमको पूनरावलोकन गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘गठबन्धन सरकारले प्रसतुत गरेको न्यूनतम कार्यक्रमको एकपटक पूनरावलोकन हुनुपर्छ। संसद्‌मा समेत वाचन गरेकाले त्यो अब पार्टीको मात्रै नभइ समग्रको सरकारको विषय हो।’ उनले सरकारले आफ्ना नीति तथा कार्यक्रममै नयाँ गाडी खरिद नगर्ने, विदेश भ्रमण कटौती गर्ने कुरा उल्लेख गरेको भए पनि त्यो विषय व्यवहारमा लागू नगरेको बताए। भट्टराईले भने,‘विदेश भ्रमणहरू कटौटी गर्ने, सवारी खरिद नगर्ने नीति कार्यक्रममा समेत उठान भएको र त्यसको घोर उलंघन भएको छ। २०१७/०१८ सामान्य परिस्थिति पछि यो ५–७ महिनामा विदेश जाने प्रधानममन्त्रीदेखि मन्त्री, सचिव, शाखा अधिकृतको संख्या उल्लेखनीय रुपमा बढेको छ। यसले अत्यधित सार्वजनिक खर्च बढिरहेको छ।’ 

Xtrem
Xtrem

बैठकमा राष्ट्रिय गौरवका आयोजनको अवस्था, नेपाल विधुत् प्राधिकरण, विदेशबाट खरिद गर्नुपर्ने फर्निचर, लेखा परीक्षण नगर्ने सार्वजनिक संघ, संस्था, महङ्गी, कालोबजारी लगायतका विषयमा सरकार गम्भीर हुनु पर्नेमा समितिमा रहेका सांसदहरुले जोड दिएका थिए। 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ११:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल कीर्तिपुरस्थित त्रिभुवन स्मृति आज भवनमा आयोजित त्रिवि सभाको ६७औँ वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्दै उनले विश्वविद्यालयलाई समयसापे... बिहीबार, असोज २२, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ पक्राउ पर्नेहरूमा सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने दोलखा घर भएका १९ वर्षीय सौरभ मगर, २० वर्षीय अस्मित गजमेर, रामेछाप घर भएका १९... बिहीबार, असोज २२, २०८३
एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसहित चार जनाविरूद्ध मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्ष अनुसन्धानबाट रु ६६ लाख ५३ हजार बराबरको अनियमितता भएको निष्कर्षसहित सिआइबीले बुधबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो । बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : आज मतदान भएन, भोलि बिहान ७ बजेबाट हुने बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल बिहीबार, असोज २२, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
स्ववियुमा अवसर गुमाएका अनोज कांग्रेसको केन्द्रीय सदस्य बन्ने दौडमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्