• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

महङ्गी, काला बजारी र तस्करी नियन्त्रण गर्न सांसदहरुको माग

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, असोज ११, २०८०  ११:२६
1140x725

काठमाडौं– दशैं, तिहार, छठ लगायतका चाडपर्व नजिकिँदै गर्दा अस्वभाविक रुपमा महङ्गी, कालाबजारी र तस्करी बढेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। बजारमा दैनिक उपभोग्य चिनी, खाद्यान्न लगायतका वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि भएको सांसदहरुको भनाइ छ। 

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सांसदहरुले चाडपर्वको सम्मुखमा दैनिक उपभोग्य वस्तुको मूल्यसँगै काला बजारी र तस्करी बढेको भन्दै त्यसबारे सरकारले तत्काल अनुगमन गर्दै कारबाही गर्नुपर्नेमा जोड दिएका छन्। 

समितिको बैठकमा बोल्दै एमाले सांसद गोकुल बास्कोटाले भने,‘दशैंको बेलामा धेरै कुराको अभाव हुने गरेको छ। यही बेलामा मात्रै बजार अनुगमन र छापा मार्नुभन्दा सरकारले अरु बेलामा पनि यसलाई निरन्तरता दिनुपर्छ।’

सांसद बास्कोटाले मुलुकमा चिनी उत्पादन र बिक्री बितरण गर्ने व्यक्ति उही भएकाले सिन्डिकेट भएको आरोप लगाए। 
उखु किसानको समस्या वर्षेनी रहेको बताउँदै बास्कोटाले उनीहरुको समस्या समाधानका लागि उत्पादकहरूका लागि कार्डको व्यवस्था गर्नुपर्ने बताए। उनले बजारमा गुणस्तरहीन चिनी बिक्री वितरण भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। 

उनले समितिको बैठकमा आफैंले खल्तीमा बोकेर ल्याएको चिनीको ‘परीक्षण’ गर्दै हाल बजारमा गुणस्तरहीन चिनी बिक्री भइरहेको बताए। ‘म गुणस्तर मापदण्ड नाप्ने, परीक्षण गर्ने प्राविधिक त हैन। तर म चिनी परीक्षण गरेर देखाउन सक्छु। त्यो चिनी मैले यही समितिमै ल्याएको छु, यो कस्तो हुन्छ म देखाउँछु,’ बास्कोटाले भने। एउटा गिलासमा पानी भरेर चिनी घोलेका सांसद बास्कोटाले चिनी पुरै नघुली सेता कणहरु बाँकी रहेको देखाए। जसकारण उक्त चिनी गुणस्तरहीन भएको उनको भनाइ थियो।  
 
राप्रपा अध्यक्ष राजेन्द्र लिंङ्देनले चिनी लगायतका खाद्य पदार्थमा अस्वभाविक मूल्यवृद्धि भएकाले त्यसबारे सरकारले चासो देखाउनुपर्ने बताए। उनले भने,‘चिनी लगायतका खाद्य वस्तुको मूल्य बढिरहेको छ। यसबारे नियमित अनुगमन र छलफल हुनुपर्छ।’ फरक प्रसंगमा बोल्दै अध्यक्ष लिंङदेनले नेपाल दूरसञ्चारमा उपभोक्ता बढेको भए पनि त्यसको राजस्व घटेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले एमसीसीले दिएको अनुदानभन्दा ठूलो राजस्व खेर गइरहेका दाबी गरे। उनले भने,‘यसबारेका छलफल हुनुपर्छ। नियमन हुनुपर्छ, चुहावट रोकिनु पर्छ। यो विषयमा समिति नै प्रस्ट हुनुपर्छ।’ उनले यसबारे प्रविधि ठिक नभएको हो कि?भन्दै प्रश्न समेत गरे। 

Ncell 2
Ncell 2

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले लेखा समितिमा यसअघि आएका उजुरी र सरकारलाई दिएका निर्देशनबारे पूर्नरावलोकन गर्नुपर्ने बताए। उनले भने, ‘विगतमा सार्वजनिक लेखा समितिमा आएका उजुरीमाथि छलफल गर्नुपर्छ। के कारणले निर्देशन पालना भएन? समस्याको प्राथमिकता कायम गर्नुपर्छ। महङ्गी, काला बजारी र तस्करी नियन्त्रणमा यस समितिले निर्णय गर्नुपर्छ।’

कांग्रेस सांसद अर्जुन नरसिंह केसीले नागरिकहरुलाई सहुलियतपूर्ण खाधान्न उपलब्ध गराउनु पर्ने बताए। उनले भने, ‘बजारमा हरेक वस्तुको मुल्यवृद्वि भइरहेको छ। कालाबजारी मौलाएको छ। सरकारले दशैं, तिहार लगायतका चाडपर्व लक्षित पसल खोल्नुपर्छ। सरकारले नागरिकहरुलाई सहुलियतपूर्ण रूपमा खाद्य वस्तु पुर्‍याउनुपर्छ। यस विषयमा सरकार गम्भीर होस्।’ सांसद केसीले अस्पतालमा डाक्टर कुटिने गरेकोले उनीहरुको सुरक्षा गर्नुपर्ने, राहत शिक्षकको समस्याका विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। 

एमाले सांसद योगेश भट्टराईले गठबन्धन सरकारले सार्वजनिक गरेको न्यूनतम कार्यक्रमको पूनरावलोकन गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘गठबन्धन सरकारले प्रसतुत गरेको न्यूनतम कार्यक्रमको एकपटक पूनरावलोकन हुनुपर्छ। संसद्‌मा समेत वाचन गरेकाले त्यो अब पार्टीको मात्रै नभइ समग्रको सरकारको विषय हो।’ उनले सरकारले आफ्ना नीति तथा कार्यक्रममै नयाँ गाडी खरिद नगर्ने, विदेश भ्रमण कटौती गर्ने कुरा उल्लेख गरेको भए पनि त्यो विषय व्यवहारमा लागू नगरेको बताए। भट्टराईले भने,‘विदेश भ्रमणहरू कटौटी गर्ने, सवारी खरिद नगर्ने नीति कार्यक्रममा समेत उठान भएको र त्यसको घोर उलंघन भएको छ। २०१७/०१८ सामान्य परिस्थिति पछि यो ५–७ महिनामा विदेश जाने प्रधानममन्त्रीदेखि मन्त्री, सचिव, शाखा अधिकृतको संख्या उल्लेखनीय रुपमा बढेको छ। यसले अत्यधित सार्वजनिक खर्च बढिरहेको छ।’ 

बैठकमा राष्ट्रिय गौरवका आयोजनको अवस्था, नेपाल विधुत् प्राधिकरण, विदेशबाट खरिद गर्नुपर्ने फर्निचर, लेखा परीक्षण नगर्ने सार्वजनिक संघ, संस्था, महङ्गी, कालोबजारी लगायतका विषयमा सरकार गम्भीर हुनु पर्नेमा समितिमा रहेका सांसदहरुले जोड दिएका थिए। 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ११:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
स्कुल बसले किच्दा बालिकाको मृत्यु जिल्ला प्रहरी कार्यालयका अनुसार देवचुली नगरपालिका-१ स्थित उक्त विद्यालयको बसले किच्दा नर्सरीमा पढ्ने सुष्मा पासवानको ज्यान गएको हो ।... सोमबार, माघ १२, २०८२
यस्तो रहनेछ देशभरको मौसम कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । तराई भू-भागका केही स्था... सोमबार, माघ १२, २०८२
राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड (न) मा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रक... आइतबार, माघ ११, २०८२
ताजा समाचारसबै
मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु सोमबार, माघ १२, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल सोमबार, माघ १२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ १२, २०८२
स्कुल बसले किच्दा बालिकाको मृत्यु सोमबार, माघ १२, २०८२
महिला टी–२० ग्लोबल छनोट: स्कटल्यान्डद्वारा नेपालले पायो १४१ रनको लक्ष्य सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्