काठमाडौं– गृह मन्त्रालयले कर्मचारीलाई कार्यालय सुरु हुनुअघि कम्तिमा १५ मिनेट याेग र ध्यान गर्न निर्देशन दिएकाे छ। गृह मन्त्रालयका उपसचिव भिमकान्त शर्माले सबै कर्मचारीकाे हकमा याे सूचना जारी गरेका हुन्।
मन्त्रालय, उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च-तहसम्मका कर्मचारीलाई कार्यालयमा हाजिर भएपछि हरेक दिन योग अभ्यास र ध्यान गरेर मात्र काम सुरु गर्न परिपत्रमा भनिएकाे छ।
परिपत्र अनुसार महाशाखाका अधिकृतस्तरका सबै कर्मचारीले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा ध्यान गरिसक्नुपर्नेछ।
यसअघि केही कर्मचारीकाे हकमा शिविर सञ्चालन भएकाे र अन्यकाे हकमा हुन बाँकी रहेको पत्रमा भनिएकाे छ।
केही दिन अघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले तनाव व्यवस्थापनका लागि योग/ध्यान गर्नुपर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।