काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसभित्र पार्टी कब्जाको प्रयत्न चलिरहँदा जनता भने अर्कैले कब्जा गरिसकेको बताएका छन्। जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने क्रममा सोमबार उनले सो धारणा राखेका हुन्।
‘हामी पार्टी कब्जाको दौडमा छौं। आ-आफ्नो ढंगले। सभापतिले पनि गरिराख्नुभएको होला। हामी पनि गरिरहेका होलाऊँ। तर पार्टी हामी कब्जा गर्न खोजिरहेका छौं। जनता अर्कैले कब्जा गरिसकेका छन्’, उनले भने।
अहिलेको अराजकता, निराशा र असन्तुष्टिले जनता आफूहरूसँग आक्रोशित मात्रै होइन, विकल्पको बाटो खोज्न थालेको कुरा आत्मसात् गर्नुपर्ने उनको प्रस्ताव थियो।
‘यो कुनै पक्ष र विपक्षको कुरा होइन। अत्यन्त ठूलो गम्भीर परिस्थिति छ। मधेश, पहाड वा हिमाल, जाति जनजाति सबैतिर त्यो स्थिति छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।