काठमाडौं– चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजधानी शहर बेइजिङमा रहेको तियानमेन स्क्वायरमा पुगेर शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले तियानमेन स्क्वायरमा रहेको राष्ट्रिय शहीदहरुको स्मारकमा श्रद्दाञ्जली अर्पणसहित माल्यार्पण गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
![PM_Prachanda_China_visit (2)1695628134.jpg](https://nepallive.net/uploads/posts/PM_Prachanda_China_visit (2)1695628134.jpg)
तियानमेन स्क्वायरमा चिनियाँ जनक्रान्तिका सर्वोच्च नेता माओ त्सेतुङको स्मारक समेत छ।
सन् १९८९ मा एउटा प्रदर्शनका क्रममा सयौंको संख्यामा प्रदर्शनकारीहरु मारिएपछि तियानमेन स्क्वायर विश्वभर नै चर्चित बनेको थियो।
चिनियाँ कम्युनिस्ट पार्टीका उदारवादी नेता हु याओ ब्याङ मारिएपछि हजारौं युवाहरुले तियानमेन स्क्वायरमा प्रदर्शन गरेका थिए। युवाहरुको विरोध प्रदर्शन नियन्त्रणमा लिन चिनियाँ जनमुक्ति सेनाले बल प्रयोग गर्दा सयौंको संख्यामा युवाहरु मारिएका थिए।
चीन सरकारले उक्त प्रदर्शनमा २०० देखि ३०० जना मारिएको बताएको थियो। पश्चिमा मिडिया र देशहरुले भने उक्त प्रदर्शनमा १० हजार मानिसहरु मारिएको विवरण सार्वजनिक गरेका थिए।
![PM_Prachanda_China_visit (3)1695628134.jpg](https://nepallive.net/uploads/posts/PM_Prachanda_China_visit (3)1695628134.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।