काठमाडौं– विज्ञापन बोर्डले विदेशी कलाकारको भन्दा स्वदेशी कलाकारको फोटो राखेर विज्ञापन गर्ने आग्रह गरेको छ।
होडिङ बोर्ड, सवारी साधन लगायत अन्य कुनै माध्यमबाट कुनै व्यक्तिको फोटो राखेर विज्ञापन गर्दा स्वदेशी कलाकार वा व्यक्तिको फोटो राखेर विज्ञापन गर्न बोर्डले आग्रह गरेको छ। बोर्डले एक सूचना जारी गर्दै विज्ञापन (नियमन गर्ने) नियमावाली (पहिलो संशोधन) २०८० को निय ९क. को उपनियम (३) मा स्वदेशी व्यक्ति वा कलाकारको फोटो राखेर विज्ञापन गर्ने व्यवस्था रहेको जनाएको छ।
‘होर्डिङ बोर्ड, सवारी साधन लगायत अन्य माध्यममा विदेशी कलाकार वा व्यक्तिको फोटो राखी विज्ञापन गरिएको भए त्यस्ता फोटोहरु हटाइ नियमानुसार स्वदेशी कलाकार वा व्यक्तिको फोटो राखी विज्ञापन गर्नु गराउनुहुन विज्ञापनदाता, विज्ञापन एजेन्सी र सञ्चारमाध्यम लगायत सबै सरोकारवालालाई यसै सूचनामार्फत् जानकारी गराइन्छ,’ बोर्डको सूचनामा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।