काठमाडौं– चिनियाँ प्रधानमन्त्री लि छ्याङले नेपाल–चीन सम्बन्धमा नयाँ उर्जा थपिएको बताएका छन्। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्ता अघि संक्षिप्त मन्तव्य दिँदै प्रधानमन्त्री छ्याङले दुई देशको सम्बन्धमा नयाँ उर्जा थपिएको महसुस चीनले गरेको बताए।
प्रधानमन्त्री प्रचण्डलाई स्वागत चिनियाँ प्रधानमन्त्री छ्याङले आफ्नो संक्षिप्त मन्तव्य राखेका थिए। सम्बोधनका क्रममा प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री प्रचण्डको भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग पुगेको बताए।
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटमा भएका कुराकानीबाट २ देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद् रहेको प्रधानमन्त्री छ्याङले बताए।
प्रधानमन्त्री प्रचण्डले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पुर्याएको भन्दै चिनियाँ प्रधानमन्त्री छ्याङले खुसी समेत व्यक्त गरे। प्रधानमन्त्री छ्याङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।