काठमाडौं– सुन तस्करी प्रकरणको छानबिनका लागि आयोग गठनबारे दलहरु छलफलमा जुटेका छन्। कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सर्वदलीय बैठक राखेका हुन्।
छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमालेका सचेतक महेश बर्तौला, कांग्रेसका तर्फबाट रमेश लेखक, रास्वपाका सभापति रवि लामिछाने, जसपाका नेता प्रदीप यादवसहित छलफलमा सहभागी छन्।
यसअघि शुक्रबार छलफल भए पनि सहमति जुट्न नसक्दा आयोग गठन हुन सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।