• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कर्णालीमा आधारभूत खानेपानीको पहुँच ८९ प्रतिशत

64x64
रासस बुधबार, असोज ३, २०८०  २१:५९
1140x725

जाजरकोट– भौगोलिक रूपमा विकट मानिएको कर्णालीमा पानीको स्रोत व्यापक भए पनि सही सदुपयोग हुन नसक्दा यहाँका ८८ दशमलव ६ प्रतिशत जनसंख्यामा मात्र आधारभूत खानेपानीको पहुँच पुगेको छ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार कर्णालीको तीन लाख ६६ हजार ३७ परिवारमध्ये ३५ दशमलव ६ प्रतिशत परिवारलाई बाहिर धारा जडान गरी घर परिसरभित्र पानी उपलब्ध हुँदै आएको छ। त्यस्तै ४४ दशमलव ४ जनसङ्ख्यालाई पाइपबाट घर परिसर बाहिर धाराको पानी उपलब्ध छ। चार प्रतिशत परिवारले ट्युबवेलको पानी पिउने गरेको समेत तथ्याङ्कमा उल्लेख छ। 

त्यस्तै २ दशमलव १ प्रतिशत नागरिकले टाँकिएको इनारबाट, शून्य १ प्रतिशतले जारको पानी, खुला इनार र कुवाको पानी प्रयोग गर्ने घरधुरी सङ्ख्या २ दशमलव ५ प्रतिशत र २ दशमलव १ प्रतिशत जनसङ्ख्याले खोलाको पानी प्रयोग गरिरहेको योजना महाशाखा सिडिइ गोपाल शर्माले जानकारी दिए। सन् २०१९ को तथ्याङ्कअनुसार कर्णालीमा ३ दशमलव ५ प्रतिशत जनसङ्ख्यलाई सुरक्षित खानेपानीको पहुँच पुगेको उल्लेख छ।

सन् २०२१ को तथ्याङ्कअनुसार तीन लाख ६६ हजार ३७ घरधुरी रहेको कर्णालीमा धारा, पाइपमार्फत परिसरभित्र पानी पिउने घरधुरीको सङ्ख्या एक लाख ३० हजार चार सय ६५ परिवार रहेको छ। धारा, पाइपमार्फत परिसर बाहिर एक लाख ६२ हजार ६ सय १९ जनालाई पानी उपलब्ध हुँदै आएको छ। एक हजार ६ सय ३५ घरधुरीले ट्युबवेलमार्फत पानी उपभोग गरिरहेको मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ।

राम्रोसँग ढाकिएको कुवाबाट पानी पिउने परिवारको सङ्ख्यामा सात हजार पाँच सय ७३ रहेको छ। नौ हजार दुई सय १० परिवारले खुला रूपमा रहेको राम्रो कुवाको पानी पिउने गरेको मन्त्रालयले जनाएको छ। त्यस्तै ४८ हजार ६ सय ९९ जनाले थोपा पानी प्रयोग गरिरहेको उल्लेख गरिएको छ। चार हजार दुई सय ७६ घरधुरीले नदी र खोलाको पानी पिउने गरेको उल्लेख छ। जार र बोतलमा पानी पिउनेको सङ्ख्या चार सय ८० घरधुरी रहेको छ। त्यस्तै अन्यमा एक हजार ८० घरधुरी रहेको छ। 

डोल्पामा नौ हजार तीन सय ८० घरधुरीमा तीन हजार एक सय १७ घरधुरीले घरभित्र धारा बनाएर पानी खाइरहेको पाइएको छ भने चार हजार दुई सय ५२ घरधुरीले घरबाहिर परिसरमा धारा बनाएर पानी पिउने गरेको तथ्याङ्कमा उल्लेख छ। राम्रोसँग ढाकिएको कुवाको पानी १८ घर, राम्रो रहेको खुला कुवाको पानी एक सय ९२ घरधुरी, एक हजार चार सय १३ घरधुरीलाई थोपा पानी, तीन सय ६३ घरमा खोलाको पानी र अन्यबाट ११ घरधुरीले पानी डोल्पामा खाइरहेको मन्त्रालयले जनाएको छ। 

बाह्र हजार चार सय ३० घरधुरी रहेको मुगुमा दुई हजार एक सय चार घरधुरीले घरभित्र पानी पिउने गरेका छन् भने घर बाहिरको धारामा पाँच हजार ६ सय ७५ घरले पानी प्राप्त गर्दै आएको उल्लेख छ। राम्रोसँग ढाकिएको कुवाको पानी तीन परिवारका र खुला कुवाको पानी ४३ घरले, थोपा पानी चार हजार दुई सय ४३ घरधुरीले, तीन सय ५० घरले खोलाको पानी, जार बोतलको एक, अन्य ११  परिवारले पानी प्रयोग गरिरहेको पाइएको छ।

हुम्लामा ११ हजार दुई सय चार घरधुरीमा दुई हजार दुई सय २३ घरधुरीले घरभित्र पाइपमार्फत पानी प्रयोग गर्दछन् भने सात हजार एक सय ५७ घरले खुला स्थानको पानी प्रयोग गरिरहेका छन्। त्यस्तै दुई घरले ट्युबवेल, ढाकिएको कुवाको पानी दुई घर, राम्रोसँग ढाकिएको कुवाको पानी तीन, खुला कुवाको पानी २०, थापाको पानी एक हजार पाँच सय ५५, नदी र खोलाको पानी ८५ परिवार, एक सय ५९ परिवारले अन्य स्रोतबाट पानी पिउँछन्। 

Ncell 2
Ncell 2

जुम्लामा २४ हजार चार सय २२ घरधुरीमा घरभित्र पानी प्रयोग गर्नेको सङ्ख्या नौ हजार आठ सय ८६ रहेको छ। १० हजार तीन सय ३९ घरले परिसर बाहिरको धाराको पानी पिउने गरेको पाइएको छ। ढाकिएको कुवाको पानी १५ परिवार र खुला कुवाको पानी ४४ घरले पिउने गरेका छन्। थोपाको पानी तीन हजार आठ सय ७४ घरधुरीले प्रयोग गर्दै आएका छन्। नदी खोलाको दुई सय १४ घरले पानी पिउँछन्। अन्य ६० परिवारले विभिन्न माध्यमबाट पानी पिउने गरेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विकले बताइन्। 

कालीकोटमा २६ हजार सात सय २० घरधुरीमध्ये ६ हजार दुई सय ९३ घरधुरीले घरभित्र नै पानी पिउने गरेको छन् भने परिसर बाहिरका १३ हजार पाँच सय ९५ घरधुरीले पानी प्रयोग गर्दछन्। ट्युबवेलको पानी एक घरले, ४२ घरधुरीले ढाकिएको कुवाको पानी, खुला कुवाको पानी दुई सय ३७ घर, थोपाको पानी ६ हजार तीन सय ६० घरधुरी, दुई सय २५ घरले नदी खोलाको पानी, अन्य १६ र जारको पानी एक घरले पिउने गरेका पाइएको छ। 

त्यसैगरी ५४ हजार पाँच सय ९४ घर भएको दैलेखमा १८ हजार ६ सय ७९ धुरीले घरभित्रको पानी प्रयोग गरिरहेका छन् भने घरबाहिर परिसरमा २४ हजार आठ सय तीन घरधुरीले पानी प्रयोग गर्दछन्। पाँच सय ३१ घरधुरीले ढाकिएको कुवाको पानी र खुल्ला कुवाको पानी एक हजार दुई सय ५४ घरघुरीले पानी पिउँछन्। आठ हजार नौ सय ३१ घरधुरीले थोपाको पानी प्रयोग गरिरहेका छन्। नदी खोलाको पानी तीन सय घरधुरीले, अन्य माध्यमबाट ७५ र जार बोतलको २१ घरधुरी रहेका छन्। 

जाजरकोटमा ३७ हजार चार सय ५३ घरधुरीमध्ये १३ हजार एक सय ५४ घरधुरीले घरभित्र नै पानी प्रयोग गरिरहेका छन् भने घर परिसर बाहिर १८ हजार तीन सय १२ घर, बन्द कुवाको पानी ६४, खुल्ला कुवाको पानी तीन सय ८२, थोपा पानी पाँच हजार ४४, तीन सय ५३ परिवारले खोलाको, २१ परिवारले जार, एक सय २३ परिवारले विभिन्न स्रोतबाट पानी प्रयोग गरिरहेको  खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताउनुभयो।

त्यसैगरी ३७ हजार दुई सय ९० घरधुरी रहेको रुकुम पश्चिममा १५ हजार एक सय ५७ घरघुरीले घरभित्र नै पानी प्रयोग गरिरहेकामा घरबाहिर परिसरमा १८ हजार नौ सय ८६ परिवार रहेका छन्। १९ ढाकिएको कुवामा र दुई सय ९९ परिवारले खुल्ला कुवाको पानी प्रयोग गरिरहेको पाइएको छ। त्यस्तै दुई हजार ६ सय आठ परिवारले थोपाको पानी र एक सय ९५ परिवारले खोलाको पानी, जारको पानी आठ परिवार र अन्य १८ परिवारले विभिन्न स्रोतबाट पानी पिउने गरेका छन्। 

त्यस्तै ५४ हजार ६ सय ७२ घरधुरी रहेको सल्यानमा घरभित्र पानी पिउनेको सङ्ख्या २० हजार २८ रहेकामा घरबाहिर परिसरबाट पानी ल्याउने परिवारको सङ्ख्या २६ हजार ५० रहेको छ। त्यस्तै ६ सय ९८ परिवारले ढाकिएको कुवाको पानी, खुल्ला कुवाको पानी एक  हजार ६ सय ९७ परिवार, थोपा पानी पाँच हजार तीन सय ८८ परिवार रहेको छ। सात सय २३ परिवारले खोलाको, ६ परिवारले जार र अन्य स्रोतबाट पानी पिउनेको सङ्ख्या ८२ रहेको छ। 

प्रदेश राजधानी रहेको सुर्खेतमा ९७ हजार आठ सय २२ घरधुरी रहेकामा घरभित्र पानी पिउनेको सङ्ख्या ३९ हजार सात सय ७० रहेकामा घरबाहिर परिसरमा पानी प्रयोग गर्नेको सङ्ख्या ३३ हजार सात सय ६० रहेको छ। त्यस्तै एक हजार ६ सय ३२ परिवारले ट्युबवेलको पानी प्रयोग गर्दछन्। त्यस्तै ६ हजार एक सय ८० घरधुरीले ढाकिएको कुवाबाट, खुल्ला कुवाबाट पाँच हजार ८२ घर, नौ हजार दुई सय ८३ घरले थोपा पानी, नदी खोलाको पानी पिउनेको सङ्ख्या एक हजार चार सय ६८ परिवार, चार सय २२ परिवारले जार, अन्य स्रोतबाट पानी पिउनेको सङ्ख्या पाँच सय २५ रहेको छ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  २१:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
सिंहदरवारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन दिएका थिए । प्रवचनमा स्वजागरणलाई आन्तरिक चेतना, अनुशास... बुधबार, पुस ३०, २०८२
उड्न लागेको जहाजमा यात्रुले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। बुधबार, पुस ३०, २०८२
दुई संसदीय समितिको बैठक बस्दै विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । बुधबार, पुस ३०, २०८२
ताजा समाचारसबै
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो बुधबार, पुस ३०, २०८२
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी बुधबार, पुस ३०, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता बुधबार, पुस ३०, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन थापाले भने : ‘म भरोसा दिलाउँछु, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ’ बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्