• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन ५, २०८२ Tue, Feb 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'रुद्रप्रिया'मा मैले आफूलाई परीक्षण गरेकी छु : रेखा थापा

64x64
नेपाल लाइभ बुधबार, असोज २५, २०७४  ०६:२९
1140x725

काठमाडौं- सोमबार अभिनेत्री रेखा थापाको आगामी रिलिज 'रूद्रप्रिया'को प्रेसमिटमा ८ वर्षपछि अभिनेत्री थापासँग अभिनेता आर्यन सिग्देलको 'कमब्याक' मुख्य चर्चाको विषय बन्यो। चर्चा 'कम्ब्याक'को भए पनि रेखाले 'रूद्रप्रिया'लाई आफ्नो डेब्यू फिल्म भनेरै घोषणा गरिन्।

एक दशक नेपाली फिल्मकी रानी बनेर राज गरेकी रेखाको सफलता लोभलाग्दो छ। उनीको जस्तो लोकप्रियता र सफलता नेपाली फिल्ममा कमै मात्र अभिनेत्रीले पाएका छन्। फिल्ममा हिरो शैलीको प्रस्तुति र अनेक गसिपले पनि उनलाई चर्चामा ल्याइराख्यो। पहिला अभिनेता राजेश हमाल र पछिल्लो समय दयाहाङ राई जस्तै उनीमाथि पनि एउटै शैलीका फिल्म गरेको आरोप भने छ।

रेखाले रुद्रप्रियालाई 'मेरो डेब्यू फिल्म' भन्नुको पछाडि आफू नयाँ ढंगले आएको भन्ने उनको सांकेतिक भनाइ बुझ्न सकिन्थ्यो। फर्मूला शैलीको फिल्म गर्दै आएकी रेखाले यसपटक आफूलाई परीक्षणको कठघरामा उभ्याएकी छन्। उनले यसपटक सीमित समूहबाट बाहिर निस्केर फिल्म निर्माण गरेको र आफूलाई समेत परीक्षणमा उतारेको बताएकी छिन्।

फिल्मका निर्देशक सुदीप 'बबी' भूपालसिंह नयाँ छन्, जसको यो दोस्रो फिल्म हो। उनको अघिल्लो फिल्म 'माला'ले समीक्षकीय रूपमा गतिलो तारिफ बटुलेको थियो। त्यसैले उनले यसपटक रेखालाई लिएर फिल्म गरेकाले नेपाली फिल्मीवृत्त रेखाको नयाँपन कस्तो छ भनेर हेर्न आतुर छ।

सोमबार भएको प्रेसमिटमा फिल्मका अभिनेता एवं पुरानो पुस्ताका नायक विश्व बस्नेत नयाँ निर्देशकबाट प्रभावित देखिए। कार्यक्रमको अन्तिममा बोलेका उनले फिल्मको कथा आफूलाई 'हलिउड' शैलीको लागेकाले फिल्म गर्न राजी भएको बताए। उनको यो भनाइले फिल्ममा के छ? बन्ने कौतुहलतालाई बढाउने काम गरेको छ।

Ncell 2
Ncell 2

युवती नायिकाका रूपमा रेखाको करियरको एउटा अध्याय सकिन थालेको छ। उनको फिल्मी करियरलाई आगामी दिनमा उनको राजनीतिक सक्रियताले निर्धारण गर्नेछ। यस अर्थमा रेखाले रुद्रप्रियाका लागि विशेष मिहिेनेत गरेको बताउँदै आएकी छन्।

'म चुनौतीसँग डराउँदिन। मलाई फरक भूमिकामा कुनै फिल्ममेकरले प्रस्तुत गरेनन्। म जे गरिरहेकी थिएँ, मलाई त्यसैमा दोहोर्‍याउने काम मात्र भयो। मेरो क्षमता त्यतिमात्र थिएन कि,' रेखाले कार्यक्रमपछिको साइडलाइन कुराकानीमा भनिन्, 'त्यसैले यसपटक मैले आफूलाई परीक्षण गरेकी हुँ। यसअघि मैले आफूलाई प्रमाणित गरिसकें। यो नयाँ तहको परीक्षा हो, त्यसैले यो मेरा लागि डेब्यू फिल्मजस्तै हो।'

फिल्मको लेखन समेत गरेका निर्देशक सुदीपले सिङ्गापुरमा अध्ययन गरेर म्यानमारको टेलिभिजनमा क्षमता देखाइसकेका छन्। उनको अघिल्लो फिल्मको कथ्य शैली नेपाली फिल्मका लागि नवीन थियो। यसपटक उनले अर्को त्यस्तै काम देखाउनेछन् भन्ने विश्वास उनको अघिल्लो फिल्मबाट प्रभावितहरूको छ।

फिल्मका अभिनेता आर्यन सिग्देलको नजरमा पनि सुदीप राम्रो फिल्मी कन्सेप्ट भएका निर्देशक हुन्। सुदीपसँग 'माला'मा सँगै काम गर्दा उनको शैलीबाट प्रभावित भएकै कारणले आर्यन यो फिल्ममा आबद्ध भए। ३० पानाको 'माला'को स्क्रिप्टमा फिल्म बनाइरहेका सुदीप आर्यनलाई त्यतिखेरै 'इन्ट्रेस्टिङ' लागेका थिए। 

निर्देशकको यस्तो चर्चा सुनेकी रेखाले 'माला' फिल्म भने हेरेकी छैनन्। चर्चाकै कारण उनले आफ्नो एक फिल्मलाई थाँती राख्दै रुद्रप्रियालाई अगाडि बढाइन्।

रेखा भन्छिन्, 'मैले यो फिल्मबाट मेरा दर्शकको आजसम्मको माया कसरी आउनेछ बनेर कुरिरहेकी छु। फिल्ममा काम गर्दागर्दै आचानक शैली परिवर्तन गर्दा दर्शकले अस्वीकार गर्ने खतरा पनि छ। विगतमा अन्य कलाकारको हकमा त्यो प्रतिउत्पादक भएको छ। तर मैले जे होला भनेर खतरा मोलेँ। बाँकी दर्शकको हातमा छ।'

प्रकाशित मिति: बुधबार, असोज २५, २०७४  ०६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्कटल्यान्डविरुद्ध नेपालले टस जित्दै पहिले फिल्डिङ रोज्यो
मत सर्वेक्षण गरेर मतदातालाई भ्रममा नपार्नु : निर्वाचन आयोग
यस्ता छन् एमाले अध्यक्ष ओलीका ४२ प्रतिबद्धता
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डविरुद्ध नेपालले टस जित्दै पहिले फिल्डिङ रोज्यो मंगलबार, फागुन ५, २०८२
मत सर्वेक्षण गरेर मतदातालाई भ्रममा नपार्नु : निर्वाचन आयोग मंगलबार, फागुन ५, २०८२
यस्ता छन् एमाले अध्यक्ष ओलीका ४२ प्रतिबद्धता मंगलबार, फागुन ५, २०८२
धनकुटा कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई मंगलबार, फागुन ५, २०८२
नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री (पूर्णपाठ) मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु सोमबार, फागुन ४, २०८२
रामकुमारी झाँक्रीको चुनावी खर्च विवरण सार्वजनिक सोमबार, फागुन ४, २०८२
राष्ट्र बैंकले गर्‍यो तीन वाणिज्य बैंकलाई कारबाही सोमबार, फागुन ४, २०८२
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्