• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २२, २०८३ Mon, Jul 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

प्रहरीकै अगाडि ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि आक्रमण

64x64
नेपाल लाइभ बुधबार, असोज ३, २०८०  १७:०६
1140x725

काठमाडौं- सुदूरपश्चिमको कञ्चनपुरमा एक स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ। आफूलाई बिरामीको आफन्त भन्ने एक व्यक्तिले ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन्। 

कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा घाइतेको उपचारमा खटिएका अहेब नरेन्द्र प्रसाद गैरेमाथि हातपात भएको हो। मंगलबार राती ११:१५ बजेको समयमा टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी ५ मैनाहाका बाबुराम चौधरीको उपचार गरिरहेका गैरेमाथि बेलौरीकै गोकुलपुर बजार बस्ने रामु भनिने राम बहादुर खड्काले आक्रमण गरेका हुन्।

स्वास्थ्य केन्द्रको सीसीटीभी फुटेज अनुसार खड्काले स्वास्थ्यकर्मी गैरेको घाँटी अठ्याउँदै आक्रमण गरेको देखिन्छ। आफूमाथि आक्रमण भएपछि स्वास्थ्यकर्मी गैरेले सिसिटिभीमा सबै कैद भइरहेको जानकारी दिएपछि आक्रमणकारी खड्काले थप आक्रमण नगरेको गैरेले जानकारी दिए।

सीसीटीभी फुटेजमा खड्काले प्रहरीकै अगाडि स्वास्थ्यकर्मी गैरेमाथि आक्रमण गरेको देखिन्छ। 

आक्रमणकारी खड्काले उपचारका क्रममा ढिलाइ गर्नुका साथै टाँका लगाउन धागो छैन भनेपछि विवाद भएको बताएका छन्। उनले आक्रमण नभइ आफूले धक्का मात्र दिएको प्रतिक्रिया दिएका छन्।

सरकारले हेटौंडाको सञ्चो अस्पतालमा आक्रमण गर्नेहरुलाई कारबाही गर्ने गरी चिकित्सक संघसँग सहमति गरेको ४८ घण्टा बित्न नपाउँदै सुदूरपश्चिममा अर्का स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हो।

रक्सी खाएर आएका व्यक्तिले एक्कासि घाँटी समातेर कुट्न थाले : अहेब

मंगलबार राति साढे ११ बजे ड्युटीमा रहेको अवस्थामा आफूमाथि कुटपिट भएको पीडित स्वास्थ्यकर्मी गैरेले नेपाल लाइभलाई बताए।

nimb
nimb
Ncell 2
Ncell 2

उनले भने, ‘म बिरामीको उपचार गर्दै थिएँ। रक्सी खाएका ४/५ जना आकस्मिक कक्षमै आए। तीमध्ये एक जनाले घाँटी समाउँदै कुटपिट गरे।’

उनले भने-
मंगलबार मेरो नाइट ड्युटी थियो। राति साढे ११ बजे म आकस्मिक कक्षमा ड्युटीमा थिएँ। एउटा दुर्घटनाको केस आएको थियो। मादक पदार्थ सेवन गरी लडेर चोट लागेको अवस्थामा एम्बुलेन्समा ल्याइएको बिरामी आकस्मिक कक्षमा थियो। 

दुर्घटनाका बिरामीको सामान्य शल्यक्रिया गर्ने क्रममा मैले अस्पतालमा ती घाइते ल्याउनेहरुलाई ग्लोब्स किन्न पठाएँ। म ती बिरामीको शल्यक्रिया गर्ने तयारीमा थिएँ। त्यही क्रममा आकस्मिक कक्षमै ४/५ जनाको समूह आइपुग्यो। उनीहरुले मादक पदार्थ सेवन गरेका थिए। उनीहरुले स्वास्थ्य केन्द्रको अध्यक्ष र इन्चार्जको नम्बर मागे। म बिरामीको शल्यक्रिया गर्न  ग्लोब्स लगाएको अवस्थामा थिएँ। उनीहरुलाई मोबाइल निकालेर नम्बर दिन सक्ने अवस्थामा थिइनँ।  मैले हातमा ग्लोब्स लगाएको छु, अहिले नम्बर दिन सक्दिनँ। तपाईंहरुसँग पनि नम्बर होला। बाहिर गएर फोन गर्नुस् भनेँ। त्यसपछि एक जनाले म माथि हातपात गर्न थाले। मेरो घाँटीमै समाएर मलाई कुटपिट गर्न थाले।

राति उनीहरुकै गाउँको एम्बुलेन्स स्वास्थ्य केन्द्रमा आएको देखेर मादक पदार्थ सेवन गरेको अवस्थामा उनीहरु स्वास्थ्य केन्द्रमा आएका रहेछन्। 

ममाथि कुटपिट हुँदा बजारमा ड्युटीमा खटिएका दुई जना प्रहरी पनि स्वास्थ्य केन्द्रमै आइपुगेका थिए। प्रहरीले ममाथि कुटपिट भएको हेरिरहे, केही पनि गर्न सकेनन्। कुटपिट भएपछि त्यहाँ भएको प्रहरीले थप प्रहरी बोलायो। तर प्रहरीको समूह आउँदासम्म उनीहरु हिँडिसकेका थिए।

उनीहरुले हाम्रो स्वास्थ्य केन्द्रका इन्चार्ज गोविन्दबहादुर विष्टलाई समेत धम्क्याएर गए। कसलाई फोन गर्छौ गर, प्रहरी, सिडिओ जसलाई गरे पनि गर भनेर धम्क्याएर गए। 

ममाथि भएको घटनाको विषयमा प्रहरीमा आज ठाडो उजुरी दिइसकेका छौं। जिल्ला प्रशासन कार्यालय र प्रहरीमा जाहेरी पनि दिने तयारी भइरहेको छ। ममाथि कुटपिट गर्नेको नाम रामु भनिने रामबहादुर खड्का हुन्। बेलौरी नगरपालिका-२ का हुन् उनी। उनलाई अहिलेसम्म प्रहरीले समातेको छैन।  ममाथि कुटपिट गर्नेलाई कारबाही प्रक्रिया अघि नबढेसम्म भोलिदेखि हामीले उहाँ अनिश्चितकालीन बन्दको घोषणा गरेका छौं। 

मेरो घाँटी थिचेर कुटपिट गरेकाले स्वास्थ्यमा समस्या देखिएको छ। त्यसैले अहिले म धनगढीमा थप उपचारको लागि जाँदैछु। घाँटीमा रातो भएको छ। खानेकुरा निल्न पनि गाह्रो भएको छ। घाँटी दुखेको छ, यताउता घुमाउन भएको छैन। मलाई गाह्रो भइरहेको छ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिलो हाफमा इंग्ल्यान्डलाई २-१ को अग्रता
हालान्डको दुई गोलमा ब्राजिल नर्वेसँग पराजित
नेपाली काँग्रेसले १५औँ महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने निर्णय
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
पहिलो हाफमा इंग्ल्यान्डलाई २-१ को अग्रता सोमबार, असार २२, २०८३
हालान्डको दुई गोलमा ब्राजिल नर्वेसँग पराजित सोमबार, असार २२, २०८३
नेपाली काँग्रेसले १५औँ महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने निर्णय आइतबार, असार २१, २०८३
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
नेपाली काँग्रेसले १५औँ महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने निर्णय आइतबार, असार २१, २०८३
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै आइतबार, असार २१, २०८३
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असार १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्