• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

प्रहरीकै अगाडि ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि आक्रमण

64x64
नेपाल लाइभ बुधबार, असोज ३, २०८०  १७:०६
1140x725

काठमाडौं- सुदूरपश्चिमको कञ्चनपुरमा एक स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ। आफूलाई बिरामीको आफन्त भन्ने एक व्यक्तिले ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन्। 

कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा घाइतेको उपचारमा खटिएका अहेब नरेन्द्र प्रसाद गैरेमाथि हातपात भएको हो। मंगलबार राती ११:१५ बजेको समयमा टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी ५ मैनाहाका बाबुराम चौधरीको उपचार गरिरहेका गैरेमाथि बेलौरीकै गोकुलपुर बजार बस्ने रामु भनिने राम बहादुर खड्काले आक्रमण गरेका हुन्।

स्वास्थ्य केन्द्रको सीसीटीभी फुटेज अनुसार खड्काले स्वास्थ्यकर्मी गैरेको घाँटी अठ्याउँदै आक्रमण गरेको देखिन्छ। आफूमाथि आक्रमण भएपछि स्वास्थ्यकर्मी गैरेले सिसिटिभीमा सबै कैद भइरहेको जानकारी दिएपछि आक्रमणकारी खड्काले थप आक्रमण नगरेको गैरेले जानकारी दिए।

सीसीटीभी फुटेजमा खड्काले प्रहरीकै अगाडि स्वास्थ्यकर्मी गैरेमाथि आक्रमण गरेको देखिन्छ। 

आक्रमणकारी खड्काले उपचारका क्रममा ढिलाइ गर्नुका साथै टाँका लगाउन धागो छैन भनेपछि विवाद भएको बताएका छन्। उनले आक्रमण नभइ आफूले धक्का मात्र दिएको प्रतिक्रिया दिएका छन्।

सरकारले हेटौंडाको सञ्चो अस्पतालमा आक्रमण गर्नेहरुलाई कारबाही गर्ने गरी चिकित्सक संघसँग सहमति गरेको ४८ घण्टा बित्न नपाउँदै सुदूरपश्चिममा अर्का स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हो।

रक्सी खाएर आएका व्यक्तिले एक्कासि घाँटी समातेर कुट्न थाले : अहेब

मंगलबार राति साढे ११ बजे ड्युटीमा रहेको अवस्थामा आफूमाथि कुटपिट भएको पीडित स्वास्थ्यकर्मी गैरेले नेपाल लाइभलाई बताए।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, ‘म बिरामीको उपचार गर्दै थिएँ। रक्सी खाएका ४/५ जना आकस्मिक कक्षमै आए। तीमध्ये एक जनाले घाँटी समाउँदै कुटपिट गरे।’

उनले भने-
मंगलबार मेरो नाइट ड्युटी थियो। राति साढे ११ बजे म आकस्मिक कक्षमा ड्युटीमा थिएँ। एउटा दुर्घटनाको केस आएको थियो। मादक पदार्थ सेवन गरी लडेर चोट लागेको अवस्थामा एम्बुलेन्समा ल्याइएको बिरामी आकस्मिक कक्षमा थियो। 

दुर्घटनाका बिरामीको सामान्य शल्यक्रिया गर्ने क्रममा मैले अस्पतालमा ती घाइते ल्याउनेहरुलाई ग्लोब्स किन्न पठाएँ। म ती बिरामीको शल्यक्रिया गर्ने तयारीमा थिएँ। त्यही क्रममा आकस्मिक कक्षमै ४/५ जनाको समूह आइपुग्यो। उनीहरुले मादक पदार्थ सेवन गरेका थिए। उनीहरुले स्वास्थ्य केन्द्रको अध्यक्ष र इन्चार्जको नम्बर मागे। म बिरामीको शल्यक्रिया गर्न  ग्लोब्स लगाएको अवस्थामा थिएँ। उनीहरुलाई मोबाइल निकालेर नम्बर दिन सक्ने अवस्थामा थिइनँ।  मैले हातमा ग्लोब्स लगाएको छु, अहिले नम्बर दिन सक्दिनँ। तपाईंहरुसँग पनि नम्बर होला। बाहिर गएर फोन गर्नुस् भनेँ। त्यसपछि एक जनाले म माथि हातपात गर्न थाले। मेरो घाँटीमै समाएर मलाई कुटपिट गर्न थाले।

राति उनीहरुकै गाउँको एम्बुलेन्स स्वास्थ्य केन्द्रमा आएको देखेर मादक पदार्थ सेवन गरेको अवस्थामा उनीहरु स्वास्थ्य केन्द्रमा आएका रहेछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ममाथि कुटपिट हुँदा बजारमा ड्युटीमा खटिएका दुई जना प्रहरी पनि स्वास्थ्य केन्द्रमै आइपुगेका थिए। प्रहरीले ममाथि कुटपिट भएको हेरिरहे, केही पनि गर्न सकेनन्। कुटपिट भएपछि त्यहाँ भएको प्रहरीले थप प्रहरी बोलायो। तर प्रहरीको समूह आउँदासम्म उनीहरु हिँडिसकेका थिए।

उनीहरुले हाम्रो स्वास्थ्य केन्द्रका इन्चार्ज गोविन्दबहादुर विष्टलाई समेत धम्क्याएर गए। कसलाई फोन गर्छौ गर, प्रहरी, सिडिओ जसलाई गरे पनि गर भनेर धम्क्याएर गए। 

ममाथि भएको घटनाको विषयमा प्रहरीमा आज ठाडो उजुरी दिइसकेका छौं। जिल्ला प्रशासन कार्यालय र प्रहरीमा जाहेरी पनि दिने तयारी भइरहेको छ। ममाथि कुटपिट गर्नेको नाम रामु भनिने रामबहादुर खड्का हुन्। बेलौरी नगरपालिका-२ का हुन् उनी। उनलाई अहिलेसम्म प्रहरीले समातेको छैन।  ममाथि कुटपिट गर्नेलाई कारबाही प्रक्रिया अघि नबढेसम्म भोलिदेखि हामीले उहाँ अनिश्चितकालीन बन्दको घोषणा गरेका छौं। 

मेरो घाँटी थिचेर कुटपिट गरेकाले स्वास्थ्यमा समस्या देखिएको छ। त्यसैले अहिले म धनगढीमा थप उपचारको लागि जाँदैछु। घाँटीमा रातो भएको छ। खानेकुरा निल्न पनि गाह्रो भएको छ। घाँटी दुखेको छ, यताउता घुमाउन भएको छैन। मलाई गाह्रो भइरहेको छ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ तीनदिने भ्रमण सकेर उनी आइतबार राति नयाँदिल्लीबाट काठमाडौं विमानस्थलमा ओर्लिएका थिए। मंगलबार, कात्तिक १०, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिक... सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना बिहीबारदेखि भने देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने बताइएको छ । सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्