• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

क्यानडामा शिख नेताको हत्यामा भारत सरकारको हात?

64x64
नेपाल लाइभ मंगलबार, असोज २, २०८०  ०९:४१
1140x725
ब्रिटिस कोलम्बियाको सरेस्थित गुरुद्वारा अगाडि हरदीप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो (फाइल तस्बिर)

काठमाडौं– क्यानडा सरकारले ब्रिटिस कोलम्बिया राज्यमा १ जना शिख नेताको हत्यामा भारतीय सरकारको हात रहेको बताएको छ। गत जुन महिनाको १८ तारिख क्यानडाको ब्रिटिस कोलम्बियाको सरेस्थित गुरुद्वारा अगाडि हरदीप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो। 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्को‌ तल्लो सदन हाउस अफ कमन्समा एक बयान दिँदै निज्जरको हत्यामा भारतीय सरकारका जासुसहरु संलग्न रहेको विषयमा छानबिन भइरहेको बताए। ट्रुडोले भने, ‘क्यानाडाली सुरक्षा एजेन्सीहरूले क्यानाडाली भूमिमा क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्यामा भारतीय सरकारका जासुसहरू संलग्न रहेको ठोस आरोपको छानबिन गरिरहेका छन्। क्यानाडाली नागरिकको हत्यामा विदेशी सरकारको भूमिका हाम्रो सार्वभौमसत्ताको उल्लङ्घन हो, जुन स्वीकार गर्न सकिँदैन।’

भारत सरकारले निज्जरलाई आतंकवादी भन्दै आएको थियो र उनलाई आतंकवादी पृथकतावादी संगठनको नेताको रूपमा वर्णन गरेको छ। तर, निज्जरका समर्थकहरूले यसलाई पूर्ण रूपमा अस्वीकार गर्छन्। 

निज्जरको हत्यालाई लिएर ट्रुडोले भारत सरकारमाथि लगाएको गम्भीर आरोपले राजनीतिक क्षेत्रमा धेरै हलचल मच्चाएको छ। भारत र क्यानडाबीचको पहिलेदेखिकै तनावपूर्ण सम्बन्धलाई यो प्रकरणले थप बिग्रने अवसर सिर्जना गरेको छ। 

ट्रुडोले आफ्ना निकटतम् सहयोगीहरुलाई पनि यस घटनाक्रमबारे जानकारी गराएको बताएका छन्। जसमा बेलायतका प्रधानमन्त्री ऋषि सुनाक, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र अमेरिकी राष्ट्रपति जो बाइडेन रहेका छन्।

क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले यी आरोपमा कारबाही गर्दै भारतका वरिष्ठ कूटनीतिक अधिकारी पवनकुमार रायलाई देश निकाला गरेकी छन्। राय क्यानडामा भारतीय जासुसी एजेन्सी रिसर्च एण्ड एनालिसिस विंग (रअ)का प्रमुख थिए। जोलीले आरोपहरूको ‘समस्याग्रस्त र पूर्ण रूपमा अस्वीकार्य’ गम्भीरतालाई ध्यानमा राखेर कारबाही गरिएको बताएकी छन्।

देशका सार्वजनिक सुरक्षा मन्त्री डोमिनिक लेब्लान्कले रोयल क्यानाडियन माउन्टेड पुलिस (आरसीएमपी) ले हत्या प्रकरणको अनुसन्धान गरिरहेको र जिम्मेवार व्यक्तिहरूलाई कारबाही गरिने बताए। क्यानडा प्रहरीको एकीकृत हत्या अनुसन्धान टोली (एचआईटी) ले निज्जरको हत्याबारे अनुसन्धान गरिरहेको छ।

क्यानडाको विश्व सिख संगठनले ट्रुडोको आरोपको समर्थन गर्दै निज्जरले आफ्नो ज्यानमाथि खतरा भएको बारेमा भारतीय एजेन्सीहरूलाई जानकारी दिएको बताएको छ। संगठनले केही अन्य क्यानाडाली सिख नेताहरू भारतीय जासूस एजेन्सीहरूको कथित हिट लिस्टमा रहेको बताएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

ट्रुडोको आरोप भारत र क्यानडाबीचको सम्बन्ध तनावपूर्ण रहेको बेला आएको हो। हालै दिल्लीमा भएको जी–२० सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जस्टिन ट्रुडोबीचको भेट पनि यस्तै तनावपूर्ण वातावरणमा भएको थियो। त्यसबेला भारतले एक विज्ञप्ति जारी गरी क्यानडामा ‘भारत विरोधी गतिविधिहरू’बारे ‘धेरै चिन्तित’ रहेका बताएको थियो।

त्यसपछि क्यानाडाली प्रतिनिधिमण्डलसँग स्वदेश फर्किनुको सट्टा राष्ट्रिय सुरक्षा सल्लाहकार जोडी थोमस सिधै लण्डन पुगे। सरकारी स्रोतका अनुसार थोमसले घटनाबारे बेलायत सरकारलाई जानकारी गराएका थिए।

२ दिनअघि क्यानडा र भारतले अक्टोबरमा हुने व्यापार वार्ता स्थगित गरेका थिए। यी वार्ताका लागि क्यानडाका अन्तर्राष्ट्रिय व्यापारमन्त्री मेरी निगको नेतृत्वमा रहेको टोली ५ दिने भारत भ्रमणमा जाने भनिएको थियो। गत हप्ता मात्रै क्यानडाले उक्त यात्रा स्थगित गरेको खबर सार्वजनिक भयो। उक्त टोलीको भारत यात्रा स्थगित हुनुको कुनै कारण भने दिइएको छैन।

उता अमेरिकाले पनि यो घटनाप्रति चिन्ता व्यक्त गरेको छ। ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ता एड्रियन वाट्सनले एक विज्ञप्ति जारी गर्दै भनिन्, ‘हामी प्रधानमन्त्री ट्रुडोले लगाएको आरोपप्रति धेरै चिन्तित छौं। हामी हाम्रा क्यानाडाली साझेदारहरूसँग निरन्तर सम्पर्कमा छौं। यो आवश्यक छ कि क्यानाडाले यस मामिलाको छानबिन गरोस् र दोषीहरूलाई सजाय मिलोस्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अस्ट्रेलियाले पनि यस विषयमा टिप्पणी गरेको छ। अस्ट्रेलियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त घटनाप्रति चिन्ता व्यक्त गरिएको छ। स्थानीय समाचार च्यानल एसबीएसलाई पठाइएको एक विज्ञप्तिमा विदेश मन्त्री पेनी वोङले अस्ट्रेलिया उक्त घटनाप्रति अत्यन्तै चिन्तित रहेको बताएका छन्। उनले भने, ‘प्रत्येक देशले अन्य देशको सार्वभौमसत्ता, कानुन र व्यवस्थाको सम्मान गर्नुपर्छ भन्ने अस्ट्रेलिया विश्वास गर्छ। हामी यस विषयमा नजिकबाट नजर राखिरहेका छौं। हामीले भारतीय अधिकारीहरूलाई पनि आफ्नो चिन्ता व्यक्त गरेका छौं। हामीलाई थाहा छ अस्ट्रेलियाका केही समुदायहरू यी समाचारहरूबाट विचलित हुनेछन्। भारतीय समुदाय हाम्रो समाजको एक महत्त्वपूर्ण भाग हो र बहुसांस्कृतिक समाजमा यसको धेरै योगदान छ।’ –एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
इथियोपियाको ओरोमिया क्षेत्रमा ६० जना क्रिश्चियनको हत्या इथियोपियाली अर्थोडक्स तेवाहेदो चर्चको धर्मसभाले यो हत्यालाई आफ्ना नागरिकहरूमाथि गरिएको अत्यन्तै दुखद क्रूरता र पीडाको संज्ञा दिएको छ... मंगलबार, कात्तिक १०, २०८३
इजरायलमा निर्वाचन : बेन्जामिन नेतान्याहुका लागि परीक्षा मतदान केन्द्रहरू खुलेसँगै विभिन्न उमेर समूहका मतदाताहरूले देशको राजनीतिक नेतृत्व, आर्थिक चुनौती, जारी युद्ध र शान्तिको आवश्यकताबारे... मंगलबार, कात्तिक १०, २०८३
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतका निर्वाचन वा सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधली भएको प्रमाण उपलब्ध गराउने व्यक्... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्