• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २२, २०८३ Tue, May 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

क्यानडामा शिख नेताको हत्यामा भारत सरकारको हात?

64x64
नेपाल लाइभ मंगलबार, असोज २, २०८०  ०९:४१
1140x725
ब्रिटिस कोलम्बियाको सरेस्थित गुरुद्वारा अगाडि हरदीप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो (फाइल तस्बिर)

काठमाडौं– क्यानडा सरकारले ब्रिटिस कोलम्बिया राज्यमा १ जना शिख नेताको हत्यामा भारतीय सरकारको हात रहेको बताएको छ। गत जुन महिनाको १८ तारिख क्यानडाको ब्रिटिस कोलम्बियाको सरेस्थित गुरुद्वारा अगाडि हरदीप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो। 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्को‌ तल्लो सदन हाउस अफ कमन्समा एक बयान दिँदै निज्जरको हत्यामा भारतीय सरकारका जासुसहरु संलग्न रहेको विषयमा छानबिन भइरहेको बताए। ट्रुडोले भने, ‘क्यानाडाली सुरक्षा एजेन्सीहरूले क्यानाडाली भूमिमा क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्यामा भारतीय सरकारका जासुसहरू संलग्न रहेको ठोस आरोपको छानबिन गरिरहेका छन्। क्यानाडाली नागरिकको हत्यामा विदेशी सरकारको भूमिका हाम्रो सार्वभौमसत्ताको उल्लङ्घन हो, जुन स्वीकार गर्न सकिँदैन।’

भारत सरकारले निज्जरलाई आतंकवादी भन्दै आएको थियो र उनलाई आतंकवादी पृथकतावादी संगठनको नेताको रूपमा वर्णन गरेको छ। तर, निज्जरका समर्थकहरूले यसलाई पूर्ण रूपमा अस्वीकार गर्छन्। 

निज्जरको हत्यालाई लिएर ट्रुडोले भारत सरकारमाथि लगाएको गम्भीर आरोपले राजनीतिक क्षेत्रमा धेरै हलचल मच्चाएको छ। भारत र क्यानडाबीचको पहिलेदेखिकै तनावपूर्ण सम्बन्धलाई यो प्रकरणले थप बिग्रने अवसर सिर्जना गरेको छ। 

ट्रुडोले आफ्ना निकटतम् सहयोगीहरुलाई पनि यस घटनाक्रमबारे जानकारी गराएको बताएका छन्। जसमा बेलायतका प्रधानमन्त्री ऋषि सुनाक, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र अमेरिकी राष्ट्रपति जो बाइडेन रहेका छन्।

क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले यी आरोपमा कारबाही गर्दै भारतका वरिष्ठ कूटनीतिक अधिकारी पवनकुमार रायलाई देश निकाला गरेकी छन्। राय क्यानडामा भारतीय जासुसी एजेन्सी रिसर्च एण्ड एनालिसिस विंग (रअ)का प्रमुख थिए। जोलीले आरोपहरूको ‘समस्याग्रस्त र पूर्ण रूपमा अस्वीकार्य’ गम्भीरतालाई ध्यानमा राखेर कारबाही गरिएको बताएकी छन्।

देशका सार्वजनिक सुरक्षा मन्त्री डोमिनिक लेब्लान्कले रोयल क्यानाडियन माउन्टेड पुलिस (आरसीएमपी) ले हत्या प्रकरणको अनुसन्धान गरिरहेको र जिम्मेवार व्यक्तिहरूलाई कारबाही गरिने बताए। क्यानडा प्रहरीको एकीकृत हत्या अनुसन्धान टोली (एचआईटी) ले निज्जरको हत्याबारे अनुसन्धान गरिरहेको छ।

क्यानडाको विश्व सिख संगठनले ट्रुडोको आरोपको समर्थन गर्दै निज्जरले आफ्नो ज्यानमाथि खतरा भएको बारेमा भारतीय एजेन्सीहरूलाई जानकारी दिएको बताएको छ। संगठनले केही अन्य क्यानाडाली सिख नेताहरू भारतीय जासूस एजेन्सीहरूको कथित हिट लिस्टमा रहेको बताएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

ट्रुडोको आरोप भारत र क्यानडाबीचको सम्बन्ध तनावपूर्ण रहेको बेला आएको हो। हालै दिल्लीमा भएको जी–२० सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जस्टिन ट्रुडोबीचको भेट पनि यस्तै तनावपूर्ण वातावरणमा भएको थियो। त्यसबेला भारतले एक विज्ञप्ति जारी गरी क्यानडामा ‘भारत विरोधी गतिविधिहरू’बारे ‘धेरै चिन्तित’ रहेका बताएको थियो।

त्यसपछि क्यानाडाली प्रतिनिधिमण्डलसँग स्वदेश फर्किनुको सट्टा राष्ट्रिय सुरक्षा सल्लाहकार जोडी थोमस सिधै लण्डन पुगे। सरकारी स्रोतका अनुसार थोमसले घटनाबारे बेलायत सरकारलाई जानकारी गराएका थिए।

२ दिनअघि क्यानडा र भारतले अक्टोबरमा हुने व्यापार वार्ता स्थगित गरेका थिए। यी वार्ताका लागि क्यानडाका अन्तर्राष्ट्रिय व्यापारमन्त्री मेरी निगको नेतृत्वमा रहेको टोली ५ दिने भारत भ्रमणमा जाने भनिएको थियो। गत हप्ता मात्रै क्यानडाले उक्त यात्रा स्थगित गरेको खबर सार्वजनिक भयो। उक्त टोलीको भारत यात्रा स्थगित हुनुको कुनै कारण भने दिइएको छैन।

उता अमेरिकाले पनि यो घटनाप्रति चिन्ता व्यक्त गरेको छ। ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ता एड्रियन वाट्सनले एक विज्ञप्ति जारी गर्दै भनिन्, ‘हामी प्रधानमन्त्री ट्रुडोले लगाएको आरोपप्रति धेरै चिन्तित छौं। हामी हाम्रा क्यानाडाली साझेदारहरूसँग निरन्तर सम्पर्कमा छौं। यो आवश्यक छ कि क्यानाडाले यस मामिलाको छानबिन गरोस् र दोषीहरूलाई सजाय मिलोस्।’

अस्ट्रेलियाले पनि यस विषयमा टिप्पणी गरेको छ। अस्ट्रेलियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त घटनाप्रति चिन्ता व्यक्त गरिएको छ। स्थानीय समाचार च्यानल एसबीएसलाई पठाइएको एक विज्ञप्तिमा विदेश मन्त्री पेनी वोङले अस्ट्रेलिया उक्त घटनाप्रति अत्यन्तै चिन्तित रहेको बताएका छन्। उनले भने, ‘प्रत्येक देशले अन्य देशको सार्वभौमसत्ता, कानुन र व्यवस्थाको सम्मान गर्नुपर्छ भन्ने अस्ट्रेलिया विश्वास गर्छ। हामी यस विषयमा नजिकबाट नजर राखिरहेका छौं। हामीले भारतीय अधिकारीहरूलाई पनि आफ्नो चिन्ता व्यक्त गरेका छौं। हामीलाई थाहा छ अस्ट्रेलियाका केही समुदायहरू यी समाचारहरूबाट विचलित हुनेछन्। भारतीय समुदाय हाम्रो समाजको एक महत्त्वपूर्ण भाग हो र बहुसांस्कृतिक समाजमा यसको धेरै योगदान छ।’ –एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन
खुर्कोट–भकुन्डेबेँसी सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक
सम्बन्धित सामग्री
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि जना महिला यात्रीमा पछिल्लो सङ्क्रमण पुष्टि भएको जनाउदै उनले सङ्कमित महिलाको अप्रिल– २७ मा मृत्यु भइ सकेको उल्लेख गरेका छन् । मंगलबार, वैशाख २२, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित भवानीपुरमा उनलाई भारतीय जनता पार्टी (भाजपा) का सुवेन्दु अधिकारीले झन्डै १५ हजार १ सय ५ मतले हराएको भारतीय सञ्चारमाध्यम टेलिग्राफ इन्... मंगलबार, वैशाख २२, २०८३
यूएईको सरकारी तेल ट्यांकरमा आक्रमण, यूएईको सरकारी तेल ट्यांकरमा आक्रमण आक्रमणमा तीन जना भारतीय नागरिक घाइते भएका छन् भने देशकै प्रमुख तेल भण्डारण तथा बन्दरगाह क्षेत्रमा ठूलो आगलागी भएको छ। मंगलबार, वैशाख २२, २०८३
ताजा समाचारसबै
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन मंगलबार, वैशाख २२, २०८३
खुर्कोट–भकुन्डेबेँसी सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक मंगलबार, वैशाख २२, २०८३
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी मंगलबार, वैशाख २२, २०८३
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्