काठमाडौं– झापाको दमकमा दुई वटा नाटक मञ्चनको तयारीमा छन्।
गायक तथा लेखक गणेश रसिकको उपन्यास ‘आकाशगंगाको ओतमुनि’मा आधारित नाटक ‘झोडा’ असोज २५बाट मञ्चन हुनेछ। कथाकार इन्द्रबहादुर राईको कथा ‘जयामाया आफूमात्रै लिखापनी आईपुगी’मा आधारित अर्को नाटक असोज १२ गतेबाट मञ्चन हुनेछ।
नाटक ‘झोडा’लाई चेतन आङथुपोले परिकल्पना तथा निर्देशन गरेका छन्। उपन्यासलाई नाट्य रुपान्तरण भने सुमन लिङदेनले गरेका छन्। नाटकलाई सुरेश माङ्पाहाङ राईले निर्माण गरेका छन्।
किरात भवन रायालि सेवा संघको भवनमा नाटक असोज ३० गतेसमम्म मञ्चन हुनेछ।
त्यसैगरी ‘जयामाया आफूमात्रै लिखापनी आईपुगी’लाई जीवन बरालले निर्देशन गरेका छन्। कदम थिएटर दमकमा यो नाटक असोज २१ गतेसम्म मञ्चन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।