काठमाडौं– नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिना मुलुकको शोधनान्तर स्थिति र चालु खाता दुबै बचतमा गएको पाइएको छ।
आइतबार सार्वजनिक भएको राष्ट्र बैंकको प्रतिवेदनमा साउन महिनाको वित्तीय रिपोर्ट शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड रुपैयाँ बचत गरेको देखिएको हो। त्यस्तै चालू खाता १२ अर्ब ९९ करोड रुपैयाँ बचतमा गएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो शोधनान्तर स्थिति १९ अर्ब ७६ करोड रुपैयाँले घाटामा गएको थियो। त्यस्तै चालू खाता १५ अर्ब १३ करोड रुपैयाँ घाटामा थियो।
उक्त स्थितिबाट सुधार भएर बचततिर गएकाले अर्थतन्त्र सुधारतिर गएको राष्ट्र बैंकको दाबी छ। वैदेशिक लगानी २ अर्ब ६५ करोड रुपैयाँले धनात्मक भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।