complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

हलमा मात्रै फिल्म रिलिज गर्नुपर्छ भन्ने चलचित्र संघको निर्णयविरुद्ध निर्माताहरु

64x64
नेपाल लाइभ मंगलबार, असोज २४, २०७४  २१:२३
1140x725

काठमाडौं- सोमबार नेपालका हल तथा वितरकहरूको छाता संगठन चलचित्र संघले टेलिभिजन, अनलाइन लगायतका विद्युतीय सञ्चार माध्यम र हलमा एकै दिन रिलिज गर्ने नेपाली फिल्मलाई हलहरूमा नचलाउने निर्णय गर्योि। संघको यो निर्णयले केही समय शान्त देखिएका नेपाली फिल्म उद्योगका दुई पक्ष फेरि टकरावको अवस्थामा आइपुगेका छन्।

संघको उक्त निर्णय लगत्तै चलचित्र निर्माता संघले विरोध जनाएको छ। चलचित्र संघको विज्ञप्तिमा 'नेपाली फिल्म उद्योगलाई धरासयी हुनबाट जोगाउन चालेको कदम' भन्ने आशय व्यक्त गरिएको भए पनि अन्तर्यमा उसले आफ्ना सदस्यको व्यापारिक सुरक्षालाई मात्र ध्यान दिएको निर्माता संघका पदाधिकारीले बताएका छन्। चलचित्र संघको यो निर्णयलाई चलचित्र सम्बद्ध व्यक्तिहरू हलवालाहरूको 'दादागिरी' बताउँछन्। 

निर्देशक तथा समीक्षक नवीन सुब्बाले चलचित्र संघको निर्णय व्यापारिक कोणबाट स्वभाविक जस्तो लागे पनि मूलतः कठोर भएको प्रतिक्रिया दिएका छन्। उनले भने, 'यो नितान्त व्यापारिक निर्णय हो, तर एकदमै एक्सट्रिम भयो। यसलाई हतारिएर गर्नुपर्ने अवस्था थिएन। फिल्मकर्मीसँग बसेर दुवैलाई हित हुने किसिमले निष्कर्षमा पुग्न सकिन्थ्यो।'

संघको निर्णयलाई उनले 'कार्टेलिङ'को संज्ञा दिए। 'निर्माताको आफ्नो फिल्मलाई कहाँ चलाउने भन्ने व्यावसायिक स्वतन्त्रतालाई कस्ने काम भएको छ,' उनले भने, 'हलहरूले फिल्मको न्यूनतम लगानी ग्यारेन्टी गर्न नसक्ने अवस्थामा सिन्डिकेट चलाउन खोजेको देखियो। हलसँगै अन्य माध्यममा फिल्म रिलिज गर्ने निर्माताको निर्णयबाट अतालिनुपर्ने अवस्था थिएन।'

यस्तै, निर्देशक तथा समीक्षक मनोज पण्डितले जनताको स्वतन्त्रतामाथिको हस्तक्षेप भएकाले यसलाई समर्थन गर्न नसकिने बताएका छन्। उनी भन्छन्, 'देशभर हल नभएको अवस्थामा सबै जनताका लागि फिल्ममाथिको पहुँचलाई सीमित गर्ने उद्देश्यबाट निर्णय उत्प्रेरित छ।'

नेपाल चलचित्र निर्माता संघका महासचिव रोज राणाले हलवालाको यो निर्णयको प्रतिवाद गरिने प्रतिक्रिया दिएका छन्।

'हलवालाहरूको दादागिरी पहिलेदेखि नै नेपाली फिल्ममाथि रहँदै आएको छ। यो त्यसैको सिलसिला हो। निर्माताको व्यावसायिक सुरक्षामाथिको हस्तक्षेप हो। हामी यसविरूद्ध जुनकुनै हदसम्मको प्रतिकार गर्छौं,' उनले भने, 'हलमा फिल्म चलाउँदा होल्डओभर कम हुँदा फिल्म नचलाउने अधिकार हलवालासँग पहिले नै छ। यो नियम हुँदाहुँदै कुनै पनि निर्माताको फिल्म कहाँ र कुन माध्यममा चलाउने नचलाउने भन्ने अधिकारलाई रोक्न पाइँदैन।'

निर्माता राणाले आफ्नो पछिल्लो फिल्म 'मेरो पैसा खोइ' हल र डिस होममा एकसाथ रिलिज गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

रोजको जस्तै समान धारणा छ निर्माता सरोज न्यौपानेको। उनले चलचित्र संघको निर्णयलाई निर्मातालाई आफ्नो नियन्त्रणमा राखेर आफू अनुकुल व्यवसाय गर्ने अभिष्ट भनेका छन्। 

'कि हलवालाले हाम्रो फिल्मको मिनिमम ग्यारेन्टी गर्नुपर्योा, होइन भने यसरी कस्न पाइँदैन। मेरो फिल्म कहाँ चलाउने त्यो मेरो निर्णय हो। त्यसमाथि यस किसिमको रिलिजले व्यापारमा पाँच प्रतिशतको मात्र फरक पार्छ। हामीले होल्डओभरको नियम त मानिरहेकै छौं नि,' उनले थपे, 'पेलेर जाने संघको निर्णय हो भने, हामी त्यसै अनुसारको कडा प्रतिकारमा उत्रिन्छौं।'

चलचित्र संघको निर्णय नेपालले अपनाएको खुला बजार नीतिको प्रतिकुल देखिएको छ। नेपालको प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३ को दफा ३ मा ‘प्रतिस्पर्धात्मक वातावरणको प्रतिकुल बजार प्रवेशमा निषेध गरी एकाधिकार गर्न मिल्दैन’ भनिएको छ।

फिल्म समीक्षक यज्ञश यसलाई नेपालले अवलम्बन गर्दै आएको 'फ्रि मार्केट'को मर्मविपरित भएको बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'चलचित्र संघले आफ्नो व्यापारमा असर पर्ने देखिएपछि लिएको निर्णय हो यो। यसले हलवाला तथा निर्माता दुवैलाई हानी नै गर्छ। यस्तो गर्नुभन्दा कहाँ समीकरण नमिलेको हो, त्यसलाई मिलाउन ध्यान दिनुपर्छ।'

यस्तै, कार्तिक १७ गते 'फाटेको जुत्ता' रिलिज गर्न लागेका निर्माता अर्जुन कुमार कुनै पनि निर्माता आफ्नो लगानी जुनसुकै माध्यमबाट उठाउन स्वतन्त्र रहेको बताउँछन्। उनले गतिलो पैसा पाएको खण्डमा आफू पनि हलबाहेकका माध्यमबाट फिल्म रिलिज गर्न पछि नपर्ने बताए। 

'आजको दिनमा एउटा नेपाली फिल्मले सेम डे रिलिजका लागि ५० लाख वा बढीको रकम पाउनु सानो कुरा होइन। चलचित्र संघको निर्णय संसारमै कहीँ कतै नभएको निर्णय हो। यस्तो तानाशाही निर्णय स्वीकार्य छैन,' उनले भने, 'बरू ७ बजे नै रिलिज नगरी हलको समयसँगै रिलिज गर्नेगरी कुरा मिलाउन सकिन्छ। संघले भिड्नेभन्दा पनि मिल्ने कुरामा अगाडि बढ्नुपर्थ्यो।'

निर्देशक निश्चल बस्नेतले फिल्म भनेको हलमा नै चलाउने आफ्नो मान्यता भए पनि संघको निर्णय चित्त नबुझेको जनाएका छन्।

'नियमकै रूपमा ल्याउने निर्णय गर्न हुँदैन थियो। यो तातो निर्णय हो। यसमा संयमता हुनु जरूरी थियो। रोक्ने निर्णय ठीक होइन।'

निर्माता, समीक्षक तथा अन्य फिल्मकर्मीले चलचित्र संघको निर्णय नेपाली फिल्मको अहितमा भएको बताइरहँदा संघले भने संमग्र उद्योगको भविष्य र हितका लागि गरिएको निर्णय भनेर आफ्नो बचाउ गरेको छ।

संघका अध्यक्ष प्रदीपकुमार उदय भन्छन्, 'हामी वाध्य भयौं। यसरी नेपाली फिल्म रिलिज हुने हो भने, भोलि नेपाली हलमा हिन्दी फिल्म हेर्ने दर्शक मात्र आउँछन्। हिजोका दिनमा सांग्रिला च्यानलमा यसैगरी फिल्म रिलिज हुँदा नेपाली फिल्मका दर्शक घटेका थिए। यस्तो हुँदा नेपाली फिल्म हेर्न दर्शक नेपाली हलसम्म आउने बानी बन्द हुन्छ', उनको तर्क छ, 'यो निर्णय नेपाली फिल्मको हकहितकै लागि गरिएको हो। यस किसिमको रिलिज गैरकानुनी छ। वितरकसँग निर्माताले ६ महिनासम्म कुनै पनि डिजिटल माध्यममा फिल्म देखाउन नपाउने सम्झौता गरेका छन्। डिसहोम पनि डिजिटल माध्यम नै हो।'

चलचित्र निर्माता समेत रहेका उदयले यस किसिमको रिलिजका लागि ६ महिनाको सट्टा ३ साता वा २ सातामा रिलिज गर्ने समझदारी गर्न आफूहरू तयार रहेको बताए। उनले एकै दिन अन्य माध्यमबाट पनि रिलिज गर्न कुनै पनि हालतमा नमान्ने अडान राखेका छन्। 

'फिल्म भनेको हलमा देखाउने कुरा हो। अनलाइन, टिभी आदिमा देखाउने हो भने, त्यही अनुसारको घोषणा गरेर निर्माताहरू फिल्म बनाउन स्वतन्त्र छन्,' उनले भने।

चलचित्र संघको निर्णयको मारमा अभिनेत्री रेखा थापा निर्मित 'रूद्रप्रिया' पर्ने देखिएको छ। संघको निर्णयमा रेखाले आपति व्यक्त गरिसकेकी छन्। उनले आफ्नो फिल्म चाहेमा टुँडीखेलमा पनि देखाउन सकिने भन्दै संघले यस्ता किसिमका धम्की र तानाशाही निर्णय तत्काल फिर्ता गर्नुपर्ने माग गरेकी छिन्। रेखाले फिल्मको हल प्रदर्शन रोकिए त्यसविरूद्ध आवश्यक कानुनी कदम चाल्ने चेतावनी समेत दिएकी छिन्।

प्रकाशित मिति: मंगलबार, असोज २४, २०७४  २१:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्