काठमाडौं– सत्तारुढ ३ दलसहित ४ दल सम्मेलित समाजवादी मोर्चाको सुदूपश्चिम प्रदेशस्तरीय सन्देश स्थगित भएको छ। संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि सभा स्थगित भएको सभा व्यवस्थापक तथा नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम ईञ्चार्ज गरिमा शाहले जानकारी दिइन्।
समाजवादी मोर्चाले यसअघि भदौ १३ गते सुदूरपश्चिमको धनगढीमा सन्देश सभा गर्ने तय गरेको थियो। त्यतिबेला पनि मोर्चाभित्रको आन्तरिक असमझदारीका कारण सभा स्थगित भएको थियो।
मंगलबार तय भएको सन्देश सभा भने नेम्वाङको निधनको शोकमा स्थगित गरिएको शाहले जानकारी दिइन्।
नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता नेम्वाङको मंगलबार बिहान १:५० बजेतिर निधन भएको हो। हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्याइएका नेम्वाङलाई चिकित्सकहरुले मृत घोषित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।