• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमसीसीबारे फरकमत कायमै रहँदा समाजवादी मोर्चाको धनगढी सभा स्थगित

64x64
नेपाल लाइभ बुधबार, भदौ १३, २०८०  १३:४६
1140x725
मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चाको सन्देश सभा

काठमाडौं– समाजवादी मोर्चा नेपालको बुधबार धनगढीमा हुने भनिएको सन्देश सभा स्थगित भएको छ। सुदूरपश्चिम प्रदेशस्तरीय सो सभालाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरूले सम्बोधन गर्ने तय भएको थियो।

तर एमसीसीका सम्बन्धमा समाजवादी मोर्चामा रहेका दलहरूबीच फरकमत कायमै रहँदा सन्देश सभा स्थगित भएको नेताहरूले बताएका छन्। बुधबारदेखि नै अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनमा जाँदैछ। पाँच वर्षभित्र परियोजनाका काम सकिने छ। सम्झौता कार्यान्वयनको उद्‌घाटनमा सहभागी हुन एमसीसी मुख्यालयका कार्य सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आएका छन्। उपाध्यक्ष एलफोर्डले प्रधानमन्त्री प्रचण्डसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ।

तर सम्झौता कार्यान्वयनमा जाने दिन बिहान मात्रै बसेको मोर्चा आबद्ध दलहरूको बैठकमा यो विषयले प्रवेश पाएको थियो। त्यहाँ उत्पन्न असमझदारीकै कारण धनगढीको सभा भने स्थगित भएको नेताहरूले बताएका छन्।

नेकपा र अन्य दलबीच फरकमत बुधबार बसेको समाजवादी मोर्चाको अध्यक्ष मण्डलको बैठकमा प्रकट भएको थियो। सो बैठकमा प्रधानमन्त्री प्रचण्डले नेकपालाई एमसीसीविरुद्धको आन्दोलनबाट पछि हट्न आग्रह गरेका थिए। ‘बैठकको सुरुमै प्रधानमन्त्रीले एमसीसीविरुद्धको आन्दोनबाट पछि हट्न भन्नुभयो,’ नेकपाका नेता अनिल शर्मा विरहीले नेपाल लाइभसँग भने, ‘हामीले एमसीसीबाट पछि हट्न मिल्दैन भन्ने कुरा राख्यौँ। त्यसपछि केहीबेर छलफल भयो। निष्कर्षमा नपुगिने देखेपछि हामी बैठकबाट बाहिरियौँ।’

समाजवादी मोर्चामा आबद्ध चार पार्टीमध्ये नेकपा पूर्णरुपमा एमसीसीको विपक्षमा छ। माओवादी केन्द्र र एकीकृत समाजवादीको एक पक्ष सम्झौताको तीव्र विरोध गर्छ। जसपा यसबारे खासै बोलेको पाइँदैन। मुख्यतः सम्झौतालाई प्रतिनिधि सभाबाट अनुमोदन गर्न भूमिका खेलेका कारण र संसदीय राजनीतिका मुख्य खेलाडी भएका कारण नेकपाबाहेकका अन्य दलले संस्थागत रुपमा सम्झौताको विरोध भने गरेको पाइँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

धनगढीभन्दा अघिल्लो दिन अर्थात् मंगलबार बुटवलमा मोर्चाको सन्देश सभा आयोजना भएको थियो। त्यहाँ पनि प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष नेपाल र महासचिव विप्लवले यो विषयमा चर्चा गरेका थिए। सभामा विप्लवले कडा शब्दमा एमसीसीको विरोध जनाएका थिए। उनले एमसीसी जबर्जस्ती लाद्न खोजिएको भन्दै समाजवादी मोर्चाले लड्ने पनि बताए। ‘हामी छलफल गर्छौँ,’ उनले भनेका थिए।

नेपालले अझै पनि अनुचित प्रावधान रहे सम्झौता अस्वीकार गर्नुपर्ने र प्रधानमन्त्रीले त्यो विषय सार्वजनिक रुपमा भन्नुपर्ने बताएका थिए। उनले सम्झौता अनुमोदनसँग पारित गरिएको १२ बुँदे व्याख्यात्मक घोषणाको बचाउ गरेका थिए। प्रधानमन्त्री प्रचण्डले पनि व्याख्यात्मक घोषणाको बचाउ गरेका थिए। साथै उनले उपाध्यक्ष एलफोर्डसँग त्यसबारे सिधा भाषामा कुरा गर्ने बताएका थिए। ‘म त्यो व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाउने हो या होइन भन्ने कुरालाई सिधा भाषामा राख्नेछु,’ उनले भने, ‘त्यसपछि के गर्नुपर्छ, के हुन्छ भन्ने कुरा मोर्चामा सल्लाह गरेर गरिन्छ।’

नेकपाले भने एमसीसी कार्यान्वयन गर्न नदिनका लागि संघर्ष गर्ने बताउँदै आएको छ। सार्वजनिक सभाहरूमा पनि सो पार्टीका नेताहरूले एमसीसीका विरुद्धमा चर्का अभिव्यक्ति दिने गरेका छन्। मंगलबार मात्रै बुटवलमा विप्लवले त्यसको पुनरावृत्ति गरिसकेका छन्। विप्वलको कडा धारणाले सरकारमा रहेका र एमसीसी अनुमोदनमा भूमिका खेलेका दलका नेताहरूलाई असहज महसुस गराएको देख्न सकिन्थ्यो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

बुधबार बालुवाटारमा भएको छलफल मात्रै होइन, एमसीसीलाई लिएर ‍मोर्चामा आबद्ध चार दलबीच मतैक्य हुने सम्भावना भने तत्काललाई देखिँदैन। गत असार ४ गते समाजवादी मोर्चा घोषणा हुँदा एमसीसीबारेको साझा बुझाइका सन्दर्भमा आशंका व्यक्त भएको थियो। तर त्यस दिन सार्वजनिक सहमतिपत्रमा यस विषयमा केही उल्लेख थिएन।

२०७४ भदौमा अर्थ मन्त्रालय र एमसीसीबीच सम्झौता भएको थियो। त्यसलाई २०७८ फागुन १५ गते प्रतिनिधि सभाले अनुमोदन गरेको थियो। सम्झौता अनुमोदन गर्दा १२ बुँदे व्याख्यात्मक टिप्पणी पनि गरिएको थियो। जसप्रति अमेरिकी पक्षले सहमति जनाइसकेको छ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्र... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्... मंगलबार, कात्तिक १०, २०८३
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै ओलीले देवताहरूको जन्मसम्बन्धी प... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्