• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २९, २०८३ Mon, Jul 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमसीसीबारे फरकमत कायमै रहँदा समाजवादी मोर्चाको धनगढी सभा स्थगित

64x64
नेपाल लाइभ बुधबार, भदौ १३, २०८०  १३:४६
1140x725
मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चाको सन्देश सभा

काठमाडौं– समाजवादी मोर्चा नेपालको बुधबार धनगढीमा हुने भनिएको सन्देश सभा स्थगित भएको छ। सुदूरपश्चिम प्रदेशस्तरीय सो सभालाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरूले सम्बोधन गर्ने तय भएको थियो।

तर एमसीसीका सम्बन्धमा समाजवादी मोर्चामा रहेका दलहरूबीच फरकमत कायमै रहँदा सन्देश सभा स्थगित भएको नेताहरूले बताएका छन्। बुधबारदेखि नै अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनमा जाँदैछ। पाँच वर्षभित्र परियोजनाका काम सकिने छ। सम्झौता कार्यान्वयनको उद्‌घाटनमा सहभागी हुन एमसीसी मुख्यालयका कार्य सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आएका छन्। उपाध्यक्ष एलफोर्डले प्रधानमन्त्री प्रचण्डसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ।

तर सम्झौता कार्यान्वयनमा जाने दिन बिहान मात्रै बसेको मोर्चा आबद्ध दलहरूको बैठकमा यो विषयले प्रवेश पाएको थियो। त्यहाँ उत्पन्न असमझदारीकै कारण धनगढीको सभा भने स्थगित भएको नेताहरूले बताएका छन्।

नेकपा र अन्य दलबीच फरकमत बुधबार बसेको समाजवादी मोर्चाको अध्यक्ष मण्डलको बैठकमा प्रकट भएको थियो। सो बैठकमा प्रधानमन्त्री प्रचण्डले नेकपालाई एमसीसीविरुद्धको आन्दोलनबाट पछि हट्न आग्रह गरेका थिए। ‘बैठकको सुरुमै प्रधानमन्त्रीले एमसीसीविरुद्धको आन्दोनबाट पछि हट्न भन्नुभयो,’ नेकपाका नेता अनिल शर्मा विरहीले नेपाल लाइभसँग भने, ‘हामीले एमसीसीबाट पछि हट्न मिल्दैन भन्ने कुरा राख्यौँ। त्यसपछि केहीबेर छलफल भयो। निष्कर्षमा नपुगिने देखेपछि हामी बैठकबाट बाहिरियौँ।’

समाजवादी मोर्चामा आबद्ध चार पार्टीमध्ये नेकपा पूर्णरुपमा एमसीसीको विपक्षमा छ। माओवादी केन्द्र र एकीकृत समाजवादीको एक पक्ष सम्झौताको तीव्र विरोध गर्छ। जसपा यसबारे खासै बोलेको पाइँदैन। मुख्यतः सम्झौतालाई प्रतिनिधि सभाबाट अनुमोदन गर्न भूमिका खेलेका कारण र संसदीय राजनीतिका मुख्य खेलाडी भएका कारण नेकपाबाहेकका अन्य दलले संस्थागत रुपमा सम्झौताको विरोध भने गरेको पाइँदैन।

nimb
nimb
Ncell 2
Ncell 2

धनगढीभन्दा अघिल्लो दिन अर्थात् मंगलबार बुटवलमा मोर्चाको सन्देश सभा आयोजना भएको थियो। त्यहाँ पनि प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष नेपाल र महासचिव विप्लवले यो विषयमा चर्चा गरेका थिए। सभामा विप्लवले कडा शब्दमा एमसीसीको विरोध जनाएका थिए। उनले एमसीसी जबर्जस्ती लाद्न खोजिएको भन्दै समाजवादी मोर्चाले लड्ने पनि बताए। ‘हामी छलफल गर्छौँ,’ उनले भनेका थिए।

नेपालले अझै पनि अनुचित प्रावधान रहे सम्झौता अस्वीकार गर्नुपर्ने र प्रधानमन्त्रीले त्यो विषय सार्वजनिक रुपमा भन्नुपर्ने बताएका थिए। उनले सम्झौता अनुमोदनसँग पारित गरिएको १२ बुँदे व्याख्यात्मक घोषणाको बचाउ गरेका थिए। प्रधानमन्त्री प्रचण्डले पनि व्याख्यात्मक घोषणाको बचाउ गरेका थिए। साथै उनले उपाध्यक्ष एलफोर्डसँग त्यसबारे सिधा भाषामा कुरा गर्ने बताएका थिए। ‘म त्यो व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाउने हो या होइन भन्ने कुरालाई सिधा भाषामा राख्नेछु,’ उनले भने, ‘त्यसपछि के गर्नुपर्छ, के हुन्छ भन्ने कुरा मोर्चामा सल्लाह गरेर गरिन्छ।’

नेकपाले भने एमसीसी कार्यान्वयन गर्न नदिनका लागि संघर्ष गर्ने बताउँदै आएको छ। सार्वजनिक सभाहरूमा पनि सो पार्टीका नेताहरूले एमसीसीका विरुद्धमा चर्का अभिव्यक्ति दिने गरेका छन्। मंगलबार मात्रै बुटवलमा विप्लवले त्यसको पुनरावृत्ति गरिसकेका छन्। विप्वलको कडा धारणाले सरकारमा रहेका र एमसीसी अनुमोदनमा भूमिका खेलेका दलका नेताहरूलाई असहज महसुस गराएको देख्न सकिन्थ्यो।

बुधबार बालुवाटारमा भएको छलफल मात्रै होइन, एमसीसीलाई लिएर ‍मोर्चामा आबद्ध चार दलबीच मतैक्य हुने सम्भावना भने तत्काललाई देखिँदैन। गत असार ४ गते समाजवादी मोर्चा घोषणा हुँदा एमसीसीबारेको साझा बुझाइका सन्दर्भमा आशंका व्यक्त भएको थियो। तर त्यस दिन सार्वजनिक सहमतिपत्रमा यस विषयमा केही उल्लेख थिएन।

२०७४ भदौमा अर्थ मन्त्रालय र एमसीसीबीच सम्झौता भएको थियो। त्यसलाई २०७८ फागुन १५ गते प्रतिनिधि सभाले अनुमोदन गरेको थियो। सम्झौता अनुमोदन गर्दा १२ बुँदे व्याख्यात्मक टिप्पणी पनि गरिएको थियो। जसप्रति अमेरिकी पक्षले सहमति जनाइसकेको छ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुवेत र इराकमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन दूतावासको आग्रह
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति
कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा स्थानान्तरण
सम्बन्धित सामग्री
‘मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारको प्राथमिकता’ : मन्त्री चौधरी चितवन भ्रमणका क्रममा प्रभावित परिवारसँग भेट गर्दै उनले द्वन्द्व न्यूनीकरणका लागि आवश्यक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने उल्... आइतबार, असार २८, २०८३
विमानस्थलको निषेधित क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईँलाई प्रहरीले घर पठायो जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार प्रसाईँले विमानस्थल परिसरमै सार्वजनिक कार्यक्र... आइतबार, असार २८, २०८३
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे उनले सुकुमबासीको सुरक्षित व्यवस्थापन गर्ने भन्दै प्रधानमन्त्री बालेनले गरेको सार्वजनिक प्रतिबद्धताप्रति पनि प्रश्न उठाएका छन् । आइतबार, असार २८, २०८३
ताजा समाचारसबै
कुवेत र इराकमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन दूतावासको आग्रह आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा स्थानान्तरण आइतबार, असार २८, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
‘मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारको प्राथमिकता’ : मन्त्री चौधरी आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्‍यो आक्रमण आइतबार, असार २८, २०८३
नेपालले दियो २०० रनको लक्ष्य, साना-सावित्राको 'कीर्तिमानी' ब्याटिङ आइतबार, असार २८, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्