• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

१० वर्ष यताको कृषि: खेतीयोग्य जमिन घट्दै, कृषिमा आश्रित परिवार बढ्दै

64x64
नेपाल लाइभ आइतबार, भदौ २४, २०८०  १५:१३
1140x725

काठमाडौं- सातौं कृषि गणना- २०७८ को तथ्यांकले ६२ प्रतिशत घर-परिवार कृषिमा आश्रित देखाउँछ। तर कृषियोग्य जमिन भने घट्दो क्रममा रहेको छ। बिहीबार सार्वजनिक भएको सो तथ्यांकअनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा खेती हुन्छ। २०६८ सालको तुलनामा कृषियोग्य जमिन ३ लाख ८ हजार हेक्टरले घटेको देखिएको छ। अघिल्लो कृषि गणनाको तथ्यांकअनुसार २५ लाख ३१ हजार हेक्टर जमिनमा खेती हुन्थ्यो। 

खेती हुने जमिन घटे पनि कृषिमा आश्रित हुने परिवारको संख्या भने बढेको छ। कृषि गर्ने परिवारको संख्या ३ लाखले वृद्धि भएको छ। देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन्। २०६८ को तथ्यांकमा कृषिमा आबद्ध परिवारको संख्या ३८ लाख ३१ हजार थियो।

कृषि प्रधान देशमा खेतीयोग्य जमिन घट्नु तर खेतीपातीमा आश्रित परिवार संख्या बढ्नु कृषिमा ठूलो समस्या रहेको पूर्व कृषि सचिव योगेन्द्रबहादुर कार्की बताउँछन्। ‘कृषियोग्य जमिन घट्नु भनेको कृषिजन्य वस्तुको उत्पादन घट्दै जानु हो। कृषिमा आश्रित परिवार चाहिँ बढेको देखिन्छ। यो नकारात्मक पक्ष हो,’ कार्कीले भने। 

अन्य देशको कृषि हेर्ने हो भने इजराइलमा २.५० प्रतिशतले, अमेरिकामा ३ प्रतिशतले, दक्षिण कोरियामा ३ प्रतिशतले जापानमा ४ प्रतिशतले कृषि गरेका छन् र संसारभरि निर्यात गरिरहेका छन्। तर नेपालमा ठूलो जनसंख्या कृषिमा लागेर पनि नाफामूलक हुन नसक्दा नेपालको कृषि व्यावसायिक नभएको कार्की बताउँछन्। 

२०६८ को भन्दा २०७८ मा कुल जनसंख्या कम रहेको छ। तर कृषिमा आश्रित परिवार भने बढेको देखिन्छ। यस्तै प्रति कृषक परिवारको जग्गाको क्षेत्रफल पनि घटेको देखिएकाले कृषि क्षेत्र नकारात्मक दिशातिर गएको कार्कीको भनाइ छ। 

२०७८को कृषि गणनाअनुसार प्रति कृषक जग्गाको संख्या १ करोड १५ लाख ८३ हजार ९५० र प्रति कृषक परिवार कित्ता संख्या २.८ देखाएको छ। अघिल्लो कृषि गणनाले संख्या क्रमशः १ करोड २० लाख ९६ हजार ४१७ र ३.२ रहेको देखाएको थियो।

कृषि गणना २०७८ अनुसार अधिकांश ८८ प्रतिशत कृषक परिवारको मुख्य कृषि उत्पादन र क्रियाकलाप खाद्यान्न बाली रहेको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः तरकारी बाली ६ प्रतिशत र पशुपालन ३ प्रतिशत रहेको देखिन्छ। तर यी वस्तु स्वदेशी उत्पादनले नपुगेर बाहिरबाट ल्याउनुपर्ने दुःखद अवस्था रहेको कार्की बताउँछन्।

यस्तै, आफ्नो कृषि कार्यबाट भएको सबै उत्पादन घरायसी उपभोगको लागि हो भनी बताउने कृषक परिवार ६८.८ प्रतिशत छन्। सबै बिक्रीको लागि हो भनी बताउने १.१ प्रतिशत मात्रै छन्। मुख्यतः घरायसी उपभोग र केही बिक्रीको लागि हो भनी बताउने २४.७ प्रतिशत र मुख्यत: बिक्री र केही घरायसी उपभोगका लागि हो भनी बताउने ५.४ प्रतिशत रहेको देखिएको छ। यसर्थ नेपालमा प्रविधि मैत्री कृषि नहुँदा उत्पादकत्व बढ्न नसकेको र किसानले आफ्नो जीविकोपार्जनका लागि मात्रै कृषि गरेको देखिएको कार्कीको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘नेपालमा धेरैजसो खेतीपाती आफ्नो जीविकोपार्जनका लागि मात्रै हुने गरेको छ। प्रविधिमैत्री व्यवसायमुखी कृषि हुन सकेको छैन। कृषिमा प्रविधि भएन भने उत्पादन बढ्न सक्दैन,’ कार्कीले भने।

कृषि कर्जा लिने ११.७ प्रतिशत छन् अघिल्लो कृषि गणनामा २१.८ प्रतिशत रहेका थिए। जसअनुसार कर्जा लिनेको संख्या पनि घटेको छ। कृषि बीमा गर्ने पनि ४.४ प्रतिशत मात्रै छन्। ७.५ प्रतिशतले मात्रै कृषि अनुदान पाएको २०७८को कृषि गणनाले देखाएको छ।

यति मात्र नभएर कृषिका समग्र क्षेत्रमा समस्या देखिएको पूर्व कृषि सचिव योगेन्द्रबहादुर कार्की बताउँछन्। १० वर्षको अन्तरालमा कृषिमा सुधार नदेखिएको उनको भनाइ छ। 

‘१० वर्षसम्ममा पनि कृषिमा खासै सुधार देखिएन। कृषि क्षेत्रको समग्र क्षेत्रमा समस्या देखिएको छ,’ कार्कीले भने।

Xtrem

Xtrem

कसरी सुधार गर्ने?
कृषि क्षेत्रको सुधारका लागि सरकारले स्थानीय सरकारसँग मिलेर काम गर्नुपर्ने कार्कीले बताए। किसानलाई कृषि पेसामा आकर्षित गर्नका लागि सरकारले सबैभन्दा पहिला किसानलाई समयमा मल र बिउको उपलब्ध गरिदिनुपर्ने उनको भनाइ छ।  सरकारले सहजै कर्जा, अनुदान र राहतको व्यवस्था गरिदिनुपर्ने उनको भनाइ छ। किसानले सहजरुपमा कर्जा नपाउँदा कृषि क्षेत्रमा समस्या भएको उनी बताउँछन्।

कृषिका नाममा लगानी भएको कर्जा कहाँ, कसले,कसरी लगानी गर्‍यो र के/कति आम्दानी भयो भएन भन्नेबारे सरकारले लेखाजोखा गर्नु पर्ने उनको भनाइ छ। 

‘कृषि क्षेत्रमा लगानी भएको भनिएको कर्जा कृषि क्षेत्रकै लागि खर्च भएको छ कि अन्यत्र भएको भन्नेबारे सरकारले खोजी गर्नुपर्छ। कृषिका लागि भनेर कर्जा दिने तर कहाँ लगानी भयो भन्नेबारे बेवास्ता गर्नाले कृषि क्षेत्रमा असर देखिएको छ। कृषिमा भनेर ऋण दिएर मात्र हुँदैन। के-कति कृषि उपज उतपादन भएको छ भन्नेबारे पनि सरकारले ध्यान दिनुपर्ने हुन्छ,’ कार्कीले भने।

किसानले उत्पादन गरेका कृषि उपज सहजै बिक्री गर्नका लागि स्थानीय स्तरमै बजार व्यवस्थापन तथा शीत भण्डारको व्यवस्था गरिदिनुपर्ने कार्की बताउँछन्।

‘अहिले किसानले उत्पादन गरेको कृषि उपज सजिलै बजारमा लगेर बिक्री गर्ने बजार छैन। त्यसलाई केही दिन भण्डारण गर्नका लागि भण्डार गृह, शीत भण्डार गृह छैन। कृषिलाई व्यवस्थित गर्नका लागि स्थानीय तहले नै सरकारसँग समन्वय गर्नुपर्छ,’ कार्कीले भने।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १५:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो
बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार
बूढीगण्डकी बाढी : मुग्लिनमा सतर्क रहन प्रहरीले माइकिङ गर्दै
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
रुसी आक्रमणमा कम्तीमा २० जनाको मृत्यु, तीन बालबालिका पनि मारिए आइतबार, असोज २५, २०८३
सन्न्यासपछि मेसीको २ गोल आइतबार, असोज २५, २०८३
बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : मुग्लिनमा सतर्क रहन प्रहरीले माइकिङ गर्दै आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्