एजेन्सी- अफ्रिकी देश मोरक्कोमा शक्तिशाली भूकम्प गएको छ।
भूकम्पका कारण २९६ जनाभन्दा बढीको मृत्यु भएको छ। सयाैँ घाइते भएकाेमा १५३ जनाकाे अवस्था गम्भीर रहेकाे छ।
भूकम्पकाे केन्द्रविन्दु माराकेसबाट दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेन रहेको अन्तर्राष्ट्रिय एजेन्सीले जनाएका छन्। यूएएस जिओलोजिकल सर्भेका अनुसार भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको छ ।
भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएको छ। भग्नावशेषमा फसेका मानिसहरुलाई उद्दार गर्न उद्दार कार्य भइरहेको छ। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको बीबीसीले जनाएकाे छ।
शक्तिशाली भूकम्प गएपछि मानिसहरु आत्तिएर घरबाट भागेकाे भिडियाे सार्वजनिक भएकाे छ। भूकम्पले ऐतिहासिक भवनमा ठूलो क्षति पुर्याएको छ भने विद्युत् कटौती पनि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।