• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मेडिकल शिक्षा बारे सिटिइभिटी र चिकित्सा शिक्षा आयोगबीच विवाद, मर्कामा विद्यार्थी

64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, भदौ २२, २०८०  ०८:०९
1140x725

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र राष्ट्रिय चिकित्सा शिक्षा आयोगबीचको विवादका कारण स्वास्थ्य तर्फका प्राविधिक विषय अध्ययन गर्न चाहने  विद्यार्थीहरु प्रत्यक्ष रुपमा मर्कामा परेका छन्।

सिटिइभिटी र चिकित्सा शिक्षा आयोगबीचको भर्नासम्बन्धी विवादका कारण भर्नाका लागि आवेदन दिएका ७० हजार विद्यार्थीको भविष्य अन्योल बनेको छ। परीक्षामा सफल भएकाहरुमध्ये प्राविधिकि शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)अन्तर्गत मेडिकल, पारामेडिकल, इन्जिनियरिङ्ग लगायतका प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीले समयमा प्रवेश परीक्षासमेत दिन पाएनन्। प्रवेश परीक्षाको लागि फाराम भरेर प्रवेशपत्र लिएका ४५ स्वास्थ्य शिक्षालयमा चिकित्सा शिक्षा आयोगले भर्ना रोकेपछि विद्यार्थीहरु थप पीडित बनेका छन्।

उक्त विवादको विषयलाई लिएर बिहीबार प्रतिनिधि सभा अन्तर्गत गठित शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल सुरु गरिएको छ। शिक्षा समितिमा परेका उजुरीका आधारमा चिकित्सा शिक्षा आयोग, सिटिइभिटीका पदाधिकारी र शिक्षामन्त्री सहितका सरोकारवाला निकायबीच छलफल भएको छ। उक्त समितिमा नर्सिङ शिक्षाको विवाद, सिटिइभिटी र चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकार लगायतका विवादहरुमाथि छलफल भएको छ।

क्षेत्राधिकार र कानुनी विवाद
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले चिकित्सा शिक्षा आयोगले सिटिइभिटीको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए। उनले भने, ‘हामी कसैले कसैलाई तुलना गर्न मिल्दैन। हामी सबैले जनता र देशका लागि काम गर्ने हो। चिकित्सा शिक्षा ऐन ०४५ जारी संस्था हो। सीटीभीइटी पनि २०४५ मा सञ्चालित संस्था हो। दुईवटै आधिकारिक निकाय हुन्’, उनले भने, ‘तर पनि हाम्रोबीचमा विवाद छ। यस विषयमा के ठीक, के बेठिक? के सैद्धान्तिक हो भन्ने विषयमा सांसद ज्यूहरुले मूल्यांकन गरिदिनुहुनेछ। सोही अनुसार आफ्नो धारणा बनाएर विवाद मिलाइदिनुहुनेछ भन्ने विश्वास लिएको छु।’ 

उनले व्यक्तिगत विवादभन्दा पनि ऐन संगत विवाद भएको टिप्पणी गरे। उनले भने, ‘यो ऐन विवादकै कारण सिटिइभिटीको बुझाई एउटा र चिकित्सा शिक्षा आयोगको बुझाई अर्को हुने भयो। लामो सयमदेखि हाम्रो बुझाईमा एक रुपता हुन सकेन। त्यसै कारणले बेला बेलामा हाम्रा कामहरुमा विवाद देखिरहने भयो।’ उनले १८ महिने सिएमए र अनमी जस्ता कार्यक्रमहरु बन्द हुन पुगेको बताए। 

उनले चिकित्सा शिक्षा नियमावलीमा सिटिइभिटीको कुनै पनि विषय नसमेटिएकाले आफ्नो संस्थाको कुनै दोष नभएको स्पष्ट पारे। उपाध्यक्ष अधिकारीले चिकित्सा शिक्षा आयोगले सिटिइभिटीलाई आफ्नो मातहतमा बस्नुपर्ने बुझाई रहेको आरोप लगाए।

उनले भने, ‘आंशिक रुपमा सिटिइभिटीको अधिकार हामीसँग छ। आंशिक रुपमा चिकित्सा शिक्षा आयोगको अधिकार उसैसँग छ। तर चिकित्सा शिक्षा आयोगको बुझाई भनेको सतप्रतिशत नियमनको भूमिका हामीसँग रहन्छ। हामीले जे–जे निर्देशन दिन्छौं। सोको पालना हुनुपर्छ। यही बुझाईका कारण हामीबीच विवाद रह्यो।’

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरीले शिक्षाको गुणस्तर कायम गर्न, सर्वसाधरणको पहुँच कायम गर्न, शुल्क नियन्त्रण गर्न र पठपाठनको गुणस्तर कायम गर्नका लागि राष्ट्रिय शिक्षा ऐन आएको स्पट पारे।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, ‘सिटिइभिटीसँग धेरै कार्यक्रममा हामीले सहकार्य गरेका छौं। अहिले आएर ऐनको विषयमा द्वन्द्व देखिएको छ। चिकित्सा शिक्षा आयोगले यसबारेमा सिटिइभिटीलाई सोध्यो, तपाईंहरु के आधारमा अगाडि बढ्नु भयो? कुन नियम कानुन अनुसार अघि बढ्नु भयो भन्दा त्यसको लिखित जवाफ के आयो भने–हाम्रो छुट्टै ऐन छ। त्यस कारण हामीहरुले निर्देशन मान्न बाध्य छैनौं।’ 

उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन अहिले भए गरेका ऐन कानुन बेगर नगएको स्पष्ट पारे। उनले भने, ‘उच्च तहको ऐन आएर सबैलाई नियन्त्रण गर्ने, आ–आफ्नो ऐन अनुसार चल्ने हो भने आज नै चिकित्सा शिक्षालाई बिदा दिनुहोस्।’

उनले नेपालका विषयगत काउन्सिलमा दर्ता नभएर चिकित्सा शिक्षा अध्ययनका लागि बाहिर जान नसकिने स्पष्ट पारे। सिटिइभिटीले आफ्ना आंगिक कार्यक्रमका रुपमा आवश्यकताहरुलाई मध्यनजर गर्दै स्वास्थ्य जनशक्तिमा जोड दिनुपर्ने बताए। डा गिरीले कुन बाटोमा जानु पर्ने हो भन्ने विषयमा स्पष्ट हुनका लागि आवश्यक ऐन कानुनहरु निर्माण गर्नु पर्नेमा जोड दिए।

७३ वटा शिक्षालयमा नर्सिङ पढाइ अवरुद्ध 
स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका महासचिव सह प्राध्यापक निर्मल सापकोटाले नेपालमा शैक्षिक सत्र २०७९/०८० मा १२ हजार विद्यार्थीहरुले नर्स अध्ययन गर्नका लागि प्रवेश परीक्षा उत्तीर्ण गरेर पर्खिरहेको बताए। प्रवेश परीक्षा पास भएकाहरुको तुलनामा १,८४० सिट मात्रै भर्ना क्षमता रहेको स्पष्ट पारे। 

Xtrem

Xtrem

थप २,९२० सिट पढाउने क्षमतासहितका विगत ०५६ सालदेखि सञ्चालनमा रहेका ७३ वटा शिक्षालयहरु कानुनको फरक बुझाईका कारण भर्ना प्रक्रिया अवरुद्ध रहेको सापकोटाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ।

कोभिड १९ को महामारीको समयमा भएको लकडाउनकै बीचमा ०७८ सालदेखि ७३ शैक्षिक संस्थामा भर्ना अवरुद्ध गरिएको सह प्राध्यापक सापकोटाको भनाइ थियो। 

भर्ना अवरुद्ध भएका उक्त शैक्षिक संस्थाहरु चालु आव ०७९/०८० सम्म कम्पनीमा अध्यावधि रहेका छन्। उनीहरुले प्रयोगात्मक परीक्षाका लागि एक सय शय्याका अस्पतालसँग सम्झौता अत्यावधिसमेत गरेका छन्।

विद्यार्थी विदेशिने र कर्मचारीहरुको रोजगारी गुम्ने डर
शिक्षण संस्था बन्द हुँदा विद्यार्थीहरु अध्ययनका लागि विदेशिने र शिक्षक तथा कर्मचारीहरुको रोजगारी गुम्ने उत्तिकै डर छ। नर्सिङको प्रवेश पत्र उत्तीर्ण गरेका १२ हजार विद्यार्थीमध्ये १,८४० जना (१५.३३ )प्रतिशत विद्यार्थी मात्रै देशभित्रै अध्ययन गर्न पाउने देखिन्छ। बाँकी १० हजार १६० जना अध्ययनकै लागि विदेशिने वा अन्य विषय पढ्न बाध्य हुने सापकोटाको भनाइ छ। 

जसका कारण ७५७ जना कर्मचारी तथा शिक्षक, शिक्षिकाहरुको रोजगारी गुम्ने जोखिम रहेको छ। अर्बौं लगानी रहेका कलेजका पूर्वाधारहरुसमेत जोखिमका पर्ने देखिन्छन।

नेपालमा स्वास्थ्य जनशक्तिको अवस्था कस्तो छ? 
चिकित्सा शिक्षा आयोगका अनुसार हाल नेपालमा मेडिकल चिकित्सक २७ हजार ८ सय ५ जना र दन्त चिकित्सक ४ हजार ४ सय १३ जना नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन्। त्यसैगरी नर्सिङतर्फ विशेषज्ञ नर्स १ हजार ३ सय २६ जना, नर्स ७३ हजार ८ सय ८९ जना, मिडवाइफ ५१ जना र अनमी ३७ हजार १ सय ८३ जना नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका छन्। नेपाल आयुर्वेद चिकित्सा परिषद्‌मा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ५ हजार ६ सय १५ रहेको छ।

हाल सरकारी सेवामा डाक्टर ६ हजार १ सय ३८ जना, नर्स र अनमी २७ हजार ६ सय ८३ जना, कविराज ६ सय ७४ जना, वैद्य ६ सय ९३ जना र स्वास्थ्य सहायक १५ हजार ८ सय ९६ जना जनशक्ति रहेका छन्।

भारत र पाकिस्तानको जस्तो द्वन्द्व सुल्झाउन सांसदको सुझाव
समितिको बैठकमा बोल्दै कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले सिटिइभिटी र चिकित्सा शिक्षा आयोगबीच पाकिस्तान र भारतको जस्तो द्वन्द्व देखिएको बताए। उनले भने, ‘चिकित्सा शिक्षा र सीटीइबीच भारत–पाकिस्तान जस्तो देखियो। तपाईंहरुको तर्क सुन्दा वकिल जस्तो लाग्यो। यस विषयमा शिक्षामन्त्रालयले नीतिगत रुपमा स्पष्ट निर्देशन दिएर सुधार गर्नुपर्छ।’ 

त्यसैगरि पूर्व शिक्षामन्त्री एवम् माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कोभिडको समयमा चिकित्सा शिक्षा लचिलो नभएको आरोप लगाए। उनले कानुन संशोधन गरेर समस्याको हल गर्नुपर्ने सुझाव दिए। रास्वपा सांसद सुमना श्रेष्ठले यो विषय शिक्षा मन्त्रालयको मात्रै नभएर स्वास्थ्यमन्त्री सहितका सरोकारवाला निकायहरुबीच व्यापक रुपमा छलफल गरेर टुंग्याउनुपर्ने सुझाव दिइन्।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
एआइजी बंशीराज दाहाल बर्खास्त गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको जानकारी दिएको हो। शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले नेम्वाङ र राईलाई पक्राउ गर्न पुर्जी जारी गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध... शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा शुक्रबार जोशी र पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको ह... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्