• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

हुन्डी कारोबारमा जोडिएका एसएसपीलाई चोख्याउने खेल, ‘छानबिन’ सुरु भएपछि उल्टै ४ दिनको बिदा

गृह मन्त्रालयको सन्देहजनक मौनता
64x64
नारायण अधिकारी बिहीबार, भदौ २१, २०८०  १७:२२
1140x725

काठमाडौं– हुन्डी कारोबारमा प्रत्यक्ष जोडिएका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) बेलबहादुर पाण्डेमाथिको अनुसन्धान कर्मकाण्डी मात्रै बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख हुँदा पाण्डे हुन्डी कारोबारमा संलग्न रहेको विषय नेपाल लाइभले प्रमाणसहित प्रकाशमा ल्याएको थियो। 

‘आफूनिकट’ विभिन्न व्यक्तिको बैंक खाता दिएर एसएसपी पाण्डेले पर्साका हुन्डी कारोबारीलाई पैसा जम्मा गर्न लगाएको पुष्टि हुने अडिओ प्रमाणसहित समाचार प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको थियो। तर उक्त समिति पाण्डेमाथि अनुसन्धान गर्न भन्दा पनि उनलाई ‘चोख्याउन’का लागि बनेको पछिल्ला केही दृष्टान्तले देखाएको छ।   

प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार पाण्डेमाथि छानबिन गर्न डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ। समिति गठन भएको १ साताभन्दा बढी भइसकेको छ। तर समितिले काम नै सुरु गरेको छैन। 

नेपाल लाइभले सार्वजनिक गरेको अडिओ प्रमाणमा पाण्डेले पर्साका हुन्डी कारोबारी राज होजियारी भनिने राज साहसँग दिनेश नाम गरेका व्यक्तिको खातामा रकम जम्मा गर्न लगाएको सुनिन्छ। राज साहले ‘पाँचको चेक’ डिपोजिट गरिसकेको र ‘चालिसको चेक भोलि डिपोजिट’ गर्ने भनेको अडिओमा प्रस्ट सुनिन्छ। 

यो पनि पढ्नुहोस

EXCLUSIVE: हुन्डी कारोबारमा जोडिए एसएसपी पाण्डे, दिनेशको खातामा रकम हाल्न लगाएर ‘लाइन खुला’ [अडिओसहित]

देशको अर्थतन्त्र ओरालो लाग्नुको मुख्य कारणमध्ये एक मानिएको हुन्डी कारोबारका नाइकेसँगको साँठगाँठ जनाउने संवाद सार्वजनिक भइसक्दा पनि एसएसपी पाण्डेविरुद्ध प्रहरी प्रधान कार्यालयले उचित कारबाही अगाडि बढाएको छैन। 

हुन्डी कारोबारलाई अवैध विदेशी विनिमयका रुपमा लिइन्छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ ले अवैध विदेशी विनिमयलाई दण्डनीय मानेको छ। अवैध विदेशी विनिमय (हुन्डी) कारोबार गर्नेलाई बिगो जफत गरी बिगोको ३ गुणासम्म जरिवाना तथा ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।  

छानबिन समिति गठन गरेर एसएसपीलाई पाण्डेलाई बिदा
नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार हुन्डी कारोबारीविरुद्धको मुद्दा सरकारीवादी मुद्दा हो। हुन्डी कारोबारविरुद्धको  अनुसन्धान पनि अरु फौजदारी कसुरमा जसरी नै हुनुपर्छ। 

राष्ट्र बैंक ऐनको दफा ९७ मा अवैध विदेशी विनिमय (हुन्डी) कारोबारसम्बन्धी कसुरको मुद्दा पनि सरकारी मुद्दासम्बन्धी ऐन २०४९ को अनुसूची–१ मा समावेश भएको मानिने व्यवस्था छ। सरकारी मुद्दासम्बन्धी ऐन २०४९ को दफा ४ मा अनुसूची–१ मा उल्लेखित कुनै अपराध भएमा ‘प्रमाण लोप वा नाश हुन नदिने र अपराधी उम्कन नपाउने व्यवस्था गर्ने’ भनिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, पाण्डेविरुद्धको छानबिन सुरु गरिएको भनिएदेखि नै उनलाई ‘प्रमाण नाश गर्ने’ सुविधा दिइएको पाइएको छ। आफूविरुद्ध छानबिन समिति गठन भएपछि पाण्डेले ४ दिनको बिदा मागेका थिए। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनको बिदा स्वीकृत भएको छ। बिदापछि उनी आफूविरुद्धका प्रमाण नाश गर्न सक्रिय रहेको पाइएको स्रोतको दाबी छ। 

स्रोतका अनुसार पाण्डेले आफूसँग जोडिएका हुन्डी कारोबारी साहसँग सम्पर्क गरी छानबिन भएको खण्डमा ‘दुवै जना बच्ने गरी’ बयान दिन भनेका छन्।   

छानबिन गर्न भनेर समिति गठन गर्ने र आरोपीलाई बिदा दिनुले पाण्डेमाथिको अनुसन्धान कर्मकाण्डी मात्रै भएको पुष्टि हुन्छ। छानबिन समितिकै १ जना सदस्य पनि पाण्डेलाई कारबाही हुनेमा आशंका व्यक्त गर्छन्। नेपाल लाइभसँगको कुराकानीमा ती सदस्य भन्छन् ‘छानबिन समिति गठन गरेर आरोपीलाई नै बिदा दिइएको घटना मैले थाहा पाएअनुसार यो नै पहिलो हो। यो त चोख्याउने उद्देश्यले समिति गठन गरेजस्तो भयो।’

एसएसपी पाण्डेका छिमेकी नै छानबिनको कमाण्डर
भदौ ११ गते नेपाल लाइभले ‘हुन्डी कारोबारीमा जोडिए एसएसपी पाण्डे, दिनेशको खातामा रकम हाल्न लगाएर लाइन खुला’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो। त्यसको भोलिपल्ट, भदौ १२ प्रहरी प्रधान कार्यालयले पाण्डेमाथि छानबिन गर्न समिति गठन गरेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रहरी प्रधान कार्यालयले डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा समिति गठन गरेको थियो। अहिले उक्त समिति गठन नै ‘स्वार्थ’सँग जोडिएको पाइएको छ। आरोपित एसएसपी पाण्डे र छानबिन कमाण्डर डीआईजी मैनाली काठमाडौंका छिमेकी हुन्। 

एसएसपी पाण्डे र पाण्डेमाथि छानबिन गर्न गठित समितिका संयोजक डीआईजी मैनालीको काठमाडौंको सुकेधारामा सँगै घर छ। आफ्नै छिमेकी रहेका पाण्डेमाथि मैनालीले गर्ने छानबिन निष्पक्ष हुनेमा प्रहरी प्रधान कार्यालयकै अधिकारीको शंका छ। 

यो पनि पढ्नुहोस

हुन्डीमा जोडिएका एसएसपी पाण्डे कारोबारी जोगाउन सक्रिय [अडिओसहित]

स्रोतका अनुसार पाण्डेमाथिको छानबिन समितिको संयोजक बन्दा आफू नैतिक संकटमा परेको भन्दै मैनालीले समेत ‘गुनासो’ गर्ने गरेका छन्। ‘अब आफ्नै छिमेकीमाथि के अनुसन्धान गर्ने? कसरी गर्ने? अन्योलमा परियो। नैतिक संकट भन्छन् नि, त्यस्तै छ मलाई,’ डीआईजी मैनालीको ‘गुनासो’ उद्धृत गर्दै उनीनिकट स्रोतले नेपाल लाइभसँग भन्यो। 

गृह मन्त्रालयको सन्देहजनक मौनता
भ्रष्टाचारविरुद्धको अभियान चलाएको भन्दै सरकार अहिले चौतर्फी प्रसंशा बटुल्ने ध्याउन्नमा छ। सकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भ्रष्टाचारविरुद्धको अभियानमा कसैसँग ‘कम्प्रोमाइज’ (सम्झौता) नहुने अडान दोहोर्‍याइरहेका हुन्छन्। 

तर एसएसपी पाण्डे हुन्डी कारोबारमा संलग्न रहेको विषय प्रमाणसहित प्रकाशमा आउँदा गृहमन्त्री श्रेष्ठ चुप छन्। पाण्डे प्रकरणबारे श्रेष्ठ नेतृत्वको गृह मन्त्रालयले पनि मौनता साँधेको छ।  

प्रहरी नियमावलीको व्यवस्थाअनुसार एसएसपी सम्मको दर्जाका अधिकृतलाई कारबाही गर्ने अधिकार गृहमन्त्रीलाई छ। एसएसपीलाई कारबाही गर्न मन्त्रिपरिषद्‌को निर्णय चाहिँदैन। तर गृहमन्त्री श्रेष्ठले भने पाण्डेको हकमा कुनै पनि ‘एक्सन’ अगाडि बढाएका छैनन्। 

हुन्डी कारोबारमा जोडिए पनि ‘गृहजिल्लाबासी’को नाताले पाण्डेले गृहमन्त्रीबाट ‘आशीर्वाद’ पाएको प्रहरी प्रधान कार्यालय स्रोतको दाबी छ। गृहमन्त्री श्रेष्ठ र एसएसपी पाण्डे दुबैको गृहजिल्ला गोरखा हो। सोही ‘साइनो’मार्फत् एसएसपी पाण्डे अहिलेसम्म कारबाहीबाट जोगिएको स्रोतको भनाइ छ।


सम्बन्धित समाचार:

EXCLUSIVE: हुन्डी कारोबारमा जोडिए एसएसपी पाण्डे, दिनेशको खातामा रकम हाल्न लगाएर ‘लाइन खुला’ [अडिओसहित]

हुन्डी कारोबारीमा जोडिएका एसएसपी पाण्डेमाथि छानबिन गर्न हेडक्वाटरले बनायो समिति

हुन्डीमा जोडिएका एसएसपी पाण्डे कारोबारी जोगाउन सक्रिय [अडिओसहित]

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान गुरुङले एआई, डिजिटल फरेन्सिक, साइबर अपराध, वित्तीय अपराध अनुसन्धान तथा डीएनए फरेन्सिकजस्ता क्षेत्रमा प्रहरीको दक्षता बढाउनुपर्ने बता... शुक्रबार, असोज ३०, २०८३
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना मंगलबार, कात्तिक ३, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मंगलबार, कात्तिक ३, २०८३
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्