• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

हुन्डी कारोबारमा जोडिएका एसएसपीलाई चोख्याउने खेल, ‘छानबिन’ सुरु भएपछि उल्टै ४ दिनको बिदा

गृह मन्त्रालयको सन्देहजनक मौनता
64x64
नारायण अधिकारी बिहीबार, भदौ २१, २०८०  १७:२२
1140x725

काठमाडौं– हुन्डी कारोबारमा प्रत्यक्ष जोडिएका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) बेलबहादुर पाण्डेमाथिको अनुसन्धान कर्मकाण्डी मात्रै बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख हुँदा पाण्डे हुन्डी कारोबारमा संलग्न रहेको विषय नेपाल लाइभले प्रमाणसहित प्रकाशमा ल्याएको थियो। 

‘आफूनिकट’ विभिन्न व्यक्तिको बैंक खाता दिएर एसएसपी पाण्डेले पर्साका हुन्डी कारोबारीलाई पैसा जम्मा गर्न लगाएको पुष्टि हुने अडिओ प्रमाणसहित समाचार प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको थियो। तर उक्त समिति पाण्डेमाथि अनुसन्धान गर्न भन्दा पनि उनलाई ‘चोख्याउन’का लागि बनेको पछिल्ला केही दृष्टान्तले देखाएको छ।   

प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार पाण्डेमाथि छानबिन गर्न डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ। समिति गठन भएको १ साताभन्दा बढी भइसकेको छ। तर समितिले काम नै सुरु गरेको छैन। 

नेपाल लाइभले सार्वजनिक गरेको अडिओ प्रमाणमा पाण्डेले पर्साका हुन्डी कारोबारी राज होजियारी भनिने राज साहसँग दिनेश नाम गरेका व्यक्तिको खातामा रकम जम्मा गर्न लगाएको सुनिन्छ। राज साहले ‘पाँचको चेक’ डिपोजिट गरिसकेको र ‘चालिसको चेक भोलि डिपोजिट’ गर्ने भनेको अडिओमा प्रस्ट सुनिन्छ। 

यो पनि पढ्नुहोस

EXCLUSIVE: हुन्डी कारोबारमा जोडिए एसएसपी पाण्डे, दिनेशको खातामा रकम हाल्न लगाएर ‘लाइन खुला’ [अडिओसहित]

देशको अर्थतन्त्र ओरालो लाग्नुको मुख्य कारणमध्ये एक मानिएको हुन्डी कारोबारका नाइकेसँगको साँठगाँठ जनाउने संवाद सार्वजनिक भइसक्दा पनि एसएसपी पाण्डेविरुद्ध प्रहरी प्रधान कार्यालयले उचित कारबाही अगाडि बढाएको छैन। 

हुन्डी कारोबारलाई अवैध विदेशी विनिमयका रुपमा लिइन्छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ ले अवैध विदेशी विनिमयलाई दण्डनीय मानेको छ। अवैध विदेशी विनिमय (हुन्डी) कारोबार गर्नेलाई बिगो जफत गरी बिगोको ३ गुणासम्म जरिवाना तथा ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।  

छानबिन समिति गठन गरेर एसएसपीलाई पाण्डेलाई बिदा
नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार हुन्डी कारोबारीविरुद्धको मुद्दा सरकारीवादी मुद्दा हो। हुन्डी कारोबारविरुद्धको  अनुसन्धान पनि अरु फौजदारी कसुरमा जसरी नै हुनुपर्छ। 

राष्ट्र बैंक ऐनको दफा ९७ मा अवैध विदेशी विनिमय (हुन्डी) कारोबारसम्बन्धी कसुरको मुद्दा पनि सरकारी मुद्दासम्बन्धी ऐन २०४९ को अनुसूची–१ मा समावेश भएको मानिने व्यवस्था छ। सरकारी मुद्दासम्बन्धी ऐन २०४९ को दफा ४ मा अनुसूची–१ मा उल्लेखित कुनै अपराध भएमा ‘प्रमाण लोप वा नाश हुन नदिने र अपराधी उम्कन नपाउने व्यवस्था गर्ने’ भनिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, पाण्डेविरुद्धको छानबिन सुरु गरिएको भनिएदेखि नै उनलाई ‘प्रमाण नाश गर्ने’ सुविधा दिइएको पाइएको छ। आफूविरुद्ध छानबिन समिति गठन भएपछि पाण्डेले ४ दिनको बिदा मागेका थिए। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनको बिदा स्वीकृत भएको छ। बिदापछि उनी आफूविरुद्धका प्रमाण नाश गर्न सक्रिय रहेको पाइएको स्रोतको दाबी छ। 

स्रोतका अनुसार पाण्डेले आफूसँग जोडिएका हुन्डी कारोबारी साहसँग सम्पर्क गरी छानबिन भएको खण्डमा ‘दुवै जना बच्ने गरी’ बयान दिन भनेका छन्।   

छानबिन गर्न भनेर समिति गठन गर्ने र आरोपीलाई बिदा दिनुले पाण्डेमाथिको अनुसन्धान कर्मकाण्डी मात्रै भएको पुष्टि हुन्छ। छानबिन समितिकै १ जना सदस्य पनि पाण्डेलाई कारबाही हुनेमा आशंका व्यक्त गर्छन्। नेपाल लाइभसँगको कुराकानीमा ती सदस्य भन्छन् ‘छानबिन समिति गठन गरेर आरोपीलाई नै बिदा दिइएको घटना मैले थाहा पाएअनुसार यो नै पहिलो हो। यो त चोख्याउने उद्देश्यले समिति गठन गरेजस्तो भयो।’

एसएसपी पाण्डेका छिमेकी नै छानबिनको कमाण्डर
भदौ ११ गते नेपाल लाइभले ‘हुन्डी कारोबारीमा जोडिए एसएसपी पाण्डे, दिनेशको खातामा रकम हाल्न लगाएर लाइन खुला’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो। त्यसको भोलिपल्ट, भदौ १२ प्रहरी प्रधान कार्यालयले पाण्डेमाथि छानबिन गर्न समिति गठन गरेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रहरी प्रधान कार्यालयले डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा समिति गठन गरेको थियो। अहिले उक्त समिति गठन नै ‘स्वार्थ’सँग जोडिएको पाइएको छ। आरोपित एसएसपी पाण्डे र छानबिन कमाण्डर डीआईजी मैनाली काठमाडौंका छिमेकी हुन्। 

एसएसपी पाण्डे र पाण्डेमाथि छानबिन गर्न गठित समितिका संयोजक डीआईजी मैनालीको काठमाडौंको सुकेधारामा सँगै घर छ। आफ्नै छिमेकी रहेका पाण्डेमाथि मैनालीले गर्ने छानबिन निष्पक्ष हुनेमा प्रहरी प्रधान कार्यालयकै अधिकारीको शंका छ। 

यो पनि पढ्नुहोस

हुन्डीमा जोडिएका एसएसपी पाण्डे कारोबारी जोगाउन सक्रिय [अडिओसहित]

स्रोतका अनुसार पाण्डेमाथिको छानबिन समितिको संयोजक बन्दा आफू नैतिक संकटमा परेको भन्दै मैनालीले समेत ‘गुनासो’ गर्ने गरेका छन्। ‘अब आफ्नै छिमेकीमाथि के अनुसन्धान गर्ने? कसरी गर्ने? अन्योलमा परियो। नैतिक संकट भन्छन् नि, त्यस्तै छ मलाई,’ डीआईजी मैनालीको ‘गुनासो’ उद्धृत गर्दै उनीनिकट स्रोतले नेपाल लाइभसँग भन्यो। 

गृह मन्त्रालयको सन्देहजनक मौनता
भ्रष्टाचारविरुद्धको अभियान चलाएको भन्दै सरकार अहिले चौतर्फी प्रसंशा बटुल्ने ध्याउन्नमा छ। सकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भ्रष्टाचारविरुद्धको अभियानमा कसैसँग ‘कम्प्रोमाइज’ (सम्झौता) नहुने अडान दोहोर्‍याइरहेका हुन्छन्। 

तर एसएसपी पाण्डे हुन्डी कारोबारमा संलग्न रहेको विषय प्रमाणसहित प्रकाशमा आउँदा गृहमन्त्री श्रेष्ठ चुप छन्। पाण्डे प्रकरणबारे श्रेष्ठ नेतृत्वको गृह मन्त्रालयले पनि मौनता साँधेको छ।  

प्रहरी नियमावलीको व्यवस्थाअनुसार एसएसपी सम्मको दर्जाका अधिकृतलाई कारबाही गर्ने अधिकार गृहमन्त्रीलाई छ। एसएसपीलाई कारबाही गर्न मन्त्रिपरिषद्‌को निर्णय चाहिँदैन। तर गृहमन्त्री श्रेष्ठले भने पाण्डेको हकमा कुनै पनि ‘एक्सन’ अगाडि बढाएका छैनन्। 

हुन्डी कारोबारमा जोडिए पनि ‘गृहजिल्लाबासी’को नाताले पाण्डेले गृहमन्त्रीबाट ‘आशीर्वाद’ पाएको प्रहरी प्रधान कार्यालय स्रोतको दाबी छ। गृहमन्त्री श्रेष्ठ र एसएसपी पाण्डे दुबैको गृहजिल्ला गोरखा हो। सोही ‘साइनो’मार्फत् एसएसपी पाण्डे अहिलेसम्म कारबाहीबाट जोगिएको स्रोतको भनाइ छ।


सम्बन्धित समाचार:

EXCLUSIVE: हुन्डी कारोबारमा जोडिए एसएसपी पाण्डे, दिनेशको खातामा रकम हाल्न लगाएर ‘लाइन खुला’ [अडिओसहित]

हुन्डी कारोबारीमा जोडिएका एसएसपी पाण्डेमाथि छानबिन गर्न हेडक्वाटरले बनायो समिति

हुन्डीमा जोडिएका एसएसपी पाण्डे कारोबारी जोगाउन सक्रिय [अडिओसहित]

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण मंगलबार, असोज २७, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक मंगलबार, असोज २७, २०८३
प्रेस काउन्सिलका अध्यक्ष उमेशले छाेडे माइसंसारकाे सम्पादकीय नेतृत्व, लेखे भावुक स्टाटस मंगलबार, असोज २७, २०८३
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्