• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

हुन्डीमा जोडिएका एसएसपी पाण्डे कारोबारी जोगाउन सक्रिय [अडिओसहित]

64x64
नारायण अधिकारी शुक्रबार, भदौ १५, २०८०  १६:४९
1140x725

काठमाडौं– २०७९ वैशाखमा प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाउँदै हुन्डी कारोबारविरुद्धको कारबाहीमा कडाइ गर्न निर्देशन दियो। स्थानीय तहको चुनावको मिति नजिकिरहेका बेला हुन्डी कारोबारीहरु सक्रिय भएको सूचनापछि प्रहरी प्रधान कार्यालयले उक्त पत्र पठाएको थियो। 

प्रहरी प्रधान कार्यालयको लिखित निर्देशनपछि पर्सा प्रहरीले हुन्डी कारोबारीमाथि निगरानी बढायो। हुन्डी कारोबारमा संलग्न भएको आशंका गरिएकाहरुको सूची तयार भयो। सूचीमा नाम समावेश भएका प्रमुख आशंकितमध्ये एक थिए राज होजियारी भनिने राज साह। पर्सा प्रहरीले साहलाई कार्यालय (जिल्ला प्रहरी कार्यालय)मा उपस्थित हुन भन्दै फोन गर्‍यो। जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुने फोन आएपछि साहले प्रहरी उपरीक्षक एसपी (हाल प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’) बेलबहादुर पाण्डेलाई फोन गरे। 

‘मैले कुनै हुन्डीवाला त्यस्तो पैसा लेनदने त गरेको छैन, हजुरको पालामा। अब हेडक्वार्टरबाट चिठी आएछ,’ साहले पाण्डेलाई फोन गरेर सुनाए। पाण्डेले भने नडराउन भन्दै साहलाई आश्वस्त पार्न खोजे। 

हाल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रहेका पाण्डे हुन्डी कारोबारमा जोडिएको विषय नेपाल लाइभले यसअघि प्रमाणसहित प्रकाशमा ल्याएको थियो। नेपाल लाइभले प्राप्त गरेको थप प्रमाणअनुसार एसएसपी पाण्डे हुन्डी कारोबारविरुद्ध प्रहरी अनुसन्धान असफल बनाउन पनि सक्रिय रहेको देखिएको छ। 

यो पनि पढ्नुहोस

EXCLUSIVE: हुन्डी कारोबारमा जोडिए एसएसपी पाण्डे, दिनेशको खातामा रकम हाल्न लगाएर ‘लाइन खुला’ [अडिओसहित]

हुन्डी कारोबारी साहलाई प्रहरीले पक्राउ गरेर कारबाही गर्न खोज्दा एसएसपी पाण्डेकै योजनामा साहले उन्मुक्ति पाएको प्रमाण नेपाल लाइभले प्राप्त गरेको छ। 

पर्सा प्रहरी प्रमुखबाट सरुवा भएर प्रहरी प्रधान कार्यालय पुगेका पाण्डेले ‘माथि’बाटै ‘च्यानल’ मिलाएर साहलाई जोगाएका थिए। पर्सा प्रहरी प्रमुखबाट ८ मंसिर २०७८ मा पाण्डेको सरुवा हुन्छ। त्यसपछि रमेश बस्नेत पर्साको नयाँ प्रहरी प्रमुख बनेर खटिन्छन्। 

बस्नेत नै प्रमुख भएका बेला प्रहरी प्रधान कार्यालयले हुन्डी कारोबारीविरुद्ध कडाइपूर्वक कारबाही गर्न भन्दै लिखित निर्देशन दिएको थियो। तर प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा बसेर पाण्डेले अनुसन्धानलाई प्रभावित पारिरहे। 

नेपाल लाइभले प्राप्त गरेको पछिल्लो अडिओ प्रमाणमा साहले पर्साबाट पाण्डेलाई फोन गर्दै आफूलाई प्रहरीले पक्राउ पो गर्ने हो कि भन्दै चिन्ता जाहेर गरेको सुनिन्छ। पाण्डे भने त्यस्तो केही नहुने भन्दै आश्वस्त पारिरहेको अडिओमा सुनिन्छ।  

Ncell 2
Ncell 2
nimb
nimb

टेलिफोन कुराकानी–१
एसपी पाण्डे – हजुर, हजुर, गुड मर्निङ।
हुन्डी कारोबारी साह –दाइ नमस्ते, गुड मर्निङ दाइ।
एसपी पाण्डे – नमस्कार, म अघि ड्राइभिङमा उकालोमा थिए।
हुन्डी कारोबारी साह – ए । एउटा के काम छ। के भन्छ त्यो... मलाई जिल्लाबाट फोन आए थियो, बुझ्नुभयो दाइ।
एसपी पाण्डे –हजुर। 
हुन्डी कारोबारी साह – मैले कुनै हुन्डीवाला त्यस्तो पैसा लेनदने त गरेको छैन, हजुरको पालामा। अब हेडक्वार्टरबाट चिठी आएछ।
एसपी पाण्डे – ए होइन, होइन। एउटा उजुरी हाल्या छन् अरे।
हुन्डी कारोबारी साह – अँ।
एसपी पाण्डे– अब उजुरी हालेपछि यसो केही एउटा कागज लेखिदिए हुन्छ। केही गर्नुपर्दैन। 
हुन्डी कारोबारी साह – सर थुनथान त गर्दैन नि? 
एसपी पाण्डे– होइन, होइन त्यस्तो केही होइन। त्यस्तो केही पनि होइन भाइ।
हुन्डी कारोबारी साह– ए हुन्छ दाइ। म जाउँ त?
एसपी पाण्डे– त्यो उजुरी हो। अब केरे बुझ्नी क्रममा यसो उ गर्‍या होलान्, केही छैन।
हुन्डी कारोबारी साह– म डीएसपीसँग गएर भेट गरौं सर? 
एसपी पाण्डे– हुन्छ, हुन्छ। ल जाने, त्यहाँ गएर एउटा कागज गरिदिने। अरु केही पनि होइन।
हुन्डी कारोबारी साह– ए, हस, हस धन्यवाद।
एसपी पाण्डे– अँ.. भाइले त्यो नगर्न पनि मिल्छ। म कारोबार पनि गर्दिन, म केही पनि बोल्दिन भन्न पनि मिल्छ। किनभने भाइ सम्बन्धित मान्छे पनि होइन।
हुन्डी कारोबारी साह– होइन म गर्दिन्छु। मेरो आफ्नै फर्म छ, म सबै चिज यहाँ....।
एसपी पाण्डे – हैन, हैन । त्यहाँ बुझम् न पहिला बुझम्।
हुन्डी कारोबारी साह– ल, ल। 
एसपी पाण्डे– त्यस्तो केही छैन। पहिला एकपटक बुझौं।
हुन्डी कारोबारी साह – ल, ल। 
एसपी पाण्डे– बुझौं, अनि बल्ल गर्ने नगर्ने निर्णय गरौं है त।

आफू फस्ने डरले साहले फोन गर्दा पाण्डे प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा थिए। साहसँग कुरा गरेपछि उनले हुन्डी कारोबारविरुद्धको अनुसन्धानको नेतृत्व गरिरहेका पर्सा प्रहरीका तत्कालीन अधिकृतलाई फोन गर्छन्। जुन कुरा पाण्डेले साहलाई फोनमार्फत् नै बताएका छन्। 

दोस्रोपटक पाण्डे आफैंले साहलाई फोन गर्छन्। आफूले डीएसपी ओम (जिल्ला प्रहरी कार्यालय पर्सामा रहेका तत्कालीन डीएसपी ओमप्रकाश खनाल)सँग कुरा गरेको भन्दै पाण्डेले साहलाई चिन्ता नलिन भन्छन्। 

टेलिफोन कुराकानी–२
एसपी पाण्डे– ए राज भाइ…।
हुन्डी कारोबारी साह– हजुर। 
एसपी पाण्डे– मैले ओम (पर्साका तत्कालीन डीएसपी ओमप्रकाश खनाल)सँग कुरा गर्‍या थिएँ।
हुन्डी कारोबारी साह– हजुर।
एसपी पाण्डे– ए होइन, केही होइन। त्यो... हुन्डी सुन्डीको लागि चाहिँ अलि कडैपूर्वक कारबाही गर्नुभन्ने हिसाबले केरे कार्यान्यन गर्नु भनेर पत्र आएछ। 
हुन्डी कारोबारी साह– हजुर, हजुर। अब उही भाइहरुसँग केही सूचना छ कि भनेर यसो सूचना दिएर प्रहरीलाई केही सहयोग हुन्छ कि भन्ने हिसाबले रछ अरु केही होइन। 
हुन्डी कारोबारी साह– दाइ म जाउँ भेट गर्न?
एसपी पाण्डे– अँ, ओम(डीएसपी ओमप्रकाश खनाल)लाई भेट्दा हुन्छ। केही त्यो केही होइन। कागज सागज गर्नुपर्ने खालको पनि केही होइन रैछ। 
हुन्डी कारोबारी साह– हस, हस।
एसपी पाण्डे– हँ... यसो भाइसँग केही सूचना छ कि भनेर अब त्यो लिन खोज्या होलान्। 
हुन्डी कारोबारी साह– ए मेरो त हर्ट (मुटु) एकदम परिसब तबतब बढिरहेछ दाइ...।
एसपी पाण्डे– हजुर?
हुन्डी कारोबारी साह– मेरो त हर्ट (मुटु) नि एकदम तबतब बढिरहेछ दाइ।
एसपी पाण्डे– के रे, के रे?
हुन्डी कारोबारी साह– मेरो हर्ट (मुटु) नि एकदम....
एसपी पाण्डे– ए होइन, होइन भाइ। त्यो आत्तिनै पर्दैन।
हुन्डी कारोबारी साह– त्यही त दाइ मैले कसैसँग त्यस्तो लेनदेन त केही गरेको छैन। 
एसपी पाण्डे– होइन, होइन। मेरो कुरा सुन पहिला। त्यो केही पनि होइन। भाइसँग सूचना भयो भने यसो सूचना पाउँथे भनेर हो। भाइसँग अब सूचना छैन, केही छैन केरे। त्यो नभएपछि मसँग केही छैन, जानकारी छैन, सम्पर्क छैन, हँ… मेरो यहाँ केही भा बेला, कोही भा बेला सहयोगका लागि आएर कहिले कतै वकिल सापलाई कतै केही भन्या भा हो नत्र मेरो केही छैन भन्दा हुन्छ।
हुन्डी कारोबारी साह– हस, हस। 
एसपी पाण्डे– त्यस्तो केही छैन। त्यो केही पनि होइन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पाण्डेसँगको टेलिफोन कुराकानीमा साहले आफ्नो मुटु काँपिरहेको बताउँछन्। त्यतिबेला प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको थियो। तर पाण्डेले भने केही नहुने भन्दै चिन्ता नलिन भन्छन्। सायद पाण्डेले त्यतिबेलासम्म ‘केस’ मिलाइसकेका थिए। 
पाण्डेले पुन: साहलाई फोन गर्छन्। ‘तेस्रोपटक’को फोन कुराकानीमा उनले डीएसपी ओमप्रकाश खनालसँग आफूले कुरा गरिसकेकाले एकपटक गएर भेट्न भन्छन्। 

टेलिफोन कुराकानी–३ 
एसपी पाण्डे– हलो।
हुन्डी कारोबारी साह– हजुर।
एसपी पाण्डे– हैन अघि त्यो बोल्दाबोल्दै काटियो। 
हुन्डी कारोबारी साह– हजुर।
एसपी पाण्डे– अघि बोल्दाबोल्दै काटियो। 
हुन्डी कारोबारी साह– ए हजुर। 
एसपी पाण्डे– नाइ, नाइ त्यो केही चिन्ता लिनु पर्दैन। नजाँदा पनि हुन्छ। नभए एकपटक ओम सापलाई फोन गरेर...।
हुन्डी कारोबारी साह– म आएछु, आएछु। 
एसपी पाण्डे– ल, ल, ल।

पर्साका तत्कालीन डीएसपी खनालले हुन्डी कारोबारविरुद्धको अभियान चलिरहँदा तत्कालीन एसपी पाण्डेले आफूलाई फोन गरेको स्वीकार गरे। ‘हेडक्वार्टरले हुन्डी कारोबारीलाई कारबाही गर्नुभनेपछि हामीले साहलाई फोन गरेका हौँ। तर जति फोन गरे पनि उनी आएनन्। पछि एसपी पाण्डे सापले मलाई नै फोन गरेर साहविरुद्ध के उजुरी परेको हो भनेर सोधपुछ गर्नु भएको थियो। मैले हुन्डी कारोबारीलाई कडा कारबाही गर्नु भनेर हेडक्वार्टरबाट पत्र आएकाले साहलाई संकास्पद देखिएपछि फोन गरेर बोलाएका हौँ भनेको थिएँ। पाण्डे सरले मलाई फोन गरेर बुझेपछि मात्रै उनी (साह) प्रहरीकहाँ आएका थिए। त्योभन्दा अघि हामीले जति फोन गरे पनि उनी आउन मानेका थिएनन्’ डीएसपी खनालले भने।

त्यतिबेला साहविरुद्ध किटानी जाहेरी परेको थिएन। हुन्डी कारोबारीलाई कारबाही गर्नु भन्ने व्यहोराको पत्रका आधारमा अनुसन्धान अगाडि बढाइएको तत्कालीन डीएसपी खनाल बताउँछन्। 

‘त्यतिबेला प्रमाण नभएकाले मुद्दा दर्ता लगायत कारबाही गर्न सकेनौं। पछि हामी चुनावमा खटियौँ। त्यतै व्यस्त भइयो। केही समयपछि त मेरै सरुवा भयो,’ खनालले भने।

यो पनि पढ्नुहोस

हुन्डी कारोबारीमा जोडिएका एसएसपी पाण्डेमाथि छानबिन गर्न हेडक्वाटरले बनायो समिति

त्यतिबेला प्रहरी कारीबाहीबाट जोगिएका साहविरुद्ध प्रहरीले अहिले पनि अनुसन्धान अगाडि बढाएको छैन। प्रमाण नपुगेको भनिए पनि साहलाई जोगाउन पाण्डे सक्रियतापूर्वक लागिरहेको स्रोतको दाबी छ। अहिलेसम्म पनि पाण्डेकै ‘पावर’का कारण साह कारबाहीबाट जोगिरहेको स्रोतको दाबी छ।

एसएसपी पाण्डे भने आफ्नो व्यक्तिगत कारोबारको कुरालाई हुन्डीसँग जोडिएको दाबी गर्छन्। नेपाल लाइभसँग कुरा गर्दै पाण्डेले दाबी गरे, ‘व्यक्तिगत कारोबारको हिसाब हो। त्यसलाई हुन्डी कारोबार भनियो।’

यद्यपि प्रहरी प्रधान कार्यालयले भने पाण्डेमाथि अनुसन्धान सुरु गरिएको बताएको छ। पाण्डे हुन्डी कारोबारमा जोडिएको विषय नेपाल लाइभले प्रमाणसहित प्रकाशमा ल्याएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति नै बनाएको छ। 

प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनालीको नेतृत्वमा समिति बनाएर अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए। 

तत्कालीन एसपी (हाल एसएसपी) पाण्डे र हुन्डीको लाइन खुलाएबापत पाण्डेलाई रकम बुझाउने ‘राज होजियारी’ भनिने राज साहबीचको टेलिफोन कुराकानी (अडिओ):

 


सम्बन्धित समाचार:

EXCLUSIVE: हुन्डी कारोबारमा जोडिए एसएसपी पाण्डे, दिनेशको खातामा रकम हाल्न लगाएर ‘लाइन खुला’ [अडिओसहित]

हुन्डी कारोबारीमा जोडिएका एसएसपी पाण्डेमाथि छानबिन गर्न हेडक्वाटरले बनायो समिति

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १६:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्