• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

EXCLUSIVE: हुन्डी कारोबारमा जोडिए एसएसपी पाण्डे, दिनेशको खातामा रकम हाल्न लगाएर ‘लाइन खुला’ [अडिओसहित]

64x64
नारायण अधिकारी सोमबार, भदौ ११, २०८०  १६:१२
1140x725

काठमाडौं– कानुन कार्यान्वयन र अपराध नियन्त्रणको प्रमुख दायित्व बोकेको नेपाल प्रहरीका एक उच्च अधिकारी नै आपराधिक गिरोहहरुसँग मिलेर असुली धन्दामा लागेको खुलेको छ। 

कालो धन (अवैधानिक रकम) तथा देशको अर्थतन्त्र ओरालो लाग्नुको मुख्य कारणमध्ये एक मानिएको हुन्डी कारोबारका नाइकेसँग प्रहरी अधिकारीले नै रकम असुल्दै हुन्डीका लागि लाइन खुला गरेको तथ्य नेपाल लाइभले प्राप्त गरेको छ। हुन्डी कारोबारीसँग साँठगाँठ राख्दै नेपाल प्रहरीका बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बेलबहादुर पाण्डेले रकम असुल्ने गरेको तथ्य लामो समयको खोजपछि नेपाल लाइभले प्राप्त गरेको हो। 

अहिले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) मा कार्यरत रहेका एसएसपी पाण्डेले जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख (एसपी) हुँदा वीरगञ्जका हुन्डी कारोबारीका नाइके ‘राज होजियारी’ भनिने राज साहसँग साँठगाँठ राखेर रकम असुल्ने गरेको प्रमाण प्राप्त भएको छ। 

हुन्डी कारोबार खुला गरिदिएबापत साहले पाण्डेलाई रकम उपलब्ध गराउने गरेको नेपाल लाइभले प्राप्त गरेको प्रमाण (अडिओ) बाट प्रष्ट बुझिन्छ। त्यतिमात्रै होइन पर्साबाट सरुवा भएपछि पनि साहसँग सम्बन्ध राख्दै सहजीकरण गरिदिए बापत उनले रकम बुझ्ने गरेको जानकार स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

SSP_Bel_Pandey_21693218054.jpg
एसएसपी बेलबहादुर पाण्डे

२०५१ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट सेवा प्रवेश गरेका पाण्डेले त्यसको ५ वर्षपछि २०५६ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर) मा नाम निकालेका थिए। त्यसपछि विभिन्न ठाउँमा रहेर काम गरेका उनी एसपी हुँदा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत थिए।

२०७७ पुस २१ गते प्रहरी प्रधान कार्यालयले सीआईबीमा कार्यरत रहेका पाण्डेलाई पर्साको प्रहरी प्रमुखको रुपमा सरुवा गरेको थियो। त्यतिबेला पर्सामा कार्यरत एसपी गंगा पन्तलाई सीआईबीमा सरुवा गरेर सीआईबीमा रहेका पाण्डेलाई पर्सा पठाइएको थियो।  

सीआईबीबाट पर्सा गएका उनै पाण्डेले वीरगञ्जमा ‘हुन्डीका मुख्य कलेक्टर’ भनेर चिनिने साहसँग निकट रहेर हुन्डीको लाइन खुला गर्दै रकम असुल्ने गरेको पाइएको हो।

हुन्डी कारोबारी साहले तत्कालीन पर्साका एसपी पाण्डेलाई फोन गर्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

टेलिफोन कुराकानी–१
फोन रिसिभ गर्दै तत्कालीन पर्साका एसपी पाण्डेले भन्छन्– हजुर, हजुर।
हुन्डी कारोबारी साह – दाइ गूड मर्निङ।
एसपी पाण्डे– गूड मर्निङ भाइ।
हुन्डी कारोबारी साह – दाइ त्यो ११ वाला हिजो शुक्रबार हाल्दिए। तपाईं ११, १२ बजे निकाल्न सक्नुहुन्छ।
एसपी पाण्डे – ए हुन्छ। अनि त्यो... त्यो मोराको त जसरी गर्दिनु परो भाइले।
हुन्डी कारोबारी साह– हाँस्दै.., ए त्यो विक्कीको?
एसपी पाण्डे – अँ।
हुन्डी कारोबारी साह– भन्दा भन्दै... आज फेरि म उ गर्छु दाइ। जान त कतै जाँदैन त्यो।
एसपी पाण्डे – भाइले हुन्न भनेको भए त म उपाय लाउँथे त नि।
हुन्डी कारोबारी साह– ए त्यो केही हुँदैन दाइ त्यो... नदिने त कुरै आउँदैन। त्यो मुलालाई त म गरिहाल्छु। ल तर आज...
एसपी पाण्डे – ल भाइ ल। 
हुन्डी कारोबारी साह– हुन्छ दाइ ल त्यो उसलाई भन्दिनु जसको खातामा गएछ नै जसलाई।
एसपी पाण्डे – हजुर?
हुन्डी कारोबारी साह– जसको खातामा मैले यो हजुरले दिनु भएथियो नि उहाँलाई भन्दिनु होला ११ बजे गएर झिक्नसक्नु हुन्छ भनेर।
एसपी पाण्डे – दिनेशकोमा गर्नुभाछ?
हुन्डी कारोबारी साह– हजुर दिनेशकोमा।
एसपी पाण्डे – ल, ल । हस, हस। त्यो विक्कीको गर्दिनु पर्‍यो। 
हुन्डी कारोबारी साह– ल, ल दाइ ल । हस, हस।

यो अडिओ संवादबाट साहले हुन्डी कारोबारका लागि सहजिकरण गरिदिएबापत एसपी पाण्डेले नै उपलब्ध गराएको ‘दिनेश’ नाम गरेका व्यक्तिको खातामा रकम हालेको प्रष्ट हुन्छ। एसपी पाण्डेले नाम लिएका विक्कीलाई भने रकम दिने सर्तमा सम्भवत ‘लाइन खुला’ गरिदिएको भन्ने बुझिन्छ। 

RaJ_saha1693218092.jpg
हुन्डीको लाइन खुलाएबापत एसएसपी पाण्डेलाई रकम बुझाउने ‘राज होजियारी’ भनिने राज साह

रकम हाल्ने बताए पनि नहालेको विषयमा पुनः अर्को पटक एसपी पाण्डेले साहलाई फोन गर्दै विक्कीको बारेमा बुझेको अडिओमा सुनिन्छ। 

टेलिफोन कुराकानी–२
एसपी पाण्डेले – हजुर, हजुर।
हुन्डी कारोबारी साह– दाइ नमस्ते।
एसपी पाण्डे– नमस्कार।
हुन्डी कारोबारी साह– हजुर दाइ।
एसपी पाण्डे– अँ हिजो कुरो भाछ नि त्यसले?
हुन्डी कारोबारी साह– अँ, अँ । आज भन्छ दिन्छु १२ बजेतिर दिन्छु भनेछ त्यो मुलाले। 
एसपी पाण्डे – ए...।
हुन्डी कारोबारी साह– हिजै भनेथ्यो बुझाइदिन्छु बुझाएन। अहिले फेरि म कुरा गर्दैछु।
एसपी पाण्डे– ए । म त आज व्यस्त, व्यस्त हुन्छु होला। पछि फोन गर्छु म त।
हुन्डी कारोबारी साह– हस हस दाइ।
एसपी पाण्डे– है भाइ। 
हुन्डी कारोबारी साह– हुन्छ दाइ।
एसपी पाण्डे – ल, भाइको जिम्मा भयो, है त।
हुन्डी कारोबारी साह– ल।

Xtrem

Xtrem

एसपी पाण्डे र साहबीच तेस्रोपटक ‘पाँचको चेक’ डिपोजिट भएको विषयमा कुराकानी हुन्छ। साहले ‘पाँचको चेक’ क्लियर भइसकेको जानकारी गराउँछन्। उनले बाँकी ‘चालिसको’ भोलि हुने भनेर पाण्डेलाई जानकारी दिन्छन्। ‘विक्की’ले भने त्यतिबेलासम्म पाण्डेलाई रकम नहालेको कुरा अडिओमा सुनिन्छ। 

टेलिफोन कुराकानी–३
हुन्डी कारोबारी साह– दाइ नमस्ते। 
एसपी पाण्डे– नमस्कार भाइ। 
हुन्डी कारोबारी साह – दाइ त्यो पाँच वाला भन्नु भए थ्यो नि चेक रिटर्न आयो भनेर...।
एसपी पाण्डे – भयो, भयो। अँ अब क्लियर भयो। 
हुन्डी कारोबारी साह – ए त्यही भएर म चेक लिन गएथेँ बैंकमा। हैन क्लियर भइसक्यो भनेर कन्फर्मको लागि।

एसपी पाण्डे– यो भयो। अनि त्यो मोरा विक्कीको गालामा एक थप्पड गरेर गर्नुपरो।
हुन्डी कारोबारी साह – ए त्यो, आज पनि त्यसलाई मैले फोन गरेको थिएँ । ए भैया, दुई–तीन दिनमे बोल रहा था। कि हमरे देओ वो देहुँ नहिँ देहुँ उसको हम नहिँ जानते। हम आपको उसी दिन बोलेथे कि एक घण्टा बिठा ते रहिए। विश्वास पर हम लोग छोड दिए। तो नही भैया, उ नही देगा तो हम दे दिंगे ना काही टेन्सन ले ते हे।
एसपी पाण्डे – नाइ यसको त्यही भन्दिनु पर्‍यो, तेस्लाई। भाइसँग के लिन्थे म।
हुन्डी कारोबारी साह– ए...। अरु के छ दाइ हालखबर सब ठिक छ नि?
एसपी पाण्डे– ठिकै छ, ठिकै छ।
हुन्डी कारोबारी साह– अनि त्यो आज होइन भोलि डिपोजिट हुन्छ, त्यो ४० वाला।
एसपी पाण्डे– ल, ल हस्, हस्। हुन्छ ल।

वीरगञ्जमा होजियारीसम्बन्धी उद्योग सञ्चालन गर्दै आएका साहको भित्री धन्दा भने हुन्डीको रहेको त्यहाँ काम गरेका केही जुनियर प्रहरी अधिकारी पनि बताउँछन्। उच्च र नेतृत्व तहका प्रहरी अधिकारीसँग ‘मिलाएर’ उनी प्रहरी अनुसन्धान र कारबाहीबाट बच्दै आएका छन्। 

त्यसो त उनले आवरणमा ‘सामाजिक सेवा’को काम पनि गर्दै आएका छन्। उनले गर्ने समाज सेवामा पनि पर्साका प्रहरी प्रमुख र अधिकृतहरुको ‘संलग्नता’ रहने गरेको देखिन्छ। 

‘अपांगता भएकालाई ह्विलचियर’ भन्दै साहले २०७९ मंसिर २९ गते जगरनाथपुर गाउँपालिका–२ जानकी टोलकी १० वर्षीया छोरी रुक्सार खातुनलाई ह्विल चियर वितरण गरेका थिए। 

कतिसम्म भने प्रहरीले देशव्यापी रुपमा सञ्चालन गरेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रममा पनि साहको सहभागिता रहने गरेको छ। २०७७ कात्तिक २३ गते बारामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराको सहकार्य भन्दै साहले बाराका तत्कालीन डीएसपी गौतम मिश्रको प्रमुख उपस्थितिमा महागढीमाई नगरपालिका–२ मा २० जना दलितहरुलाई साडी समेत बाँडेका थिए। 

उनले ‘राज युनिफर्म सप्लायर्स’ नामक कपडा पसल समेत सञ्चालन गर्दै आएका छन्। त्यहाँ सामुदायिक तथा संस्थागत विद्यालयका कपडा, जुत्ता तथा विद्यालयको पोसाकसहित टाईलगायतका समानहरु पाइन्छ।

यसरी विभिन्न व्यवसाय र समाज सेवाको आवरणमा होजियारीले हुन्डी कारोबार गर्ने गरेको जानकार स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ। 

भारतसँग सीमा जोडिएका पूर्वी तथा मध्य तराईका जिल्लामा हुने सबै हुन्डी कारोबारमा उनी प्रत्यक्ष/अप्रत्यक्ष जोडिएका छन्। तर प्रहरी अधिकारीसँगको निकट सम्बन्धकै कारण उनी अहिलेसम्म कानुनी दायराबाट भने जोगिँदै आएका छन्। 

तत्कालीन एसपी (हाल एसएसपी) पाण्डे र हुन्डीको लाइन खुलाएबापत पाण्डेलाई रकम बुझाउने ‘राज होजियारी’ भनिने राज साहबीचको टेलिफोन कुराकानी (अडिओ):

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १६:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
नझुक्ने र नचुक्ने न्यायमूर्ति सर्वोच्चमा न्यायाधीश नियुक्ति हुनुपर्छ : सांसद न्यौपाने मंगलबार, असोज २०, २०८३
मतदाता संख्या ७ हजार ११४ मंगलबार, असोज २०, २०८३
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
फेसबुके राजा र फेसबुके रानी भन्दै मिराज ढुंगानाले गरे कटाक्ष सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्