काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्षसहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अध्यक्ष उमेशप्रसाद यादवसहित लेखापाल टेकनारायण यादव र एमआई एस अपरेटर वीरेन्द्रकुमार यादवविरुद्ध मंगलबार विशेषमा मुद्दा दायर गरिएको हो।
सोलार जडानलगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग रु दुई लाख बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको बर्दिबासबाट खटिएको टोलीले गत साउन ३१ गते लेखापाल टेकनारायणलाई पक्राउ गरेको थियो।
आयोगको टोलीले उनीसँग थप रु तीन लाख बराबरको चेक समेत बरामद गरेको थियो।
सो घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद र एमआई एस अपरेटर वीरेन्द्रकुमारको मिलेमतो रहेको पाइएको आयोगको आरोप छ। तीनै जनालाई रु पाँच लाख बराबरको बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।