मोरङ– कुटपिट गरी हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–११ बरमपुराका ५१ वर्षीय नरेश मेहता र उनकी श्रीमती ४९ वर्षीया कुमारी तामाङ रहेका छन्।
सोही ठाउाका ७० वर्षीय हरि कुमालको कुटपिट गरी हत्या गरेको अभियोगमा सोमबार साँझ दुवै जनालाई पक्राउ गरिएको हो।
कुखुराको अण्डाको विषयलाई लिएर उनीहरूबीच विवाद हुँदा कुटपिट भएको थियो। झगडापछि दुवै पक्ष आ–आफ्नो घरमा गएकोमा हरि कुमालको मृत्यु भएको थियो।
उक्त खबर पाएपछि वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।