काठमाडौं- पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा बयान लिएको छ।
नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई सोमबार सीआईबी कार्यालयमा बोलाएर बयान लिइएको हो। हङकङबाट भित्रिएको अवैध ६० किलो सुन प्रकरणमा पक्राउ परेकासँग उनको ‘कनेक्सन’ देखिएपछि बयान लिइएको सीआईबी स्रोतले जनाएको छ।
बयानपछि उनलाई कागज बनाएर छाडिएको छ। अनुसन्धानमा आवश्यक परेको खण्डमा उपस्थित शर्तमा उनलाई छाडिएको हो।
पुनमाथि सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको गिरोहलाई सहजीकरण गर्ने गरेको आरोप लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।