काठमाडौं– कर्तव्य ज्यानको मुद्दा अभियोग लागेका मधेस प्रदेशका एक प्रदेश सभा सदस्य पक्राउ परेका छन्।
सप्तरीबाट निर्वाचित प्रदेश सांसद अनिरुद्धकुमार सिंहलाई पक्राउ गरिएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद सिंहको मुद्दा मुलतबीमा रहेकाले पक्राउ गरेर अदालत पेस गरिएको उनले बताए।
माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुलतबीमा रहेको मुद्दामा उनी पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।