• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत २४, २०८२ Tue, Apr 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चार देशका नेपाली मूलका नागरिकको माग : हामीलाई पहिचान दिइयोस् 

64x64
नेपाल लाइभ सोमबार, भदौ १८, २०८०  २०:०९
1140x725

काठमाडौं– थाई नेपाली संघको नेतृत्वमा आएको ४० जनाको जम्बो टोलीले  भदौको पहिलो हप्ता नेपालको  भ्रमण गर्‍यो। उनीहरूले उच्चस्तरीय राजनीतिक भेटघाट पनि गरे। सभामुख, राष्ट्रिय सभा अध्यक्षदेखि मुख्यसचिवसम्मलाई उनीहरूले भेटे।  

थाई–नेपाली संघका संरक्षक कुमार कार्की र केन्द्रिय अध्यक्ष वासना राईको नेतृत्वमा नेपाल आएको टोलीले  नेपाल भ्रमणको क्रममा चार देशमा रहेका नेपाली मूलका नेपालीहरूको पहिचानको मुद्दामा उच्चस्तरीय लबिङ गरेका थिए। थाईल्याण्ड,मलेसिया ,फिजी र म्यान्मारमा रहेका नेपालीहरूको पहिचानको मुद्दा उनीहरूले उठाए।  

उनीहरूले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटनमन्त्री सुदन किराँती, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, मुख्य सचिव बैकुण्ठ राज अर्याल  र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई भेटेर आफूहरू वर्षौदेखि पहिचानविहीन भएको कुरा सुनाए।

आफूहरूले आफ्नो पिता पुर्खाको भूमि भनेर माया र सम्मान गरेको र विदेशमा पनि नेपाली वा गोर्खाली भनेर पहिचान पाएको तर नेपालमा भने पहिचानविहीन भएको उनीहरूको गुनासो थियो। 

nrn1693832327.png

करिब एक हप्ता उनीहरूले  छुट्टाछुट्टै  राजनीतिक भेटघाट गरेका थिए। साथै उनीहरूले त्यहाँ बस्ने नेपालीहरूको पहिचानका बारेमा पनि सरकार र संसद्‌का नेतृत्वलाई जानकारी गराए। कानुन निर्माण गर्ने थलोको नेतृत्व गरेका सभामुख र राष्ट्रियसभा अध्यक्षलाई उनीहरूले नागरिकता विधेयकमाथि संसद्‌मा छलफल हुँदा र एनआरएनए सम्बन्धी कानुन निर्माण हुँदा आफूहरूको माग सम्वोधन गर्ने विषयमा ध्यानाकर्षण गराए।

उनीहरूले आफ्नो माग यसअघि नै परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर राखेका थिए। २०८० वैशाख ४ गते  नवनियुक्त परराष्ट्र मन्त्रीलाई बधाई दिन पुगेका एनआरएनएका नेताहरूले नेपालबाट गएका नेपाली मात्र नभई नेपाली मूलका नेपालीहरूको पनि पहिचानको कुरामा समस्या रहेको भन्दै परराष्ट्रमन्त्री साउदलाई ध्यानकर्षण गराएका थिए। थाई एनआरएनए र थाई नेपाली संघले पनि परराष्ट्रमन्त्रीसँग आफ्नो कुरा राखेको थियो।  

np1693832305.png

nimb
nimb
Ncell 2
Ncell 2

सरकारको सकारात्मक सन्देश 
भेटपछि सरकारका ११ मन्त्रालयमा थाई नेपाली संघले निवेदन बुझाएको र सबैबाट  सकारात्मक सन्देश पाएको संघका संरक्षक कुमार कार्कीले बताए। 

संघीय संसद्‌को नेतृत्वले पनि कानुन निर्माण गर्दा नेपालीमूलका नेपालीहरूको पनि माग सम्बोधन गर्ने कुरामा आफूहरू सकारात्मक रहेको जवाफ दिएका थिए। नागरिकता सम्बन्धी विधेयक र अन्य कानुनहरू निर्माण हुँदा यस्ता माग सम्बोधन गर्ने र नेपालीमूलका मानिसहरूलाई अरु केही नसके पनि पहिचान दिलाउनुपर्ने पर्ने पक्षमा आफूहरू रहेको सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले बचन दिएका थिए।  सरकार र संसद्‌का नेतृत्वले आफूहरूको कुरा गम्भीर रुपमा लिएकोमा धेरै खुशी लागेको कार्कीले बताए। उनले आफूहरूलाई एनआरएनए सरहको सुविधा भन्दा पनि पहिचान चाहिएको भनाइ राखे। ‘नेपाल हाम्रो पितापुर्खाको भूमि हो। हामीलाई पनि यो देशले पहिचान दिएको छ भनेर गर्वका साथ भन्न सक्ने परिचय दिए पुग्छ,’ उनले बताए।

sudan1693832337.png

थाईल्याण्डमा बसोबास गर्दै आएका नेपालीहरू दोस्रो विश्वयुध्दताका नेपालबाट भारत, म्यान्मार हुँदै थाईल्याण्डको सिमाना पिलोक भन्ने ठाउँमा रहेको सीसा फलामको माइन (खानी) मा ज्यामी मजदुरको रुपमा प्रवेश भएको इतिहास छ।

विगत आठ-नौ दशकबाट नेपाली जातिको पुस्तौपुस्ता वर्तमान समयसम्म आफ्नो मौलिक परम्परा तथा धर्मसंस्कार, संस्कृति र आफ्नो विशुद्ध मातृबोली, भाषा साहित्यको जगेर्ना गरी साथमा नेपाल र नेपालीको गरिमालाई पनि बचाएर तथा बढाएरै नेपाल र नेपालीप्रति अगाध माया सद्भाव तथा आस्था संगालेर थाईल्याण्डमा बसोबास गर्दै आएका  उनीहरूले सरकारलाई दिएको निवेदनमा भनिएको छ। 

यसरी बस्दै जाँदा लामो समयपछि थाईल्याण्ड प्रवेश हुँदा सबै नेपालीहरूले म नेपाली हुँ भन्ने कुनै किसिमको कागजपत्र प्रमाणपत्र साथमा लिएर आएका थिएनन्। त्यसबेला नागरिकता प्रमाणपत्रको चलन थिएन। बस्दै जाँदा विश्वयुद्धपछि देशहरू स्वतन्त्र भए, थाईल्याण्ड प्रवेशपछि नेपालीहरू देशविहीन/गैरनागरिक हुन पुगेको उनीहरूको भनाइ छ। 

यस्तो अवस्थामा नेपालका  तत्कालीन राजा वीरेन्द्र शाहको र नवौं थाई  नरेशका बीच दुई देशको मैत्री सम्बन्ध विकासमा थाई प्रवासी नेपालीहरूको निवेदनको पहल हुँदा नेपाली राजदूतावासको नेतृत्वमा नेपालीहरू नेपालमूलका व्यक्ति भन्ने पहिचान दिएका थिए। 

सन् १९८७ मा नेपाली शरणार्थीको रुपमा ग्रीन कार्ड प्राप्त भएको थियो। तत्पश्चात् लगभग पन्ध्र वर्षपछि नेपाली राजदूतावासकै पहलमा सन् २००१ बाट अस्थाई ग्रीन कार्डबाट स्थायी थाई नागरिकता प्राप्त गरेको उनीहरूले निवेदनमा उल्लेख गरेका छन्। 

कार्कीले अब हुने एनआरएनएको विश्व अधिवेशनमा पनि यो मुद्दालाई उठाउने क्रम जारी राख्ने बताए। थाई नेपाली संघकी अध्यक्ष बासना राईले आफूहरूको भावनासँग नेपाल जोडिएको र पुर्खाको भूमिको रुपमा सम्मान मात्र खोजेकाले हरेक मञ्चहरूको यो कुरा उठाइरहने बताइन्। उनले नेपालप्रतिको माया,साइनो र सम्मानका लागि पनि आफूहरूले यस्तो कुरा उठाएको पनि बताइन्। नेपालसँग कुनै आशा वा माग भन्दा पनि आफूहरूले पहिचान चाहेको उनको भनाइ थियो। थाईल्याण्ड,म्यान्मा,फिजी जस्ता देशहरूले नेपाली वा गोर्खाली भनेर पहिचान दिएकाले यही पहिचान नेपाल सरकारले पनि देओस् भन्ने आफूहरूको चाहेको उनको भनाइ छ।

‘तत्कालीन समयमा नेपालीहरू गोर्खाली भएर बर्मा गए। अनि त्यहाँ युद्ध लडे। उनीहरूसँग नेपाली नागरिकता थिएन। उनीहरू नेपाल फर्केनन् अनि पछिल्लो पुस्ता पनि हराए,’ कार्कीले भने, ‘तर हामी पछिल्लो समय नेपाली मूलका नागरिक हौँ भनेर पहिचान मागिरहेका छौ। हामीलाई कुनै अधिकार चाहिएको छैन पहिचान मात्र भए हुन्छ।’ 

एनआरएनएको हकमा कि नेपाली कि विदेशीको नागरिकता र पहिचान रहेको छ। तर यी चार देशमा बस्ने नेपालीहरूको भने यो पहिचान पनि छैन।  उनीहरूको नेपाली भनेर विदेशमा लेखिएको छ तर नेपालले पनि कुनै पनि परिचय वा पहिचान दिएको छैन। 

‘यी चार देशमा बसेका नेपालीमूलकाहरूसँग न नेपाली नागरिकता छ, न परिचय छ, न त थाईल्याण्ड वा त्यो देशको छ,’ उनले भने,‘लामो संर्घषपछि उनीहरूले विदेशी दूतावास पुगेपछि शरणार्थीको रुपमा अनुमति पाए अनि नेपाली मूलको पहिचान पाएर बसेका छन्।’  मलेसिया र फिजिको परिचयपत्रमा पनि गोर्खा भनेर लेखिएको छ। यो  एउटा प्रमाण  भएकाले नेपालले यही आधारमा आफूहरूलाई पहिचान दिन माग गरेको उनले बताए। 

arabi1693832270.png

‘विदेशी देशले हामीलाई यो पहिचान दिन्छ भने नेपालले किन नदिने र हामीलाई किन रिकगनाइज नगर्ने भन्ने हाम्रो माग हो,’ उनले भने, ‘हामीलाई नेपाल आएर राजनीति गर्नु छैन। नागरिकता पनि मागेका छैनौँ। हामीलाई कुनै न कुनै रुपमा पहिचान दिइयोस् मात्र भनेका हौ।’ 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २०:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एक करोड ४० लाख नागरिक बलिदानका लागि तयार : इरानी राष्ट्रपति
महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगो लाग्यो, एसईई दिएर फर्किएका तीन विद्यार्थीको मृत्यु
फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
सम्बन्धित सामग्री
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु बैठकले पछिल्लो समय चुलिँदै गएको इन्धन संकट र आर्थिक भारलाई सम्बोधन गर्न विशेष नीतिगत निर्णय लिएको छ। मन्त्री रावलले पेट्रोल, डिजेल र... मंगलबार, चैत २४, २०८२
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, पेट्रोलियम पदार्थबारे विशेष निर्णय हुन सक्ने प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको... मंगलबार, चैत २४, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादाक्रम हेरफेर गरेका हुन्। मंगलबार, चैत २४, २०८२
ताजा समाचारसबै
एक करोड ४० लाख नागरिक बलिदानका लागि तयार : इरानी राष्ट्रपति मंगलबार, चैत २४, २०८२
महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा आगो लाग्यो, एसईई दिएर फर्किएका तीन विद्यार्थीको मृत्यु मंगलबार, चैत २४, २०८२
फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल मंगलबार, चैत २४, २०८२
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, चैत २४, २०८२
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, पेट्रोलियम पदार्थबारे विशेष निर्णय हुन सक्ने मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्