काठमाडौं- ललिता निवासस्थित सरकारी जग्गा कीर्ते गरी हिनामिना प्रकरणमा सोमबार जिल्ला अदालत काठमाडौंमा सुनुवाइ जारी छ।
सरकारी पक्षको बहस सकिएको छ भने अब प्रतिवादीका कानुन व्यवसायीहरूले बहस गर्नेछन्। सरकारका तर्फबाट अच्युतमणी नेउपानेसहित ६ जनाले बहस गरेका थिए।
बहसमा ललिता निवासको जग्गा कीर्तेमा संलग्न सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने तर्क उनीहरूले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।